मुख्य समाचार

‘विनियोजन विधेयक २०७८’ बहुमतले पारित

काठमाडौं, ४ असोज । प्रतिनिधिसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७८’ लाई पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ पारित गरियोस्’ भनी गरेको प्रस्तावलाई बहुमतले पारित गरेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधकै बीच विधेयक पारित गरिएको छ । सभामुख अग्निप्रसााद सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमालेका सांसदले नाराबाजी गर्दै रोस्ट्रम घेराउ गरेका थिए । विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले पूर्ववर्ती सरकारले ल्याएको बजेटमा तीन प्रतिशत बजेट मात्रै हेरफेर गरिएको तथा… पुरा पढौ

नेपाल ल्युब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं, ४ असोज । नेपाल ल्युब आयल लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । प्रस्तावित लाभांश प्रयाेजनका लागि कम्पनीको साधारण सभा असोज १८ गते डाकिएको छ । साधारण सभा संस्थाको ललितपुर झम्सिखेलमा रहेको कार्यालयमा पूर्वान्ह साढे ११ वजे डाकिएको छ । कम्पनीको संचालक समितिको बैठकले ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । शेयरधनीहरुले लाभांश सुरक्षित गर्नका लागि सोमबारसम्म अन्तिम मौका रहेको छ । असोज ५ देखि असोज १८ गतेसम्म कम्पनीकाे बुक क्लोज गरिएको छ ।… पुरा पढौ

पोखरा फाइनान्सकाे नयाँ शाखा नेपालगञ्ज र कोहलपुरमा

पोखरा, ४ असाेज । पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले आजदेखि दुई नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । फाइनान्सले लुम्बिनी प्रदेशकाे बाँके, नेपालगञ्ज उ.म.न.पा. वडा नं. १ धम्बोजी, सुर्खेत रोडमा र बाँके जिल्ला, कोहलपुर न.पा. वडा नं. ११ कोहलपुर चोकमा आफ्नो २३ औं र २४ औं शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहक सेवा विस्तारको लागी विभिन्न जिल्लाहरुमा शाखा खोलिने उद्देश्य अनुरुप नेपालगञ्ज र कोहलपुरमा नयाँ शाखाहरु खोलिएको फाइनान्सले जनाएको… पुरा पढौ

राष्ट्र बैंकले ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडाैं, ४ असाेज । नेपाल राष्ट्र बैंकले सोमबार रु ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ । केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियाबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । केन्द्रीय बैंकले बिक्री गर्न लागेको ट्रेजरी बिल नवीकरण प्रयोजनका लागि हो । बैंकले रु पाँच अर्ब ५३ करोड बराबरको टे«जरी बिल ९१ दिनका लागि रहेको छ । उक्त बिल आगामी पुस ६ गते परिपक्व हुनेछ । यस्तै रु चार अर्ब ३० करोड बराबरको ट्रेजरी बिल १८२ दिनका लागि… पुरा पढौ

काभ्रेका चार स्थानीय तह कोरोना मुक्त

काभ्रेपलाञ्चोक, ४ असोज । यहाँका चार स्थानीय तह कोरोना सङ्क्रमणमुक्त भएका छन् । एक नगर र तीन गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएका हुन् भने पछिल्लो दुई दिनदेखि जिल्लामा थप सङ्क्रमण देखिएको छैन । कोरोनामुक्त हुनेमा मण्डनदेउपुर नगरपालिका तथा रोशी, तेमाल र खानीखोला गाउँपालिका छन् । चौँरीदेउराली र महाभारत गाउँपालिकामा एक÷एक सङ्क्रमित रहेको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो दुई दिनदेखि जिल्लामा थप सङ्क्रमण नपाइएको हो । आइतबार २६ र शनिबार १५ सङ्क्रमित सङ्क्रमणमुक्त… पुरा पढौ

नेपालको ऐतिहासिक जित, ओमान ७ विकेटले पराजित

काठमाडौं, ४ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गर्दै ऐतिहासिक जित दर्ता गराएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा जितको लागि १२२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १८ दशमलव २ ओभरमा तीन विकेट गुमाएको थियो । एकदिवसीय क्रिकेटमा नेपालले ओमानलाई पहिलो पटक पराजित गरेको हो । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ४६ बलमा ४ चौका र २ छक्कासहित ५२… पुरा पढौ

सात किमी नयाँ ट्रयाक सडक निर्माण

काठमाडाैं, ४ असोज । तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत कूल सात किलोमिटर नयाँ ट्रयाक सडक निर्माण गरिएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक बर्ष ०७७, ०७८ मकवानपुर, बारा र पर्सा जिल्लामा सडक बनाएको हो । उक्त आवमा उक्त जिल्लामा सङ्घीय सरकारको लगानीमा ३२.३६ किमी कालोपत्रे, १९.१ किमी ग्राभेल, ३७.३५ किमी बाटो सडक मर्मत र सात किमी बाटो सडक ट्रयाक चौडा भएका छन् । यसैबीच कार्यालयका अनुसार दशैँलाई लक्षित गरी ती तीन जिल्लाका विभिन्न स्थानमा राजमार्गको मर्मतसम्भारको अघि… पुरा पढौ

साेमबारदेखि नयाँ नोट साटन पाईने, एक जनाले बढीमा १८ हजार ५०० पाउने

काठमाडौं, ३ असोज । नेपालीका चाडपर्व अब लहरै आउन लागेका छन् । वडा दशैं, दीपावली, छठ, नेपाल संवत् तथा ल्होसारलगायतका पर्वहरू आउनै लाग्दा नेपाल राष्ट्र बैंकले साेमबारबाट नयाँ नोट सटहिमा ल्याउन लागेपछि सर्वसाधारण त्यसको पखाईमा रहेका छन् । काठमाडौं उपत्यकामा सर्वसाधारणले नेपाल राष्ट्र बैंकले अनुमति दिएका वाणिज्य बैंकहरु र शाखा कार्याहरुबाट नयाँ नोट साट्न पाउने व्यवस्था मिलाईएको छ । नयाँ नोट नेपाल राष्ट्र बैंककाे केन्द्रीय तथा प्रदेश कार्यालयहरुबाट साट्ने व्यवस्था मिलाईएको छ । बैंकले सटहिको लागि बैंक तथा वित्तीय संस्थाहरुमा… पुरा पढौ

विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता खुलाउन वरिष्ठ उपाध्यक्ष ढकालकाे माग

काठमाडौं, ३ असोज । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता (पीपीए) तत्काल खुलाउन नेपाल सरकारसँग माग गरेका छन् । उनले विद्युत् प्राधिकरणले पीपीए नगरिदिँदा ठूलो लगानी गरिसकेका परियोजनाका प्रवद्र्धक नै सङ्कटमा परेको जानकारी गराउँदै सो सम्झौता जतिसक्दो चाँडो खुला गर्न माग गरेका हुन । आज आयोजित नेपाल पोल एशोसिएशनको आठौँ वार्षिक साधारणसभामा वरिष्ठ उपाध्यक्ष ढकालले अहिले धेरै जलविद्युत् कम्पनीले अर्बाैं रुपैयाँ लगानी गरिसकेका र पूर्वाधारका काम अघि बढाइसक्दा पनि विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) रोकिएको… पुरा पढौ

प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको छ : घिसिङ

कावासोती, ३ असोज । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको बताएका छन् । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाको निरीक्षणका क्रममा नवलपुर पुगेका निर्देशक घिसिङले प्रसारण लाइन नभएकै कारण विद्युत् खपत बढाउन नसकेको बताए । “उद्योगीले बत्ती नपाउने, अर्कोतिर खेर जाने भएको छ, यसैले खपत बढाउन प्रसारण लाइन चाँडै बनाउन आवश्यक छ” उनले भने, “हामीले यसका लागि पहल गरिरहेका छौं, राज्यका सबै संयन्त्रले सहयोग गर्नुपर्याे । ”निर्देशक घिसिङले प्रसारण लाइन निर्माणको क्रममा विभिन्न अवरोध… पुरा पढौ