मुख्य समाचार

लाभांश पारित गर्न प्रभु क्यापिटलले बोलायो साधारण सभा

काठमाडौं, ३ असोज । प्रभु क्यापिटलले १३ औं साधारण सभा असोज १६ गते बोलाएको छ । साधारण सभा काठमाडौं ठमेलस्थित होटल अलफ्ट छाँया सेन्टरमा पूर्वान्ह ११ वजे बोलाईएको छ । साधारण सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको लाभांशलाई पारित गर्नेछ । क्यापिटलको चुक्ता पूँजीको २२.३८८५ प्रतिशतले हुने बोनस शेयर र कर प्रयोजनका लागि १७.६१ प्रतिशत लाभांश रहेको छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, प्रबन्धपत्र र नियमावली संशाेधनसम्बन्धी विशेष प्रस्तावलाई छलफल गरी पारित गरिने भएको छ… पुरा पढौ

मेगा बैंककी नायब कार्यकारी सिईओ रविना देशराज विभुषित

काठमाडौं, ३ असोज । मेगा बैंक नेपालकी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ संविधन दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभुषित भएकी छन् । श्रेष्ठलाई संविधान दिवस २०७८ को अवसरमा प्रबल जनसेवाश्री चौथोबाट विभुषित गर्ने घोषणा गरिएको हो । बैंकको स्थापनकालबौ सेवा निरन्तर रहेकी श्रेष्ठले २१ सेन्चुरी गोल्डेन फोनिक्स अवार्ड लगायतका अवार्डबाट सम्मानित भइसकेकि छन् । उनको सेवाकाल तीन दशक भईसकेको छ । उनको बैंकिङ व्यापार तथा ग्रामीण बैंकिङमा विशेष दख्खल रहेको छ । श्रेष्ठले भारतको कोलकाता मदर टेरेसाज होम… पुरा पढौ

बुद्धभूमि नेपाल हाइड्राेले ८ करोडको आइपीओ निष्काशन गर्ने

काठमाडौं, ३ असोज । बुद्धभूमि नेपाल हाइड्राेपावर लिमिटेडले असोज ११ गतेदेखि ८ करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणका लागि निष्काशन गर्न लागेको छ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ मूल्य अंकित ८ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने भएको हो । कुल शेयरको २ प्रतिशतले हुने १६ हजार कित्ता शेयर कर्मचारीका लागि छुट्याईएको छ । ५ प्रतिशतले हुने ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि रहेको छ । त्यसबाट बाँकी रहेको ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन… पुरा पढौ

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’ समस्या

गलेश्वर, ३ असोज। म्याग्दीका शहरी क्षेत्र तथा ग्रामीण भेगमा ‘सेतो पुतलीको झुस’को समस्या देखिएको छ । घरघरका भित्तादेखि सार्वजनिक संस्था, सरकारी तथा निजी क्षेत्रका कार्यालय र बिजुलीका खम्बालगायत ठाउँमा ‘झुस’ ले सर्वसाधारण हैरान भएका हुन् । जिल्ला सदरमुकाम बेनी बजारका १८ वर्षीय युवा अमृत पुनको झुस आँखामा परेर ज्योति नै गुमेको छ । सेतो पुतलीबाट विशेषगरी विद्यार्थी र युवायुवती बढी प्रभावित भएका चिकित्सकले बताएका छन् । गत भदौ पहिलो सातादेखि सुरुआतभएको समस्याबाट जिल्लाका अधिकांश क्षेत्र प्रभावित बनेका छन् । गत… पुरा पढौ

सुशासनका लागि संविधानको सही कार्यान्वयन जरुरी : मुख्यमन्त्री पोखरेल

पोखरा, ३ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधान राज्य व्यवस्था सञ्चालन गर्ने साधन मात्र होइन साध्य बन्न सक्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले त्यसो भएमा मात्र संवैैधानिक शासनमार्फत् राजनीतिक स्थिरता कायम हुन सक्ने बताए । सन्देशमा उनले उल्लेख गरेका छन्, ‘संविधान दिवसको यस अवसरमा देशको राजनीतिक प्रणालीलाई दिशा निर्देश गर्ने काममा सफलता मिलोस् भन्ने कामना गर्दछु ।’ राजनीतिक स्थिरताका लागि सरकार, राजनीतिक दल, नागरिक समाज लगायत सबै जनतामा संविधानप्रति… पुरा पढौ

सातौं संविधान दिवस मनाइँदै

काठमाडौं, ३ असोज । सातौं सविधान दिवस स्वदेश र विदेशमा आज विविध कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाइँदैछ । संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुनेछिन्। प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । जनताका प्रतिनिधिद्वारा निर्माण गरी संविधानसभाबाट जारी भएको नेपालको संविधानलाई विश्वकै उत्कृष्ट संविधानकारुपमा रहेको ख्याख्या र विश्लेषण गरिएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्ष, समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गरेको… पुरा पढौ

नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा हो : राष्ट्रपति

काठमाडौं, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा भएको बताएकी छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्न आवश्यक भएको उल्लेख गरेकी छन् । नेपाली जनताको बलिदानपूर्ण सङ्घर्षको फलस्वरुप जननिर्वाचित संविधानसभाद्वारा २०७२ साल आश्विन ३ गते नेपालको संविधान जारी भएकामा सम्मान र त्यस दिनको स्मरणस्वरुप आज हामी… पुरा पढौ

संविधान कार्यान्वयनको अवस्थाबारे मन्थन-‘उपलब्धि रक्षा गर्नु सबैभन्दा ठूलो चुनौती’

पोखरा, २ असोज । नेपालको संविधान २०७२ जारी भएको छ वर्ष पुगेको छ । स्थानीय, प्रदेश र संघको चुनाव भएर संविधान कार्यान्वयनको चरणमा गएको भने ४ वर्ष भएको छ । यस अवधिमा के उपलब्धि भयो, चुनौती के आएर र ती चुनौतीको समाधान कसरी गर्न सकिन्छ भन्ने बारेमा पोखरमा शनिबार वृहत छलफल भएको छ गण्डकी प्रदेश मुख्यन्यायाधिवक्ताको कार्यालयले संविधान कार्यान्वयनको अवस्था विषयमा गरेको अन्तक्र्रियाका सहभागीले लामो संघर्षपछि प्राप्त संविधानका उपलब्धि जगेर्ना गर्न सबै पक्ष एकाकार भएर लाग्नुपर्नेमा जोड दिए । गण्डकी… पुरा पढौ

संयुक्त राष्ट्र प्रमुख गुटेरेसद्वारा अफगानिस्तानमा सहयोगको लागि आग्रह

न्यूयोर्क, असोज २ । संयुक्त राष्ट्र सङ्घका प्रमुख एन्टोनियो गुटेरेसले अफगानिस्तानको समर्थनमा शङ्घाई सहयोग सङ्गठन (एससीओ)का सदस्यसँग सहयोगको लागि आग्रह गर्नुभएको छ । गुटेरेसले एसजीओ शिखर सम्मेलनमा शुक्रबार ताजिकिस्तानमा आयोजित कार्यक्रमा सन्देश पठाउँदै सो आग्रह गरेका सिन्ह्वाले जनाएको छ । आफ्नो सम्बोधनको क्रममा, संयुक्त राष्ट्रसङ्घका महासचिवले अफगानिस्तानमा चिन्ताजनकरूपमा राजनीतिक, आर्थिक, सुरक्षा र मानवीय चुनौती थपिँदै गएकाले थप मानवीय सहयोगको निम्ति अन्तरराष्ट्रिय समुदायलाई आग्रह गरे । सिन्ह्वाले संयुक्त राष्ट्रसङ्घ प्रमुखलाई उद्धृत गर्दै भनेको छ, संयुक्त राष्ट्रसङ्घ अफगानिस्तानका जनताका लागि उद्धार गर्न प्रतिबद्धता… पुरा पढौ

निजामती कर्मचारीले निश्पक्ष भएर सेवा प्रवाह गर्नुपर्छ : ओली

काठमाडौं, २ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निजामती कर्मचारीले निश्पक्ष भएर सेवा प्रवाह गर्नुपर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी सङ्गठनको आज आयोजित आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कुनै पार्टीको सदस्य भएर नभई राष्ट्रसेवक कर्मचारीको हैसियतले निश्पक्ष रुपमा सेवा प्रवाह गर्नुपर्ने बताए । उनले भने, “कुनै पार्टीका सदस्य भनेर सेवा प्रभाव गर्ने होइन । सेवाग्राहीलाई सेवा प्राप्त गर्ने अधिकार हुन्छ र कर्मचारीले निश्पक्ष रुपमा सेवा उपलब्ध गराउनुपर्छ, यो नै कर्मचारीको कर्तत्व हो ।… पुरा पढौ