मुख्य समाचार

आरटीजीएस प्रणाली शनिबार खुला हुने

काठमाडौं, १ असोज । नेपाल राष्ट्र बैंकले शनिबार आरटीजीएस प्रणाली खुल्ला रहने जानकारी गराएको छ । बैंकले शुक्रबार एक सूचना प्रकाशित गरेर भदौ २ गते शनिबार आरटीजीएस प्रणाली खुल्ला रहने जानकारी दिएको हो । बैंकका अनुसार विकास ऋणपत्र २०८४ ख को ब्याज भुक्तानीका लागि आरटीजीएस प्रणाली खुल्ला रहने बताएको हो । शनिबार आरटीजीएस प्रणाली बिहान १० वजेदेखि मध्यान्ह १२ वजेसम्मका लागि खुल्ला गरिने भएको छ । पुरा पढौ

असोज दोस्रो साता अग्रिम टिकट खुलाइने

काठमाडौं, १ असोज । सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्ष गरी यही १०, ११ गतेदेखि अग्रिम टिकट खुलाउने भएको छ । यही असोज २१ गते घटस्थापनाभन्दा १०, ११ दिन पहिल्यै टिकट खुलाउने गरी छलफल भइरहेको छ । यातायात व्यवस्था विभागले प्रत्येक वर्ष यातायात व्यवसायीसँग समन्वय गरी अग्रिम टिकट खुलाउने गर्दै आएको छ । अग्रिम टिकट खुलाउनका लागि पटकपटक छलफल भइरहेकाले आउँदो सातासम्म निर्णय भइसक्ने विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए । उनका अनुसार गत साता यातायात… पुरा पढौ

ऊर्जामन्त्री भुसालसँग यूएयी राजदूतको शिष्टाचार भेट

काठमाडौं, १ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएयी) का राजदूत सइद हम्दन अल–न्वाबीले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र यूएयीबीच रहिआएको अपसी सम्बन्धका विविध पक्षमा छलफल भएको छ । भेटमा अवसरमा राजदूत अल–न्वाबीले आफ्नो कार्यकालमा द्विपक्षीय व्यापार विस्तार हुनाका साथै आपसी सम्बन्ध विस्तारमा थप योगदान पुगेको बताए । उनले आगामी नोभेम्बर १५–१८, २०२१ मा अबुधावीमा हुने ‘इन्टरनेसनल पेट्रोलियम एक्जिविसन एन्ड कन्फ्रेरेन्स’मा सहभागी हुन आग्रह गरे । सो… पुरा पढौ

बयालिसौं विश्व पर्यटन दिवस भौतिकरुपमा मनाइने

काठमाडौं, १ असोज । बयालिसौं विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । कोभिड–१९ महामारीकैबीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरुपमा दिवस मनाउने तयारीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्था लागिपरेका हुन् । सोही प्रयोजनका निम्ति पर्यटन मन्त्रालय मातहतका निकाय प्रमुखबीच हालै भर्चुअल बैठक गरियो । पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाका अध्यक्षतामा भएको सो बैठकले दिवस भव्यरुपमा सम्पन्न गर्नेबारे छलफल भएको मन्त्रालयले जनाएको छ । ‘टुरिज्म फर इन्क्लुसिभ ग्रोथ’ नाराका… पुरा पढौ

‘सुनकोशी-तेस्रो’(६८३ मेगावाट) को प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक, १ असोज । सुनकोशी–तेस्रो (६८३ मेगावाट) विद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढेको छ । यसका लागि नेपाल सरकारका प्रस्तावमा बङ्गलादेश सरकारले आउँदो डिसेम्बरमा आयोजना निर्माणस्थल काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीअन्तर्गत काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाकोे भ्रमण गर्ने सहमति जनाएको बताइएको छ । गत मङ्गलबार नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी)को बैठकले उक्त आयोजना निर्माण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । बैठकमा ६०० मेगावाटको खिम्ती शिवालय जलविद्युत आयोजना निर्माणका… पुरा पढौ

विकास हाइड्रोपावरकाे १४ करोडको आईपीओ आउँदै

काठमाडौं, १ असोज । विकास हाइड्रोपावरले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले अधिकृत तथा जारी पूँजी ४६ करोड २८ लाख ५० हजार रुपैयाँ को ३० प्रतिशतले हुन आउने १३ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको १३ लाख ८८ हजार ५०० कित्ता शेयर आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड लाई नियुक्त गरेको छ । त्यस अनुसार कम्पनीको आईपीओ निष्काशन सम्बन्धी सम्पुर्ण कार्य प्रभु क्यापिटलले गर्नेछ । बिक्री… पुरा पढौ

सञ्चार विधेयक फिर्ता लिन महासंघकाे माग

काठमाडौं, १ असोज । नेपाल पत्रकार महासङ्घले गण्डकी प्रदेश सरकारले हालै संसद्मा दर्ता गरेको ‘सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई फिर्ता लिन माग गरेको छ । प्रस्तावित विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं संविधानको मर्म र भावनाविपरीत रहेको जनाउँदै महासङ्घले तत्काल विधेयकलाई अगाडि नबढाउन प्रदेश सरकारसँग आग्रह गरेको हो । महासङ्घले विधेयकमा रहेका कतिपय प्रावधान प्रेस स्वतन्त्रतामैत्री नभएको र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं स्वतन्त्र पत्रकारिताको मान्यताविपरीत रहेको जनाउँदै विधेयक संसद्बाट तत्काल फिर्ता गरी महासङ्घसहित सरोकारवालाको सहभागितामा व्यावसायिक पत्रकारिता… पुरा पढौ

खुले पोखराका धार्मिक पर्यटकीयस्थल

पाेखरा, १ असोज । देशका जुनसुकै स्थानबाट पोखरा घुम्न आउने भन्नासाथ अधिकांशको मानसपटलमा यहाँका विन्ध्यवासिनी, तालबाराहीजस्ता मठमन्दिर प्राथमिकतामा पर्ने गर्दछन् । माछापुच्छ्रे हिमाल डुबुल्की मार्ने फेवातालको बीचभागमा रहेको तालबाराहीका साथै माछापुच्छ्रे हिमालसहितका हिमशृङ्खला एकसाथ अवलोकन गर्न पाइने विन्ध्यवासिनी मन्दिर धार्मिक एवं पर्यटकीय दुवैरुपले पर्यटकको आकर्षण बनेका छन् । विश्वव्यापी फैलिएको कोरोना कहरका कारण २ वर्षयता यहाँका धार्मिक पर्यटकीयस्थल पनि प्रत्यक्ष प्रभावित बनेका छन् । अघिल्लो वर्ष कोरोना महामारीकै कारण माघ फागुनतिर मात्रै खुलेका यहाँका धार्मिक पर्यटकीयस्थल यस वर्ष पुनः गत… पुरा पढौ

पोखराको बजेट खर्च ६६ प्रतिशत

पोखरा, १ असोज । पोखरा महानगरपालिकाले गत आर्थिक वर्षमा ६६ प्रतिशत बजेट खर्च गरेको छ । कोरोना महामारीका कारण विकासका काम ठप्प हुँदा खर्च प्रभावित बनेको महानगरपालिकाले जनाएको छ । महानगरद्वारा यहाँ आयोजित वार्षिक समीक्षा कार्यक्रममा वित्त महाशाखा प्रमुख जयराम पौडेलद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनअनुसार चालुतर्फ ८७ प्रतिशत र पूँजीगत तर्फ ५०.५ प्रतिशत मात्र खर्च भएको हो । गत आर्थिक वर्षमा विनियोजित कूल ५ अर्ब ५१ करोड ८२ लाख ५३ हजार बजेटमध्ये ३ अर्ब ६८ करोड ८१ लाख २५ हजार खर्च… पुरा पढौ

सुनचाँदीको भाउमा एकैदिन भारि गिरावट

काठमाडौं, १ असोज । साताको कारोबार हुने अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउमा भारि गिरावट भएको छ । सुनमा एकैदिन १ हजार ४०० रुपैयाँले गिरावट आएको छ भने चाँदीमा ३० रुपैयाँले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन १ हजार ४०० ले गिरावट भई प्रतितोला ८९ हजार १०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार छापावाला सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन पनि सुनमा ७०० रुपैयाँले गिरावट भएको थियो । तेजाबी सुन… पुरा पढौ