मुख्य समाचार

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा चुक्याे तालिबान, सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार

काबुल, २३ भदौ । अफगानिस्तानमा तालिबान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार भएका छन् । कामचलाउ नयाँ सरकार बनेको भोलिपल्ट नै बुधबार काबुलस्थित एक पत्रिकाका पाँच पत्रकारहरु गिरफ्तार भएको जनाइएको छ । इटिलाट्रोज नामक पत्रिकाका प्रधान सम्पादक जाकी डार्याबीले आफ्ना पाँच सहकर्मी पत्रकार गिरफ्तार भएको पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “इटिलाट्रोज दैनिक पत्रिकामा कार्यरत मेरा पाँच सहकर्मी पत्रकारलाई तालिबान समूहका व्यक्तिहरुले काबुलबाटै पक्राउ गरेर लगेका छन् ।” तालिबान समूहले सत्ता कब्जा गरेपछि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र… पुरा पढौ

अफगानिस्तानबाट उद्धार गरिएका नेपाली ८९५ पुगे

काठमाडौं, २३ भदौ । अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरूको स्वदेश फर्कनेक्रम जारी छ । आज कतार एयरको दोहा–काठमाडौं नियमित उडानबाट ३२ जना स्वदेश फर्केका छन् । हालसम्म ८९५ जना नेपाली काठमाडौं आइपुगेका तथा उद्धार गरिएकाहरू अन्य उडानबाट स्वदेश आउनेक्रम जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काठमाडौं आइपुगेकालाई अध्यागमनलगायत प्रक्रिया पूरा गरी कोभिड सङ्कट व्यवस्थापन केन्द्रको समन्वयमा सामाखुसीस्थित सरकारले व्यवस्थापन गरेको ‘होल्डिङ सेन्टर’मा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रियागत काम सम्पन्न गरी आवश्यक व्यवस्थापन भएको उक्त मन्त्रालयले बताएको छ ।… पुरा पढौ

प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध

काठमाडौं, २३ भदौ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा पनि प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले अवरोध गरेको छ । सङ्घीय संसद्को नवौँ अधिवेशनको पहिलो बैठकमै प्रमुख प्रतिपक्ष एमालेले अवरोध गरेपछि १५ मिनेट स्थगन भई सुरु भएको दोस्रो बैठकमा पनि सांसदले नाराबाजीसहित वेल घेराउ गरेका थिए । उनीहरूले आफूले कारबाही सिफारिस गरेका सांसद्लाई बैठकमा नराख्न माग गरेका थिए । विरोधकै बीच सभामुखले आफ्ना अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नाम प्रस्ताव गरेका थिए । पहिलो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक आरम्भपछि राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी… पुरा पढौ

एमसिसीका उपाध्यक्ष, नायब उपाध्यक्ष नेपाल आउँदै

काठमाडौं, २३ भदौ । अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणमा बिहीबार बिहान कतारबाट काठमाडौँ आउँदै छन् । नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)बीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भएको भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ । अमेरिकी सरकारका तर्फबाट एमसिसी र नेपालका तर्फबाट अर्थ मन्त्रालयबीच सम्झौता… पुरा पढौ

सङ्क्रमण घट्दै,निको हुने बढ्दा अस्पतालका शय्या खाली हुँदै

काठमाडौं, २३ भदौ । पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको पाइएको छ । पछिल्लो पटक मुलुकभरि नै सङ्क्रमण घटेको पाइएको चिकित्सकले जनाएका छन् । गएको २० दिन यताको तथ्याङ्क हेर्दा नेपालमा कोरोना भाइरसको सङ्क्रमण करिब २५ प्रतिशतले घटेको देखिएको छ । साथै निको हुने दरमा पनि करिब यही अनुपात देखिन्छ । सरकारले जोमिखममा रहेका व्यक्तिलाई खोप लगाउने कामलाई प्राथमिकतामा राखेर खोप लगाएको र यसबाट रोग प्रतिरोधात्मक क्षमता बढ्न गई सङ्क्रमण घटेको चिकित्सकको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाले… पुरा पढौ

प्रतिनिधिसभाको बैठकमा एमालेको अवरोध

काठमाडौं, २३ भदौ । सङ्घीय संसद्को नवौँ अधिवेशन सुरु भएको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बैठक आरम्भ भएपछि राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर अधिवेशन प्रारम्भका अवसरमा सांसदलाई स्वागत गरेपछि प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का सांसदहरूले आफ्नो स्थानबाट उठेर अवरोध गरेका हुन् । सभामुख सापकोटाले पहिलो बैठकमा स्वागत गर्न नपाउँदै अवरोध नगर्न आग्रह गर्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न दिए । प्रमुख सतेचक भट्टराईले एमालेले कारबाहीका लागि सिफारिश गरेका १४ जना सांसदलाई कारबाही नगरेको भन्दै विरोध जनाए ।… पुरा पढौ

पाँच वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने लगानी बोर्डको लक्ष्य

काठमाडौं, २३ भदौ । लगानी बोर्डले पाँच वर्षमा १० अर्ब अमेरिकी डलर लगानी स्वीकृत गर्ने लक्ष्य लिएको छ । बोर्डले पाँच वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक निजी साझेदारीका परियोजना व्यवस्थापन गर्ने जनाएको छ । उक्त लक्ष्यसहितको रणनीतिक योजना आज बोर्डले सार्वजनिक गरेको हो । बोर्डका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले लगानी बोर्डको १०औँ वार्षिकोत्सव समारोहमा उक्त योजना सार्वजनिक गरे । “दिगो विकास लक्ष्य हासिल गर्न कूल वार्षिक औसत रु पाँच खर्ब… पुरा पढौ

ब्रिक्स फोरम विश्वव्यापी औद्योगिक शृङ्खलालाई स्थिरताका लागि जोड

चीन (सियामेन), भदौ २३ । पूर्वीचीनको फुजियान प्रान्तको बन्दरगाहनजिकको शहर सियामेनमा आयोजित ब्रिक्स फोरमको बैठकले अभिनव सहयोग र विश्वव्यापी औद्योगिक शृङ्खलाको स्थिरतामा जोड दिएको छ । ब्रिक्सलगायत विकासोन्मुख देशका कूटनीतिक दूत, अन्तरराष्ट्रिय सङ्गठनका प्रतिनिधि, सम्बन्धित सरकार, कम्पनी, अनुसन्धान संस्था र औद्योगिक सङ्गठनबाट उक्त ब्रिक्स फोरमको बैठकमा सहभागिता रहेको थियो । उक्त कार्यक्रमलाई भिडियोमार्फत सम्बोधन गर्दै रुसका उद्योग तथा व्यापार उपमन्त्री एलेक्सी ग्रुजदेवले ब्रिक्सले कोभिड–१९ महामारीले ल्याएका विकराल चुनौतीको सामना गर्दै अन्तरराष्ट्रिय सहयोगको लागि उत्कृष्ट उदाहरण बनेको बताए । उनकाअनुसार ब्रिक्स सदस्य… पुरा पढौ

२.०४ प्रतिशतले घट्यो नेप्से, कारोबार रकममा पनि दिनहुँ गिरावट

काठमाडौं, २३ भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दिनहुँ गिरावट भएको छ । यसका साथै कारोबार रकममा पनि गिरावट भएको छ । साताको चौथो दिन नेप्से परिसूचक ६०.०२ अंकले घटेर २८७६.५९ विन्दुमा झरेको छ । नेप्से २.०४ प्रतिशतले घटेको छ । यस्तै सेन्सेटिभ इण्डेक्स ११.९१ अंकले घटेर ५३६.५१ विन्दुमा रहेको छ । कुल २२५ कम्पनीको शेयर कारोबार भएको छ। । १ करोड ६१ लाख ४८ हजार ६५२ कित्ता शेयरको कारोबारबाट ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४२७ रुपैयाँ… पुरा पढौ

पार्टी फुटाउनु गलत होः नेता पाण्डे

पाेखरा, २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी फुट गराउनु गलत भएको बताएका छन्। प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले सङ्घर्षको इतिहास बोकेको पार्टी मजबुद बनाएर लैजानुको साटो फुटको बाटो रोज्नु कसैका लागि पनि हित नहुने बताए । पार्टीमा हुने वैचारिक मतभेद आपसी छलफल एवं अन्तक्र्रियाबाट समाधान गर्न पार्टी भित्रै अन्तरसङ्र्घष गर्नुपर्ने अवस्थामा समग्र कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने गरी फुटका अवस्थामा लगिएको उनको भनाइ छ । पार्टी एकता कार्यदलका सदस्यसमेत… पुरा पढौ