मुख्य समाचार

नेपाल वातावरण पत्रकार समूह र काठमाडौं विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर

धुलिखेल, १६ साउन । नेपाल वातावरण पत्रकार समूह (नेवापस) र काठमाडौं विश्वविद्यालयबीच सहकार्यसम्बन्धी सात बु‘दे समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाको उपस्थितिमा उक्त हस्ताक्षर भएको हो । समझदारी पत्रमा समूहका तर्फबाट अध्यक्ष कसमस बिश्वकर्मा र विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्रा. डा. सुबोध शर्माले हस्ताक्षर गरेका छन् । विश्वविद्यालय र यसअन्तर्गतका संकायमा कार्यरत प्राध्यापक, विद्यार्थी तथा अनुसन्धानकर्ताहरुले गर्दै आएका अध्ययन, अनुसन्धान तथा खोजलाई सञ्चार माध्यममार्फत् आम नागरिक र नीति निर्मातासम्म पुर्याउने मुख्य लक्ष्यका साथ… पुरा पढौ

फिरूलाल चौधरीलाई “२७ औं प्रकाश मानव अधिकार पुरस्कार”बाट सम्मान गरिने

काठमाडाैं, १५ साउन । इन्सेकले शोषण, विपन्नता, विभेद मुक्त समाज निर्माणको अभियानमा तीन दशकदेखि क्रियाशील जानकी गाउँपालिका कैलालीका फिरूलाल चौधरीलाई “२७ औँ प्रकाश मानव अधिकार पुरस्कार”बाट सम्मानित गर्ने निर्णय गरेको जनाएको छ । इन्सेकका महासचिव रुद्रबहादुर चर्मकारको संयोजकत्वमा गठन भएको तीन सदस्यीय पुरस्कार छनोट समितिले चौधरीलाई पुरस्कृत गर्न कार्यसमितिलाई सिफारिस गरेपछि कार्यसमितिले साउन ४ गते सो निर्णय गरिएको साउन १५ गते इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । इन्सेकका संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको २०४९ साउन १६ गते… पुरा पढौ

२० करोड लगानीमा गाईपालन, दैनिक ७०० लिटर दूध उत्पादन

सर्लाही, १६ साउन । लालबन्दी नगरपालिका–२ जुटपानीमा करिब रू २० करोडको लगानीमा एकल गाईफार्म सञ्चालन गरिएको छ । स्थानीयवासी अप्सरा सिलवालले ‘कामधेनु गौशाला प्राली’ नामक कम्पनी दर्ता गरेर व्यावसायिक गाईपालन शुरु गरेकि हुन । उनले वडा नं २ स्थित लखनदेही नदी किनारको जग्गामा फार्म सञ्चालन गरी गाईपालन शुरु गरेकि हुन । शुरुमा दुई गाई पालेर गाईपालन शुरु गरेकी सिलवालले अहिले १५० गाई पालेकि छन् । जमिन आफैँले खरिद गरेर शुरुमा रु १० लाख लगानी गरेकि सिलवालले अहिले १८ बिघा जमिनमा… पुरा पढौ

३ कम्पनीले पाए १ अर्ब ५७ करोड ५० हजार बराबरको आइपीओ निष्काशनको अनुमति

काठमाडौं, १५ साउन । साधारण शेयर निष्काशन तथा बिक्रीका लागि तीनवटा कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । बोर्डका अनुसार न्यादी हाइड्रोपावर, साहस उर्जा लिमिटेड तथा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले शेयर निष्काशनको अनुमति पाएका हुन । न्यादी हाइड्रोपावर : न्यादी हाइड्रोपावरले आइपीओ निष्काशनको लागि गएको मंसिर १० मा आवेदन दिएको थियो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले साउन ११ गते शेयर निष्काशनको अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएपछि न्यादी हाइड्रोपावर लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ दरले ४० करोड ५०… पुरा पढौ

संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न पहल गरिनेः प्रमुख गुरुङ

चितवन, १५ साउन । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आफू गणतान्त्रिक संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरे । पदभार ग्रहण अघि गृहजिल्ला चितवन आएका उनले आज पत्रकारसँगको कुराकानीमा संविधान बाहिर गएर कुनै पनि काम नगर्ने बताए । प्रदेश प्रमुख गुरुङले भने, “सरकारले मलाई राजनीतिक निष्ठाका कारण दिएको जिम्मेवारीमा आँच नआउने गरी काम गर्ने र पदमा रहुञ्जेल राजनीतिक दलमा निष्क्रिय रहेर प्रदेशको विकासमा लाग्छु ।” फरक प्रसङ्गमा उनले पार्टीको १४ औँ महाधिवेशनमा कुनै पदका लागि पनि… पुरा पढौ

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नाफामा बृद्धि, कस्ता छन् अन्य सूचक ?

काठमाडौं, १५ साउन । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नाफामा बृद्धि भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले ७१ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । डिप्रोक्सको आज सार्वजनिक गरिएको आर्थिक विवरणका अनुसार समिक्षा अवधिमा ७१ करोड ३७ लाख रुपैयाँ नाफा गरेको जनाईएको छ । अघिल्लो वर्ष संस्थाले २७ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षमा ४६ करोड १८ लाख संचालन मुनाफा गरेको डिप्रोक्सले समीक्षा अवधिमा बढेर ७६ करोड ८१ पुगेको जनाएको… पुरा पढौ

प्रभु बैंकको संस्थापक शेयरकाे लिलामी बिक्री खुल्ला

काठमाडौं, १५ साउन । प्रभु बैंकले आजदेखि २ लाख २ हजार १८६ कित्ता संस्थापक शेयर लिलामी बिक्री खुल्ला गरेकोे छ । लिलामी शेयरका लागि बैंकका संस्थापक शेयरधनीहरुसंगै लगानीका लागि इच्छुक व्यक्ति तथा संगठित संस्थाहरुले आव्हान गरे बमोजिम बोलपत्र पेश गर्न सक्नेछन् । बैंकको संस्थापक शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २१० रुपैयाँ तोकिएको छ । लगानी गर्न चाहने लगानीकर्ताहरुले तोकिएको मूल्यदेखि माथिको मूल्य राखेर बोलकबोल पेश गर्न सक्नेछन् । संस्थापक शेयरमा बोलपत्र पेश गर्ने म्याद साउन २९ गते दिउँसो साढे १ वजेसम्म… पुरा पढौ

मैलुङ खोलाको आइपीओमा ५ लाख बढी आवेदन

काठमाडौं, १५ साउन । मैलुङ खोला जलविद्युत कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा पहिलो दिनमा नै ५ लाख बढी आवेदन परेको छ। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्म कम्पनीकाे आइपीओमा ५ लाख ८ हजार ७८२ जना आवेदकबाट ७१ लाख ६४ हजार ३३० कित्ता शेयर खरिदको लागि आवेदन परेको हाे। कम्पनीले बिहीबारदेखि प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको छ। त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात… पुरा पढौ

सिटिजन्स बैंकको नाफा बढ्यो, निस्कृय कर्जा भने बढ्यो

काठमाडौं, १५ साउन । सिटिजन्स बैंक इन्टरनेसनलको खुद नाफामा वृद्धि भएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार १ अर्ब ५९ करोड ८७ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो ३३ दशमलव ४० प्रतिशतले बढी हो । यस अवधिमा बैंकको वितरण योग्य मूनाफा पनि धेरै बढेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म ८२ करोड ४० लाख रुपैयाँ वितरण योग्य मूनाफा रहेकोमा गत असार मसान्तसम्म ९१ दशमलव ५७… पुरा पढौ

कमला नदीको कटान नियन्त्रणका लागि दीर्घकालीन योजना बनाइने

किरतपुर (धनुषा), १५ । साउननिरन्तरको वर्षासँगै कमला नदीमा पानीको बहाव बढ्न गई धनुषाको किरतपुर कटान हुन थालेपछि त्यहाँका जनप्रतिनिधिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको ध्यानाकर्षण गराए । त्यसलगतै मन्त्री भुसालले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीलाई निरीक्षण गर्न पठाइन र विभागको आपतकालीन कोषबाट रु ५० लाख निकासा गरी नदीको कटान रोक्न निर्देशन दिइन । तत्काल काम शुरु भयो तर निरन्तर कटान नरोकिएको खबर आएसँगै मन्त्री भुसालले बिहीबार स्थलगत निरीक्षण गरिन । मन्त्रालयका सिँचाइ सचिव मणिराम गेलाल र विभागका… पुरा पढौ