मुख्य समाचार

९१ प्रतिशत जनताको पहुँचमा इन्टरनेट

काठमाडौं, १४ साउन । नेपालमा ९१ प्रतिशत जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ । प्राधिकरणको तथ्याङ्कअनुसार जेठसम्म दुई करोड ७७ लाख छ हजार ७११ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ । गत वैशाख महिनाको तुलनामा जेठमा तीन लाख ३१ हजार ४२२ बढी प्रयोगकर्ता थपिएका हुन् । गत वैशाखमा… पुरा पढौ

अमेरिका ३५ पदकसहित शीर्षमा

काठमाडौं, १४ साउन । टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको हो । अमेरिकाले हालसम्म १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कूल ३५ पदक प्राप्त गरेको छ । चीन दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । चीनले १३ स्वर्ण, छ रजत र नौ कास्य पदक प्राप्त गरेको छ भने जापानले १३ स्वर्ण, चार रजत र पाँच कास्य प्राप्त गर्न सफल भएको… पुरा पढौ

आइपुग्यो ५२ हजार मेट्रिक टन युरिया मल

काठमाडौं, १४ साउन । बङ्गलादेशबाट खरिद ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार(जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा आइपुगेको हो । जिटुजी सम्झौताअनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरियामल उपलब्ध गराउने भए पनि थप दुई हजार मेट्रिकटन गरी जम्मा ५२ हजार मेट्रिकटन सम्बन्धित कार्यालयमा आइपुगेको वीरगञ्ज कार्यालयका प्रदेश प्रबन्धक गोरखनाथ केसीले बताए । उनका अनुसार शुरुमा बङ्गलादेशले दिने ५० हजार… पुरा पढौ

जीवन विकास लघुवित्तको शेयर कारोबार आजदेखि शुरु

काठमाडौं, १४ साउन । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएपछि आजबाट दोश्रो बजारमा कारोबार शुरु भएको छ । संस्थाको ६० लाख ८४ हजार १०० कित्ता सर्वसाधारण शेयर आइपीओ नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले शुरुको कारोबारका लागि प्रतिशेयर मूल्य न्युनतम ३०५ रुपैयाँ र अधिकतम ९१५ रुपैयाँ ८१ पैसाको रेञ्ज पाएको छ । दोश्रो बजारको कारोबारको लागि कम्पनीले जेबिएलबि संकेत पाएको हो । शेयर सूचीकृत भईसकेकोले बिहिबारबाट दोश्रो बजारमा कम्पनीको शेयर कारोबार शुरु… पुरा पढौ

सामलिङ्ग पावरकाे आईपीओ साउन २२ देखि

काठमाडौं, १४ साउन । सामलिङ्ग पावर कम्पनी लिमिटेडले साउन २२ देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका ५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये ६० प्रतिशत अर्थात ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा ८ र १० तथा माईजोगमाई… पुरा पढौ

कोरोना बढेपछि झापाका १० पालिकामा सिलबन्दी

झापा, १४ साउन । कोभिड–१९ को सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा सिलबन्दी गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिलबन्दी गरिएको हो । १५ पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबलमा सिलबन्दी गर्ने बारेमा स्थानीय जनप्रतिनिधिहरुले सोचविचार गरिरहेको जनाएका छन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सङ्क्रमण बढिरहेको पालिकाले नै आवश्यकतानुरूप सिलबन्दीको निर्णय गर्नसक्ने बताए। “जिल्ला कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको सहमतिमै पालिका तहमा सिलबन्दी गर्न… पुरा पढौ

भूकम्पले क्षतिग्रस्त विद्यालयको पुनःनिर्माण अन्तिम चरणमा

त्रिशूली, १४ साउन । विनाशकारी भूकम्पले क्षति पुगेको नुवाकोटका अधिकांश विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पले क्षति पुगेका विद्यालयको पुनःनिर्माणसहित अनुगमन, सुपरीवेक्षण र नियमनको जिम्मेवारी पाएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) मार्फत नुवाकोटमा अधिकांश विद्यालयमा सुविधासम्पन्न नयाँ भवनको निर्माण गरिएको हो । विसं २०७२ वैशाख १२ मा गएको भूकम्पले क्षति पु¥याएपछि अस्थायी तथा जोखिम भवनमा कक्षा सञ्चालन हुँदै आएकामा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) मार्फत भूकम्पसहित बहुविपद् प्रतिरोधात्मक भवनसहित खानेपानी र शौचालयको समेत सुविधा उपलब्ध गराइएको एकाइ प्रमुख दीनानाथ… पुरा पढौ

सन्दर्भ बाघ दिवस : बाघ संरक्षणमा उत्साहजनक उपलब्धि, मानव-बाघ द्वन्द्व भने भयावह

काठमाडौं, १४ साउन । हरेक वर्ष जुलाई २९ तारिख अर्थात् आजका दिन विश्व बाघ दिवस मनाइन्छ । यस वर्ष ‘बाघको अस्तित्व : मानवको दायित्व’ भन्ने मूल सङ्कल्पका साथ नेपालसँगै विश्वभर यो दिवस मनाइँदै छ । नेपालमा केन्द्रीय र स्थानीयस्तरमा विभिन्न कार्यक्रमको आयोजना गरी विश्व बाघ दिवस मनाउन लागिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयसँगको समन्वयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज वन परिसर बबरमहलमा बाघ संरक्षणसम्बन्धी होर्डिङ बोर्ड राख्ने, प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा बाघ संवाद कार्यक्रम… पुरा पढौ

माछापुच्छ्रे बैंकको ३ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं, १४ साउन । माछापुच्छ्रे बैंकले असार ३१ गतेदेखि निष्काशन तथा बिक्रीका लागि खुल्ला गरेको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । बैंकले ८.५० प्रतिशत ब्याजदरमा ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक ऋणपत्र १० वर्षे अवधिको लागि खुल्ला गरेको हो । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्यको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री गर्न लागेको हो । उक्त ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२… पुरा पढौ

समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन सहयोगी : राष्ट्रपति

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकि छन् । सिन्धुलीको ऐतिहासिकस्थल सिन्धुलीगढीमा निर्मित युद्ध सङ्ग्रहालयको आज उद्घाटन गर्दै उनले सिन्धुलीगढी ऐतिहासिक सम्पदाले भरिपूर्ण रहेको तथा आन्तरिक तथा बाह्य पर्यटक, विद्यार्थी र अनुसन्धानकर्ताहरु सङ्ग्रहालयको अवलोकनमा आउने भएकाले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताइन । उनले पर्यटनका माध्यमबाट सानो अर्थतन्त्र चलायमान हुने र उत्पादकत्व वृद्धि हुँदा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति घट्न सक्ने भएकाेले यस्ता गतिविधिले मुलुकमा चुलिएको व्यापारघाटा कम… पुरा पढौ