मुख्य समाचार

प्रेस चौतारीद्वारा महासंघ कास्कीमा तालाबन्दी

पोखरा, १६ साउन । पत्रकार रञ्जन अधिकारीलाई समाचार लेखेको विषयलाई लिएर धम्की आएको घटनामा नेपाल पत्रकार महासंघ कास्की शाखाले अभिभावकत्व ग्रहण गर्न नसकेको भन्दै प्रेस चौतारी कास्कीले महासंघ कास्की शाखामा तालाबन्दी गरेको छ । पत्रकारको संगठन नै पत्रकारको अभिभावकत्व लिन नसकेको आरोप लगाउँदै प्रेस चौतारीले शनिबार दिउँसो महासंघमा तालाबन्दी गरेको हो । अधिकारीले लेखेको समाचारको विषयलाई लिएर नवलपरासी घर भई पोखरा ११ बस्दै आएका श्रीकृष्ण श्रेष्ठले अधिकारीलाई ३ दिनसम्म फोन मार्फन तनाव दिने, फेसबुक म्यासेन्जर र एसएमएसमार्फत धम्की दिने, मुख्यमन्त्री… पुरा पढौ

जसपा संसदीय दलको नेतामा यादव

काठमाडौं, १६ साउन । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो । बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गरेका थिए भने महेन्द्र राय यादवले समर्थन गरेका छन् । पुरा पढौ

भारतमा थप ४१ हजार ६४९ नयाँ संक्रमित

काठमाडौं, १६ साउन । भारतमा थप ४१ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभरी ४१ हजार ६ सय ४९ जना नयाँ सङ्क्रमित भएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले ४ लाख ८ हजार ९ सय २० जना सङ्क्रमित अवस्थामै रहेका जनाएको छ । सङ्क्रमित अवस्थामै रहेकाको यो सङ्ख्या कूल सङ्क्रमितहरुको सङ्ख्याको १.२९ प्रतिशत मात्रै भएको पनि मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् । भारतमा कोरोना शुरु भएदेखि… पुरा पढौ

व्यवसाय संचालनको विकल्प छैनः अर्थमन्त्री बराल

पोखरा १६, साउन । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले अब व्यवसाय संचालनको कुनै विकल्प नभएको बताएका छन् । कोभिड १९ (कोरोना शंक्रमण) बढ्यो भन्दैमा पटक पटक व्यावसाय बन्द गरेर नहुने बताउदै मन्त्री बरालले अब स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्दै व्यवसाय संचालन गर्नुपर्ने शनिबार पोखरामा आयोजित एक कार्यक्रममा बताए । विगत दुई बर्ष देखि कोरोनाको प्रभाव नेपालसहित विश्व व्यापी रुपमा रहेको उल्लेख गर्दै मन्त्री बरालले व्यवसाय संचालन गर्ने बिषयमा अब ढिला गर्न नहुने जनाए । उनले भने “कोरोनाको… पुरा पढौ

“तिमी यसै लजायौ, म उसै धकाएँ…”

एल्बमबाट/तस्वीर-तेत्तीस--- राजेन्द्र शर्मालाई त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, रेडियो नेपालका नायव कार्यकारी निर्देशक, रेडियो नेपालकै अङ्ग्रेजी भाषाका समाचारवाचक, रेडियो सञ्चार-प्रशिक्षक आदि विभिन्न सन्दर्भमा नबिर्सनेगरी सम्झनेहरुको ठूलो जमात छ। तिनै राजेन्द्र शर्मा सुप्रशिध्द गायक रविन शर्मा हुन् भन्ने कुरा कतिपयलाई थाहा नहुन पनि सक्छ। विशिष्ट र अलग पहिचानका साथ स्थापित गायक रविन शर्मा सिध्दहस्त अनुवादक पनि हुन्। ८ माघ, २०१६ सालमा झापाको बाहुनडाँडीमा जन्मिएका हुन्-रविन। मेरो गीत गाउनुभन्दा अगाडि नै रविनले केही गीत रेकर्ड गराइसकेका थिए र मेरो पनि एउटा गीत प्रसारणमा आइसकेको… पुरा पढौ

सरकारले असोजसम्म एक करोड ८३ लाख ८२ हजार ८५० खोप ल्याउँदै

काठमाडाैं, १६ साउन । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने जानकारी भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले आगामी असोजमसान्तसम्म सरकारले चीन, जापान र भारतबाट कूल एक करोड ८३ लाख ८२ हजार ८५० खोप ल्याउने तयारी गरेको बताएका छन् । उनका अनुसार चीनको साइनोफार्म कम्पनीबाट ६० हजार मात्रा खोप खरिदको सम्झौता अगाडि बढिसकेको छ । कोभ्याक्स सुविधामार्फत जापान सरकारले एस्ट्राजेनिका १६ लाख मात्रा र भारतबाट खरिद… पुरा पढौ

वैकल्पिक विधिबाट विद्यालय सञ्चालन गर्दै स्थानीय तह

पर्वत, १६ साउन । नयाँ शैक्षिक सत्र शुरु भएको झण्डै डेढ महिना पुगिसकेको छ । कोभिड–१९ को सङ्क्रमणका कारण विद्यालय सञ्चालन गर्ने विषय अन्यौलमा पर्दै गएको छ । सङ्क्रमणको दर बढ्दै जाँदा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न समस्या भइरहेका बेला पर्वतका स्थानीय तहहरुले वैकल्पिक विधिबाट पठनपाठन गराउन थालेका छन् । पर्वत सदरमुकाम कुश्मा र आसपासका क्षेत्रमा गएको असार १५ गतेदेखिनै निजी तथा सामुदायिक विद्यालयले वैकल्पिक कक्षा सञ्चालन गरेका थिए तर ग्रामीण भेगमा रहेका स्थानीय तहमा भने अन्यौल रहेको थियो । कोभिड–१९… पुरा पढौ

मैलुङ खोलाकाे आइपीओमा साढे ११ लाख आवेदन

काठमाडौं, १६ साउन । मैलुङ खोला जलविद्युत कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा दोस्रो दिनसम्ममा साढे ११ लाख बढी आवेदन परेका छन्। कम्पनीको आइपीओमा ११ लाख ५८ हजार ५८५ जना आवेदकबाट १ अर्ब ६० करोड ५७ लाख ३४ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ३४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। कम्पनीले बिहीबारदेखि प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको हाे। त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत… पुरा पढौ

टोकियो ओलम्पिकमा ४० पदकसहित चीन शीर्ष

काठमाडौं, १६ साउन । टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म १९ स्वर्ण, १० रजत र ११ कास्य पदक प्राप्त गरेको छ । जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन् । जापानले १७ स्वर्ण, ४ रजत र ७ कास्य पदक प्राप्त गरेको छ भने अमेरिकाले १४ स्वर्ण, १७ रजत र ११ कास्य प्राप्त गर्न सफल भएको छ… पुरा पढौ

योजनाको बजेट कटौती भएपछि सरकारकाे ध्यानाकर्षण

म्याग्दी, १६ साउन । म्याग्दीको धौलागिरि गाउँपालिकामा सञ्चालित विभिन्न शीर्षकका ५ विकास योजनाको गण्डकी प्रदेश सरकारले बजेट कटौती गरिदिए पछि बजेट व्यवस्थापन गरिदिन अनुरोधसहित ध्यानाकर्षण गराइएको छ । अघिल्लो सरकारले निरन्तरता दिएको सडक, शिक्षा, खानेपानीलगायतका योजना तथा कार्यक्रमलाई अहिलेको सरकारले कटौती गरेको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताइन् । २ वर्षदेखि निरन्तररुपमा बजेट विनियोजन भएका ती योजना कटौती भएपछि गाउँपालिकाले प्रदेश सरकारसमक्ष बजेट व्यवस्थापन गरिदिन अनुरोध गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई अध्यक्ष पुनसहितको टोलीले भेटेर बजेटलाई निरन्तरता दिन अनुरोध… पुरा पढौ