मुख्य समाचार

नेपालका सुरुङमार्गका इतिवृत्त : नागढुंगाको गौरव गर्न लायक प्रगति

काठमाडौं, २७ असार । मुलुकमा कोभिड–१९ सङ्क्रमण जोखिम बढेसँगै २ वटा लकडाउन भई कतिपय राष्ट्रिय गौरवका आयोजना पनि थला परिरहेका बेला नागढुङ्गा सुरुङमार्ग निर्माण प्रगति भने गौरव गर्न लायक पाइएको छ । कोरोना महामारीका कारण देशभर नै बन्दाबन्दी रहेको अवस्थामा जोखिम न्यूनीकरणका हरसम्भव उपाय अवलम्बन गरी अत्याधुनिक उच्च प्रविधिमार्फत आयोजनाले कामलाई तीव्रता प्रदान गरेसँगै कठिन समयमा पनि उपलब्धि हासिल गर्न सम्भव भएको हो । निर्माण कार्यलाई तीव्ररूपमा अघि बढाउने सन्दर्भमा केही विदेशी तथा ५० नेपाली इञ्जीनियरसहित ६०० भन्दा बढी मजदुरको… पुरा पढौ

सामाजिक सुरक्षा कोष विरुद्ध बैंकका कर्मचारीले आजदेखि बिरोध प्रदर्शन गर्ने

काठमाडौं, २७ असार । सामाजिक सुरक्षा कोष विरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको संगठन वित्तीय क्षेत्र कर्मचारी संघ (फियन) ले आन्दोलन कार्यक्रमहरु घोषणा गरेको छ । संघले आजदेखि कालो ब्यानर देखाउने तथा हातमा कालोपट्टि बाधेर बिरोध प्रदर्शन गर्ने भएको हो । खाइपाइ आएको सेवा सुविधा समेत कटौति हुने गरी कोषमा आफूहरुलाई आवद्ध गराउन लागिएको भन्दै फियनले आन्दोलनको घोषणा गरेको हो । शनिबार फियनको तर्फबाट अध्यक्ष पदमराज रेग्मी र महासचिव हरिराज खरेलले प्रेस विज्ञप्ति जारी गर्दै भोलि आइतबारदेखि ३० गतेसम्मका लागि… पुरा पढौ

२८ वर्षपछि अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

काठमाडौं, २७ असार । २८ वर्षपछि अर्जेन्टिनाले ब्राजिललाई पराजित गर्दै कोपा अमेरिकाको उपाधि जितेको छ । रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि हात पारेको हो। अर्जेन्टिनाको लागि खेलको २२औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जन्टिनालाई अग्रता दिलाए । सोही गोल नै अर्जेन्टिनाको उपाधिका लागि निर्णायक बनेको हो । रोड्रिगो डे पउलको लामो पासमा डि मारियाले अफसाइट ट्रयाप बिट गर्दै गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा चिप… पुरा पढौ

देशभर मेघ घर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा

काठमाडाैं, २७ असार । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । सामान्य देखि पूर्ण बदली रहेको छ। कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ घर्जन/चट्याङ्ग सहित  हल्का देखि मध्यम  वर्षा भैरहेको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ। आगामी तीन दिनको मौसम पूर्वानुमान असार २७ गते  दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी/धेरै भारी वर्षाको सम्भावना रहेको छ। राती: देशभर सामान्य… पुरा पढौ

अमेरिकाले दिने १५ लाख डोज खोप सोमबार नेपाल आउने

वाशिङ्टन डिसी, २७ असार । अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गर्ने र सोमबार बिहान नेपाल पुग्ने कार्यतालिका रहेको छ । उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो । कोरोना भाइरस विरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई गरेको सहयोगअन्तर्गत खोप एउटा महत्वपूर्ण सहयोग हो । अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले महाविपत्तिको बेलामा मित्र राष्ट्र… पुरा पढौ

नेपाल र भारत रेल सेवा सम्झौता संशोधनको महासङ्घद्वारा स्वागत

काठमाडौं, २७ असार । नेपाल उद्योग वाणिज्य महासङ्घले बहुप्रतिक्षित नेपाल र भारत बीचको रेल सेवा सम्झौता संशोधन भएकामा प्रसन्नता व्यक्त गरेको छ । रेल संशोधनसँगै अब सबै रेल सेवा प्रदायकले नेपालबाट भारतको समुद्री बन्दरगाहसम्म दुईतर्फी ढुवानी गर्न पाउनेछन् । यो संशोधनबाट दुवै देशबीचको व्यापार तथा पारवहन सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास महासङ्घले लिएको छ । महासङ्घले एक विज्ञप्तिमार्फत लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन भएकामा स्वागत गर्दै यसका लागि निरन्तर पहल गर्ने दुवै देशका सरकारलाई धन्यवादसमेत दिएको छ ।… पुरा पढौ

प्रेस काउन्सिललाई अझ बढी स्वायत्त, स्वतन्त्र र निष्पक्ष बनाउनुपर्छ

काठमाडौं, २७ असार । प्रेस काउन्सिल नेपाललाई अझ बढी स्वायत्त, स्वतन्त्र, निष्पक्ष, तटस्थ र सक्षम बनाउनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । प्रेस काउन्सिल नेपालद्वारा काठमाडौंको बुढानिलकण्ठमा आयोजित “प्रेस स्वतन्त्रताको संरक्षणमा प्रेस काउन्सिलको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताहरुले पत्रकारिता क्षेत्रलाई व्यवसायिक र मर्यादित बनाउन पत्रकार लाइसेन्सको व्यवस्था हुनुपर्ने र त्यसका लागि काउन्सिलले पहल गर्नुपर्नेमा जोड दिएका हुन् । सो अवसरमा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले प्रेस स्वतन्त्रताको ग्यारेन्टी कानूनले गर्ने भएकाले कानून निर्माण… पुरा पढौ

भारतमा कोरोनाबाट दैनिक मृतकको संख्यामा वृद्धि

काठमाडौं, २६ असार । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण १ हजार २ सय ६ जनाको मृत्यु भएको जनाएको छ । भारतमा यसअघि १ दिनमा ९ सय ११ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको विवरण शुक्रबार बिहान सार्वजनिक गरिएको थियो । योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म ४ लाख ७ हजार १ सय ४५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप… पुरा पढौ

१४ अर्बको हकप्रद शेयर बिक्रीका लागि सेवोनको अनुमति

काठमाडौं, २६ असार । नेपाल धितोपत्र बोर्ड (सेवोन)ले चालु आर्थिक वर्षमा कूल १४ अर्ब ४ करोड ९७ लाख ७ हजार २५ बराबरको हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डको विवरणअनुसार चालु आवमा विभिन्न सात कम्पनीले हकप्रदख शेयर बिक्रीका लागि अनुमति पाएका छन् । त्यसमा सबैभन्दा ठूलो परिमाणको हकप्रद शेयर भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको रहेको छ । नेपालको जलविद्युत् क्षेत्रको विकासका लागि स्थापना भएको सो कम्पनीले दर्जनभन्दा बढी आयोजनामा यसअघि नै लगानी गरिसकेको छ ।… पुरा पढौ

एमालेभित्रको विवाद समाधानका लागि कार्यदलको बैठक बस्दै

काठमाडौं, २६ असार । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक शनिबार दिउँसो २ बजेपछि सिंहदरबारमा बस्दैछ । बैठकमा छलफल हुने विषयमा विशेषगरी एमालेको पार्टी कमिटी जेठ २ मा फर्काउने, संसद विघटनको रिटबाट एमाले सांसदले हस्ताक्षर फिर्ता लिने र शक्ति सन्तुलन लगायत प्रमुख छन् । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले २३ फागुनयता गरिएका सबै निर्णय खारेज हुनुपर्ने अडान राखेको बेला एमाले अध्यक्ष ओलीले महाधिवेशनको मिति तोक्ने, महाधिवेशन तालिकासमेत सार्वजनिक गरिसकेका छन् । प्रतिनिधिसिभा विघटनविरुद्ध सर्वोच्चमा दिएको रिटबाट एमाले… पुरा पढौ