मुख्य समाचार

‘वायुसेवा निगमलाई निजीकरण गर्ने कुनै योजना छैन’ : मन्त्रालय

काठमाडौं, २७ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ । निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढेको भन्ने भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेकामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले आज विज्ञप्ति निकालेर खण्डन गरेको हो । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ–“निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने कुनै योजना एवं कार्यक्रम नभएको तथा निजीकरणको प्रक्रियाका सम्बन्धमा हालसम्म कुनै छलफलसमेत नभएको… पुरा पढौ

रोकिएका विदेशीलाई असार मसान्तसम्म प्रवेशाज्ञा शुल्कमा छुट

काठमाडौं, २७ असार । कोरोना महामारीका कारण नेपालमा रोकिएका विदेशी पर्यटकलाई यही असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क तथा जरिवानामा छुट दिइएकोे छ । दोस्रो लहरको कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै जारी अधिकांश जिल्लामा निषेधाज्ञा लागू हुँदा र नियमितरुपमा हुँदै आएको अन्तरराष्ट्रिय उडान बन्द हुँदा नेपालमा रोकिएका विदेशी पर्यटकलाई प्रवेशाज्ञा शुल्कमा छुट दिइएको होे । अध्यागमन विभागले एक सूचना जारी गर्दै गत वैशाख १५ गतेसम्म प्रवेशाज्ञाको अवधि भएका पर्यटकका लागि यही असार ३१ गतेभित्र नेपालबाट प्रस्थान हुँदा लाग्ने शुल्कमा छुट दिइएको जनाएको हो ।… पुरा पढौ

असार सकिनै लाग्दा शेयर बजारमा छायो हरियाली, कारोबारमा एनआईसी एशिया बैंक अब्बल

काठमाडौं, २७ असार । साताको पहिलो दिन आइतबार शेयर बजार सकारात्मक लय देखिएको छ । सूचकहरु र करोबार रकममा सान्तोना लिने ठाउँ बनेको छ । लगानीकर्ताहरु विकास बैंक तथा फाइनान्सतर्फ बढी आकर्षित भएका छन् । असारको आधाबाट बजारमा देखिएको असन्तुलन लगानीकर्ताहरुको कर, बैंक किस्ता तथा ब्याज भुक्तानीको लागि रकम जोहो गर्नुपरेकोले शेयर बजारको लय ट्रयाक बाहिर गएको थियो । असार सकिनै लाग्दा आईतबार शेयर बजारमा सर्वत्र छाएको हरियाली र कारोबारले लगानीकर्ताहरुमा उत्साह जागेको छ । नेप्से परिसूचक ७३.३३ अंकले बढेर… पुरा पढौ

मकवानपुरगढी गाउँपालिकामा किसान क्रेडिट कार्ड वितरण शुरु

वाग्मती, २७ असार । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले किसानलाई लक्षित गरी ‘किसान क्रेडिट कार्ड’ वितरण शुरुआत गरेको छ । साना तथा सीमान्तकृत किसानमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखिएको छ । यसरी पहुँच कम पुगेका साना किसानका लागि बिनाधितो न्यूनतम ब्याजमा पाँच वर्षका लागि क्रेडिट कार्डमार्फत पशुपालन र कृषि व्यवसायका लागि रु दुई लाख प्रदान गरिने जनाइएको छ । सहकारीको व्यवस्थापन र समूह जमानतमा विभिन्न वित्तीय संस्थामार्फत ऋण प्राप्त गर्ने गाउँपालिकाको योजना छ । नेपाल बङ्गलादेश बैंक लिमिटेड, आर एण्ड डि… पुरा पढौ

दूध बेचेर वार्षिक रु डेढ करोड आम्दानी

टिस्टुङ, २७ असार । मकवानपुरको थाहा नगरपालिका– ३ की मन्दिरा बर्तौलाले दूध बेचेर एक वर्षमा रु सात लाख कमाइन । उनले आफूले पालेका तीन उन्नत जातका गाईबाट आर्थिक वर्ष २०७७÷७८ मा १२ हजार ८९३ लिटर दूध बेचिन । सोही नगरपालिकाकै वडा नम्बर १ की कल्पना लामिछानेले गाईको दूध बेचेर एक वर्षभित्र रु दुई लाख २७ हजार आम्दानी गरिन । उनले पाँच गाई पालेकि छन् । नगरपालिकामा पछिल्ला वर्षमा दूधका लागि पशुपालन फस्टाउँदै गएको छ । स्थानीय कृषक स्वरोजगार हुँदै आम्दानीका… पुरा पढौ

३ सातासम्म पनि भएन बजेटमा छलफल

कर्णाली, २७ असार । कर्णाली प्रदेश सरकारले यही असार १ गते बजेट प्रस्तुत गरेयता कुनै दिन त्यसमाथि छलफल हुन सकेको छैन । सरकार सञ्चालनको मेरुदण्ड मानिने बजेटजस्तो महत्वपूर्ण विषयमा छलफल प्रक्रिया नै थालनी हुन नसक्दा यहाँको अवस्था अन्योलग्रस्त बनेको छ । प्रदेशसभाको बैठक पटकपटक बस्छ तर कार्यसूचीमा प्रवेश नपाउँदै स्थगित हुन्छ । असार १ गते सरकारले बजेट सार्वजनिक गरेपश्चात् ३ पटक आह्वान गरिएको बैठक बस्न नसकेरै प्रदेशसभा सचिवालयले विशेष कारण देखाएर स्थगितको सूचना गर्यो । असार ११ र १८ गते… पुरा पढौ

गण्डकीमा कोरोनाको नयाँ भेरियन्ट फेला

पोखरा, २७ असार । गण्डकी प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेको छ ।स्याङजा र गोरखाका गरी ५ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट (डेल्टा बी.१.६१७.२) देखा परेको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत पुष्टि गरेको छ । तीमध्ये स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १४ र ६० वर्षका पुरुष तथा गोरखाका बारवाक सुलिकोट गाउँपालिकाका ३३, ४० र ७० वर्षीया महिला छन् । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट गत जेठ ३१ मा काठमाडौं पठाइएका नमुनाहरुमध्ये ५ वटामा नयाँ भेरियन्ट पुष्टि भएको हो । यो नयाँ भेरियन्ट पहिला… पुरा पढौ

गण्डकी सरकारको आर्थिक स्थिति सम्बन्धमा श्वेतपत्र जारी

पोखरा, २७ असार । गण्डकी प्रदेश सरकारले प्रदेश अर्थतन्त्रका विषयमा श्वेतपत्र जारी गरेको छ ।प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार पत्रकार सामु सो श्वेतपत्र जारी गरेको जानकारी दिए । उनले विगतका वर्षमा प्रदेशको अर्थतन्त्रले सही दिशा लिन नसकेको उल्लेख गर्दै अब लगानी मैत्री वातावरण नबनाउँदा निजी क्षेत्र सशंकित भएको बताए । श्वेतपत्र अनुसार प्रदेशमा गएका वर्षमा द्वितीय क्षेत्रको योगदान घट्दै गएको जनाइएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ग्रार्हस्थ उत्पादनमा द्वितीय क्षेत्रको योगदान १७.४ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको अन्त्यसम्ममा… पुरा पढौ

गण्डकीमा २ बिनाविभागीय मन्त्रीको पदभार

पोखरा, २७ असार । नियुक्तिको झण्डै एक महिनापछि गण्डकी प्रदेशका बिनाविभागीय २ मन्त्रीले पदभार ग्रहण गरेका छन् । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा लिएका जनता समाजवादी पार्टी (जसपा) का हरिशरण आचार्य र स्वतन्त्रतर्फबाट युवा तथा खेलकुद मन्त्री बनेका दीपक गुरुङ (दीपक मनाङ्गे) ले आइतबार कार्यालय समयमा पदभार ग्रहण गरेका हुन् । यसअघि आचार्यले आफूलाई अर्थ मन्त्रालय दिनुपर्ने दाबी गर्दै आएका थिए भने मनाङ्गेले भौतिक पूर्वाधार मन्त्रालय हुनुपर्ने अडानमा थिए । अन्ततः मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगको छलफलपछि उनीहरु सहमत भएका… पुरा पढौ

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड भोलि, अधिकांश आवेदकले नपाउने

काठमाडौं, २७ असार । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ भोलि सोमबार बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले प्रिअलटमेन्ट सकिएको र आगामी सोमबार आईपीओ बाँडफाँट हुने जानकारी दिए । कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा ७३ गुणा अर्थात २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता आईपीओका लागि आवेदन परेको छ । यो लघुवित्तले सर्वसाधारणको लागि छुट्टाएको ३ लाख… पुरा पढौ