मुख्य समाचार

काठमाडौं उपत्यकाभित्र थाेरै सिट क्षमताका सवारीलाई पनि चल्न दिने तयारी

काठमाडौं, २० असार । काठमाडौं उपत्यका भित्र थाेरै सिट क्षमताका सवारीलाई पनि चल्न दिने तयारी भएको छ । काठमाडौं उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीको बैठक मार्फत निषेधाज्ञा जारी भएका अन्य क्षेत्रलाई पनि आंशिक रूपमा खोल्न दिइने भएको हो । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अझै खुकुलो बनाउँदै थप एक साता लम्बाउने तयारी गरिएकोमा यसपटक माइक्रो बस र टेम्पो सन्चालनबारे पनि निर्णय गर्ने तयारी छ। निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक आइतबार नै… पुरा पढौ

सांग्रिला बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २० असार । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको असार ६ गते निष्काशन तथा बिक्री खुल्ला गरिएको ‘९ प्रतिशत सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७’ नामक ऋणपत्रमा आवेदन दिने म्याद आजसम्म मात्रै रहेको छ । १० वर्ष सम्मको समयावधि रहेको बैंकको ऋणपत्रमा म्याद थप गगेर असार २० गते आजसम्म आवेदन दिन सकिने बनाइएकाे थियाे । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र बिक्रीका लागि ल्याएको हो । त्यसमध्ये ३० करोड रुपैयाँ बराबरको… पुरा पढौ

संसद विघटनबारे समाभुखका तर्फबाट बहस शुरु

काठमाडौं, २० असार । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा समाभुखका तर्फबाट बहस शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा शुक्रबार सरकारी पक्षको बहस सकिएपछि आज समाभुखका तर्फबाट अधिवक्ता मेघराज पोखरेलले बहस शुरु गरेका हुन्। सभामुखका तर्फबाट बहस गर्ने कानून व्यवसायीका लागि एक घण्टाको समय छुट्याइएको छ । उनका तर्फबाट वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेल, लवप्रसाद मैनाली, उपेन्द्रकेशरी न्यौपाने र अधिवक्ता श्रीकृष्ण सुवेदीले बहस गर्ने छन्। त्यसपछि… पुरा पढौ

चुनवाङमा लसुनबाट रु ४० लाख भित्रियो

रुकुम(पूर्व), २० असार । रुकुमपूर्वको भूमे गाउँपालिका–९ चुनवाङमा उत्पादित लसुनले बजार पाएको छ । सो वडामा यसवर्ष ४५३ क्विन्टल लसुन उत्पादन भएको थियो । विगतका वर्षमा बजार नपाउँदा कुहिएर खेरा जाने गरेको बताइएको छ । शुरुआती चरणमा प्रतिकिलो रु ९० मा लसुन बिक्री हुँदै आए पनि पछिल्लो समय प्रतिकिलो रु ११५ बिक्री हुने गरेको वडाध्यक्ष प्रवेश पुनले जानकारी दिए । बीउ लसुनको मूल्य भने रु १२५ पुगेको उनको भनाइ छ । चुनवाङमा साना व्यापारीले कृषकबाट लसुन खरिद गर्ने र उनीहरुले… पुरा पढौ

ज्योति विकास बैंकको १ अर्ब ५० करोडको ऋणपत्र बिक्री खुल्ला

काठमाडौं, २० असार । ज्योति विकास बैंकले आजदेखि १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्रीका लागि खुल्ला गरेको छ । बैंकले वार्षिक ९ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको लागि ‘ज्याेति विकास बैंक बण्ड २०८७’ नामक ऋणपत्र बिक्रीमा ल्याएको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जस्मा ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्तामा सर्वंसाधारणले आवेदन गर्न पाउने छन । यसबाट ५… पुरा पढौ

१०३ औषधि उद्योग दर्ता, ६६ वटामात्रै सञ्चालनमा

काठमाडौं, २० असार । मुलुकमा दर्ता भएका करीब दुई तिहाइ मानव औषधि उद्योग मात्र पूर्ण सञ्चालनमा रहेको पाइएको छ । उद्योग विभागले शनिवार सार्वजनिक गरेको ‘नेपालमा आत्मनिर्भर हुन सक्ने मानव औषधि उत्पादन उद्योगहरूको विस्तृत अध्ययन प्रतिवेदन–२०७७’ यस्तो देखाएको हो । उक्त प्रतिवेदन अनुसार नेपालको औषधि व्यवस्था विभागमा चालू आर्थिक वर्षको वैशाख १२ गतेसम्ममा १०३ औषधि उद्योग दर्ता छन्, जसमध्ये ६६ ओटा उद्योग मात्र पूर्ण सञ्चालनमा रहेका हुन् । यी उद्योगले उत्पादन र विक्री दुवैका लागि लाइसेन्स पाएको विभागले जानकारी दिएको… पुरा पढौ

लक्ष्मी, सिभिल र स्ट्यान्डर्ड चार्टड बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही, थप तीन बैंकलाई सचेत रहन निर्देशन

काठमाडौं, २० असार । तीन वाणिज्य बैंकहरुलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । चालु आर्थिक वर्षमा नीतिगत व्यवस्था उल्लंघन गरेको भन्दै नेपाल राष्ट्र बैंकले लक्ष्मी, सिभिल र स्ट्यान्डर्ड चार्टड बैंकलाई कारबाही गरेको हो । केन्द्रीय बैंकले कारबाहीमा परेका बैंकहरूबाट ८७ लाख ८४ हजार ६ सय १७ रुपैयाँ जरीवाना गरेको छ । राष्ट्र बैंकले लक्ष्मी बैंक, सिभिल र स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई आर्थिक जरीवाना गरेको हो । राष्ट्र बैंकले थप तीन बैंक ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकलाई सचेत… पुरा पढौ

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

काठमाडौं, २० असार । नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे पहिरो खसेको हो । राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि डोजर त्यसतर्फ जाँदै गरेको र पानी परिरहेकाले पन्छाउन केही समय लाग्ने कार्यालयले जनाएको छ । शुक्रबार राति खसेको पहिरो शनिबार बिहान ९ बजे पन्छाएँंगै खुलेको थियो । बिहीबारदेखि यस सडकखण्डमा पटकपटक पहिरो खस्दै आएको छ… पुरा पढौ

प्रतिबन्धित वन लसुनसहित दुई पक्राउ

मनाङ २० असार । प्रतिबन्धित वन लसुनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको धार्चे गाउँपालिका –५ गुम्दा घर भइ हाल मनाङको चामे गाउँपालिका –३ खितीपुर बस्ने ४५ वर्षीय कान्छा भन्ने माइला गुरुङ र धार्चे– ७, लापु घर भइ हाल खितिपुरमा बस्दै आएका ३८ वर्षीय जितबहादुर गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सुवास खड्काले उनीहरुलाई करिव ३० किलो प्रतिबन्धित वन लसुन सहित पक्राउ गरेको जानकारी दिए । सो लसुन ६ लाख रुपैयाँ बराबरको भएको… पुरा पढौ

मस्र्याङ्दी नदीको पुल भासियो, खाद्यान्न ढुवानी रोकियो

मनाङ, २० असार । नार्पाभूमि गाउँपालिकास्थित मस्र्याङ्दी नदीको पुल भासिएको छ । लगातारको वर्षासँगै आएको बाढीले पुल भासिएको हो । पुल भासिदा अहिले खाद्यान्न ढुवानी गर्नमा समस्या भएको छ । यही असार महिनाको शुरुआतदेखि परेको अविरल वर्षाका कारण मस्याङ्दी नदीमा आएको बाढीपहिरोले नार्पाभूमि २ स्थित झोलुङ्गे पुल भासिएको गाउँपालिकाका अध्यक्ष मिङ्माछिरिङ लामाले जानकारी दिए । उनले भने, “असार महिनाको शुरुआतदेखि आएको अविरल वर्षाले जिल्लामा वितण्डा नै मच्चायो , जिल्लाको सबैभन्दा विकट क्षेत्र नार्पा हो । यहाँ सवारी आवागमन हुदैँन, पैदल… पुरा पढौ