मुख्य समाचार

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय बर्ष पूरा, समृद्ध चीनको सपना साकार : राष्ट्रपति सी

बेइजिङ्, १७ असार । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को स्थापनाको १०० औँ बर्ष पूरा भएको अवसरमा चीनको राजधानी बेइजिङमा भब्य समारोहका साथ सीपीसीले स्थापना दिबस मनाएको छ । अवसरमा सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का महासचिव सी चिङफिङले चिनियाँ जनतालाई कुनै पनि विदेशी तागतले हराउन नसक्ने बताएका छन् । बिहीबार राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा आयोजित भव्य समारोहलाई सम्बोधन गर्दै महासचिव सीले कुनै पनि विदेशी तागतले आफुहरुलाई धम्क्याउने, उत्पीडित गर्ने र आफ्नो बशमा पार्न नसक्ने बताए । सीपीसीका महासचिवसमेत रहेका राष्ट्रपति सीले… पुरा पढौ

कास्कीमा एम्बुलेन्स पुरिँदा बिरामीको मृत्यु

पोखरा, १७ असार । बिरामी बोकेर अस्पताल जाँदै गरेको एम्बुलेन्स बाढीपहिरोमा परेको छ । बिरामीको बाटोमै ज्यान गएको छ । कास्कीको मादी गाउँपालिकामा बिहीबार बिरामी बोकेको एम्बुलेन्स बाढीपहिरोमा परेको हो । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको ग१झ ४४८ नं.को एम्बुलेन्समाथि बाढीपहिरो खस्दा ८३ वर्षीया बिरामी गोमा अधिकारीको बाटैमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएका छन् । खहरे खोलामा एक्कासी लेदोसहितको बाढी आएर एम्बुलेन्समाथि परेको हो । उनलाई बाढीले करिब… पुरा पढौ

बाबा ग्यास उद्योगमा पस्यो खोला, बगायो सिलिण्डर

चितवन, १७ असार  । खैरहनी नगरपालिका वडा नम्बर १ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा खोला पसेर क्षति पुर्याएको छ । कयर खोलाले उद्योगमा क्षति पुर्याएको हो । उद्योगका निर्देशक बिमल कालाखेतीका अनुसार त्यहाँका धरै सिलिण्डर वगाएका छन् । उनले भने, “यहाँका सिलिण्डर वगाएर सौराहा सम्म पुगेका छन् ।”वाढीले उद्योगको संरचनामा नोक्सान पुर्याएको छ । उद्योगमा १० देखि १५ हजार सिलिण्डर रहन्छ । के कति सिलिण्डर वगायो र अरु नोक्सान कति भयो भन्ने बारेमा एकिन भइसकेको छैन । प्रमुख जिल्ला अधिकारी… पुरा पढौ

शेयर बजारमा छायो हरियाली, लगानीकर्तामा थपियो उत्साह

काठमाडौं, १७ असार । साताको पाँचौ दिन बिहिबार शेयर करोबार हुने अन्तिम दिन शेयर बजार सकारात्मक लयमा फर्किएको छ । कर तिर्नुपर्ने समय तथा बैंक वित्तीय संस्थामा तिर्नुपर्ने व्याजको ताकेताको कारण लगानीकर्ताहरुले शेयरलाई होल्ड गरेका हुन् कि भन्ने आकलन गरिएको थियो । लगातार दुई दिन ओरालो लागेको शेयर बजारको आजको उकालोको यात्रा बजार बन्द हुँदाको अवधिसम्म आउँदा सकारात्मक नै रह्यो । नेप्से सकारात्मक लयमा गएकोमा लगानीकर्ताहरुमा उत्साह पनि जागेको मान्नु पर्छ । दिउँसो साढे १४५ बजेको समयमा नेप्से परिसूचक ३३.०१… पुरा पढौ

लायन्सका डिष्ट्रिक्ट गभर्नर आचार्यद्धारा पदभार ग्रहण

काठमाडाैं, १७ असार । लायन्स क्लब्स् इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ को लायन वर्ष २०२१–२२ का लागि निर्वाचित डिष्ट्रिक्ट गभर्नर लायन विश्वेश्वर आचार्यले पदभार ग्रहण गरेका छन् । आज लायन्स डिष्ट्रिक्ट सचिवालय काठमाडौंमा आयोजित एक समारोहमा गभर्नर आचार्यले पदभार ग्रहण गरेका हुन् । लायन वर्ष २०२०–२१ का गभर्नर लायन मान बहादुर रोक्काले वर्ष २०२१–२२ का लागि निर्वाचित डिष्ट्रिक्ट गभर्नर आचार्यलाई पदिय दायित्व हस्तान्तरण गरेका हुन् । समारोहमा लायन वर्ष २०२१–२२ का लागि निर्वाचित प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर लायन महेन्द्र पौडेल,… पुरा पढौ

राष्ट्रिय पहिचान अभिवृद्धि गर्न वायुसेवा निगमको उल्लेखनीय भूमिका

काठमाडौं, १७ असार । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो अनवरत सेवाको ६३ औं वर्ष पुरा गरी स्थापनाको ६४ औँ वर्षमा प्रवेश गरेको छ । विसं २०१५ असार १७ (सन् १९५८ जुलाई १) मा स्थापना भएको निगमले विभिन्न आरोह अवरोहलाई चिर्दै सीमित स्रोत साधनका बीच राष्ट्रिय पहिचान प्रबद्र्धनमा उल्लेखनीय भूमिका निर्बाह गरेको छ । देशलाई आइपरेका विभिन्न विपत्तिमा उडान सारथी बनेर होस् या भूकम्प र नाकाबन्दीका बेला पु¥याएको गोगदान स्मरणीय छ । निगमले अहिलेको कोभिड–१९ महामारीका सन्दर्भमा… पुरा पढौ

राष्ट्र बैंकको आधिकारिक फेसबुक पेज छैन,भ्रामक सूचनामा विश्वास नगर्न आग्रह

काठमाडौं, १७ असार । नेपाल राष्ट्र बैंकले भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ । पछिल्लो समय सामाजिक सञ्जाल (फेसबुक) बाट भ्राकम सूचना पोष्ट भइरहेको भन्दै बैंकले आज एक विज्ञप्ती जारी गर्दै कुनै पनि सूचनामा विश्वास नगर्न आग्रह गरेको हो । बैंकले आफ्नो नाममा फेसबुक पेज बनाएर भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेकामा गम्भीर ध्यानकर्षण भएको जनाएको छ । हालसम्म नेपाल राष्ट्र बैंकको कुनै पनि आधिकारिक फेसबुक पेज नरहेको र कुनै पनि प्रकारको सूचना जानकारी तथा आब्हान फेसबुक पेजमार्फत नगरिएको… पुरा पढौ

दुई दिनपछि शेयर बजारमा छायाे हरियाली

काठमाडौं, १७ असार । साताको पाँचौ दिन बिहिबार शेयर करोबार हुने अन्तिम दिन शेयर बजार सकारात्मक लयमा गएको देखिएको छ । सर्वत्र हरियाली छाएकाे छ । लगातार दुई दिन ओरालो लागेको शेयर बजारको आजको उकालोको यात्रा बजार बन्द हुँदाको अवधिसम्म कस्तो हुन्छ ? त्यो भने पर्खनै पर्छ । तर नेप्से सकारात्मक लयमा गएकोमा लगानीकर्ताहरुमा उत्साह जागेको मान्नु पर्छ । यो समाचार तयार पार्दासम्म दिउँसो साढे १.५५ बजेको समयमा नेप्से परिसूचक ३३.०१ अंकले बढेर २८५४.८९ विन्दुमा पुगेको छ । नेप्से १.१०… पुरा पढौ

धारा ७६ (५) अनुसार ओलीले प्रधानमन्त्री दाबी गर्न पाउने : खरेल

काठमाडौं, १७ असार । पूर्वमहान्यायाधिवक्ता अग्नि खेरलले नेपालको संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओलीले दाबी गर्न सक्ने तर्क गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बसह गर्ने क्रममा उनले उक्त तर्क गरेका हुन्। “राजनीतिक दलसम्बन्धी व्यवस्थामा दलको ह्वीप लाग्ने व्यवस्था ७६ (५) मा छ, यो धाराअनुसार दलको ह्वीप किन नलाग्ने श्रीमान् ?”, वरिष्ठ अधिवक्ता खरेलले भने, “एउटा दलको नेताले अर्काे दलको नेतालाई… पुरा पढौ

अविरल वर्षाका कारण पर्साको दर्जनौं बस्ती डुवानमा

वीरगञ्ज, १७ असार । मङ्गलवार रातिदेखि परेको अविरल वर्षाका कारण पर्साका दर्जनौं बस्ती डुवानमा परेका छन् । असारे विकासको नाममा निर्माण भएका गुणस्तरहीन नालाहरुबाट पानीको सहज निकास नहुँदा ती बस्तीहरु डुवानमा परेको हो । वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरुमा पनि पानी छिरेको छ । प्लाष्टिकजन्य फोहोरहरु सडक र नालामा फाल्ने गरिएको कारण नाला जाम हुने गरेको छ । अविरल वर्षाले पर्साको ग्रामीण क्षेत्रका नदी र खोलाहरूमा पानीको सतह बढेर बस्ती डुबानमा परेका छन् । नदी… पुरा पढौ