मुख्य समाचार

माछापुच्छ्रे बैंकले पायो ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशनको अनुमति

काठमाडौं, १६ असार । माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको १० वर्षे अवधिका लागि ८.५० प्रतिशत ब्याजदरको ऋणपत्र निष्काशनको अनुमति पाएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको हो । प्रतिकित्ता १ हजार अंकित मूल्यमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता निष्काशनको अनुमति पाएपछि बैंक यसको तयारीमा लागेको छ । बैंकका अनुसार १२ लाख कित्ता सर्वसाधारणका लागि रहेको छ । १८ लाख कित्ता भने… पुरा पढौ

एमाले विभाजन खतरा टर्‍याे, आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण

काठमाडौं, १६ असार । नेकपा (एमाले) ले बुधबार सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशन आयोजक समिति बैठकले आयोजक समिति भङ्ग गरी पूर्ववत् केन्द्रीय कमिटी कायम रहने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले यो निर्णय गरेसँगै एमाले विभाजनको खतरा टरेको छ । केन्द्रीय कमिटी कायम रहँदा यसअघि गरिएको नेताहरुको कारबाही स्वतः फुकुवा हुने भएको छ। एमालेले माओवादी केन्द्रसँगको एकतापुर्वको केन्द्रीय कमिटीको बैठक यही असार १८ गते आव्हान गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका… पुरा पढौ

४.१३ अंकले घट्यो नेप्से, कारोबारमा नेपाल इन्स्योरेन्स अगाडि

काठमाडौं, १६ असार । साताको चौथो दिन बुधबार पनि शेयर बजार सकारात्मक लयमा देखिएन ।बजार बन्द हुँदाको समयसम्म यूटर्न हुने संभावना कायमै रहने भएपनि बजार बन्द हुँदाको समयसम्म ओरालोको यात्रा तय गर्यो । यसले लगानीकर्ताहरुलाई निरुत्साहित बनाएको छ भने कारोबार रकममा पनि कमि आएको छ । केहि समय अघिसम्म बीस अर्ब नजिक पुगेको कारोबार ५ अर्बसम्म झरेको छ । बजारलाई प्रभावित बनाउने कारणहरुमा राजनीतिक अस्थिरता, सरकारमा भईरहने खटपट, कोरोना भाइरसको संक्रमणको कारण जारि निषेधाज्ञा र पछिल्लो पटक नेपाल धितोपत्र बोर्डको… पुरा पढौ

राष्ट्रियसभाको आठौं अधिवेशन बिहीबार शुरु हुँदै

काठमाडौं, १६ असा । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबारदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा असार १७ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गरेकि छन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार कोभिड–१९ को सङ्क्रमणकैबीच आह्वान भएको अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । उनले भने, “स्वास्थ्य मापदण्डअनुसार भौतिक दूरी कायम गरी बस्न सकियोस् भनी सभाहलको मर्मत सुधार… पुरा पढौ

सार्वजनिक यातायातले लिन थाले तोकेभन्दा बढी भाडा

काठमाडौं, १६ असार । कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको दुई महिनापछि खुलेका सार्वजनिक यातायातले तोकेभन्दा बढी भाडा लिन थालेका छन् । यातायात व्यवस्था विभागको वेबसाइटमा पछिल्लो भाडा बढेको मिति २०७५ साल असोज ७ गते उल्लेख छ । तीन वर्षअघि समायोजन गरिएको भाडा सूचीअनुसार चार किलोमिटरसम्मको दर रु १४ उल्लेख छ । त्यसपछि भाडा बढेको छैन । गत वर्ष बन्दाबन्दीपछि कोरोना महामारीबाट बच्न सरकारले सिट क्षमताको आधामात्र यात्रु राखेर ५० प्रतिशत बढी भाडा लिन पाउने निर्णय गरेको थियो ।… पुरा पढौ

राष्ट्रपतिको संवैधानिक निर्णय अदालतले हेर्न मिल्दैनः सहन्यायाधिवक्ता रेग्मी

काठमाडौं, १६ असार । सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले प्रधानमन्त्री नियुक्तिका सम्बन्धमा राष्ट्रपतिले संवैधानिक रूपमा गरेको विवेकपूर्ण निर्णय अदालतले हेर्न नमिल्ने तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आज प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा उनले प्रधानमन्त्री नियुक्तिका विषयमा राष्ट्रपतिको संवैधानिक अधिकार भएको तर्क गरेका हुन । “संविधानको धारा ७६ (५) राष्ट्रपतिको विशेष अधिकार हो, उक्त व्यवस्थाअनुसार राष्ट्रपतिले गरेको विवेकपूर्ण निर्णय अदालतबाट हेर्न मिल्दैन”, सहन्यायाधिवक्ता रेग्मीले भने, “संविधानले नै… पुरा पढौ

शेयर बजार-१३ वटै उपसमूह राताम्मै

काठमाडौं, १६ असार । साताको चौथो दिन बुधबार शेयर बजार सकारात्मक लयमा देखिएको छैन । हुन त बजार बन्द हुँदाको समयसम्म यूटर्न हुने संभावना कायमै हुने भएपनि दिउँसो १ बजेसम्म आउँदा नेप्सेमा दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक ४२.९६ अंकले घटेको छ । यसरी घटेको परिसूचक २७८५.०४ विन्दुमा पुगेको छ । नेप्से १.५२ प्रतिशतले घटेको छ । सेन्सेटिभ इण्डेक्स ८.१३ अंकले घटेर ५१५.५७ विन्दुमा पुगेकाे छ । यो समाचार तयार पार्दासम्म कुल २१० कम्पनीको शेयर कारोबार भएको छ… पुरा पढौ

‘सिद्धार्थ व्यवस्थित लगानी योजना’- २ करोड इकाई बिक्री खुल्ला

काठमाडौं, १६ असार । सिद्धार्थ क्यापिटल लिमिटेडको आजबाट 'सिद्धार्थ व्यवस्थित लगानी योजना' (सिस्टमेटिम इन्भेष्टमेन्ट स्किम)को २ करोड इकाईको सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला भएको छ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सिद्धार्थ क्यापिटलले बिक्रीमा ल्याएको उक्त स्किमको प्रतिइकाई मूल्य १० रुपैयाँको दरले २० करोड रुपैयाँ बराबरको २ करोड इकाई रहेको छ जो खुल्लामुखि योजना हाे । स्किमको ५ प्रतिशत इकाई योजनाको व्यवस्थापक सिद्धार्थ क्यापिटल तथा १० प्रतिशत इकाई कोषको प्रवर्धक रहेको सिद्धार्थ बैंकको बिज पूँजीको लागि लगानी हुनेछ ।… पुरा पढौ

प्रतिनिधिसभा विघटन मुद्दामा आजको सुनुवाइ सुरु

काठमाडौं, १६ असार । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आज बुधबारको सुनुवाइ सुरु भएको छ । सरकारी पक्षबाटै बुधबार सहमहान्यायाधिवक्ता गोपालप्रसाद रिजालले बहस शुरु गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा उहाँले एकपटक विश्वासको मत लिन सक्दिन भनेपछि पुनः प्रधानमन्त्रीका दावी गर्न मिल्ने नमिल्ने र प्रधानमन्त्रीको दुरासय रहे नरहेको विषयमा व्याख्या गर्नेछन् । सहन्यायाधिवक्ताहरू रिजाल, सञ्जिवराज रेग्मी, लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धवप्रसाद पुडासैनी र उपन्यायाधिवक्ता दशरथ… पुरा पढौ

पाकिस्तानद्वारा साढे ४ करोड वित्तीय सहायता रकम हस्तान्तरण

काठमाडौं, १६ असार । पाकिस्तान सरकारले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन ४ करोड ४३ लाख वित्तीय सहयोग गरेको छ । नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा खगराज बराललाई उक्त रकमको चेक हस्तान्तरण गरेकाे जानकारी यहाँस्थित पाकिस्तानी राजदूतावासले दिएकाे छ। “नेपाललाई हस्तान्तरित उक्त रकम पाकिस्तान सरकारले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)कोभिड–१९ आपत्कालीन कोषमार्फत उपलब्ध गराउन गरेको प्रतिबद्धताअन्तर्गतको हो”, दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारमा उदारतापूर्वक… पुरा पढौ