मुख्य समाचार

‘एनआईसी एशिया सेलेक्ट ३०’ मा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १४ असार । एनआईसी एशिया क्यापिटल लिमिटेडले असार १० गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याएको ‘एनआईसी एशिया सेलेक्ट ३०’ इकाईका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निकाष्शन तथा बिक्रीका लागि ल्याएको हो । क्यापिटलका अनुसार यो ७ वर्षे बन्दमुखी योजना हो । फण्डको कुल इकाईमध्ये १ करोड ५० लाख इकाई कोषको प्रवर्धक रहेको एनआईसी एशिया बैंकका लागि छुट्याईएको छ । बाँकी रहेको ८ करोड… पुरा पढौ

राधी विद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडाैं, १४ असार । राधी विद्युत कम्पनीको लाभांश सुरक्षित गर्नका लागि आज अन्तिम मौका रहेकाे छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले मंगलबार बुक क्लोज गर्ने भएकाे छ । नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार गरी कायम भएका शेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् । साथै उनीहरु नै लाभांशका लागि योग्य मानिने छन् । कम्पनीको साधारण सभा असार २९ गते काठमाडौंस्थित कम्पनीकाे केन्द्रीय कार्यालयमा डाकिएको छ । साधारण सभा पूर्वान्ह ११ वजे बोलाईएको छ । कम्पनीका अनुसार साधारण सभा अनलाईमार्फत हुने… पुरा पढौ

कालीगण्डकी डाइभर्सन: साझा धारणा बनाउन गण्डकीमा आज सर्वपक्षीय बैठक

पोखरा, १४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सिंगो प्रदेशको भावनालाई कुल्चेर कालीगण्डकी डाइभर्सन योजना सुरु गर्न लागेको भन्दै यसलाई कुनै हालतमा सफल हुन नदिने बताएका छन् । उनले भने, ‘प्रदेशको भावनाविपरीत जाने प्रयास भएमा हामीहरु सहेर बस्दैनौं यहाँका सम्पूर्ण नागरिकलाई उतारेर भए पनि योजना सफल हुन दिँदैनौं ।’ विश्व हिन्दु महासंघसहित विभिन्न संघसंस्थाका तर्फबाट आइतबार ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले केन्द्र सरकारसँग गरेको आग्रह पालना नभएमा र प्रदेशको आवाजको सुनुवाई नभएमा संघर्षमा उत्रन तयार रहेको उनको भनाइ… पुरा पढौ

देशभर बदली-हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडाैं, १४ असार ।देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। हाल मौसमको अवस्था  हाल देशभर सामान्य देखि पुर्ण बदली रहि गण्डकी प्रदेश तथा प्रदेश नं १ को थोरै स्थानहरुमा वर्षा भईरहेको छ । आगामी तीन दिनको मौसम                         असार १४ गते  दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ  ।… पुरा पढौ

प्रदेश नं २ मा ८४९ सीमास्तम्भ गायब

वीरगञ्ज, १४ असार । प्रदेश नं २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ हराएका छन् । प्रदेश २ को आठ जिल्लाअन्तर्गत भारतीय सीमासँग जोडिएको पूर्वको सप्तरी गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरीसम्म ४६४ किलोमिटर क्षेत्रमा रहेका चार हजार २७ सीमास्तम्भमध्ये ८४९ वटा हराएका हुन् । सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी प्रदेश नं २ बर्दिबासका अनुसार प्रदेश २ को नेपाल–भारतबीच सीमा समस्इा ज्यूँका त्यूँ रहेको छ । बाहिनीका अनुसार प्रदेश २ को आठ जिल्लामा रहेका चार हजार २७ सीमास्तम्भमध्ये… पुरा पढौ

टोखाको न्यायिक समितिमा चार वर्षमा १४० उजुरी

काठमाडौं, १४ असार  । टोखा नगरपालिकाको न्यायिक समितिमा चार वर्षमा १४० उजुरी परेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा अधिकांश उजुरी बाटोको विवाद तथा जग्गाको सिमाना मिचिएकोलगायतका छन् । न्यायिक समितिका संयोजक एवं नगर उपप्रमुख ज्ञानमाया डङ्गोलले जग्गाको सिमाना विवाद, बाटोको विवाद तथा महिला हिंसासम्बन्धी उजुरी न्यायिक समितिमा पर्ने गरेको राससलाई जानकारी दिए । यस्तै सम्बन्ध विच्छेद, करारनामा कार्यान्वयन, भत्किएको घर टहरा हटाई जग्गा खाली गरिपाऊँ भन्नेलगायतका उजूरीसमेत पर्ने गरेका छन् । टोखामा आर्थिक वर्ष २०७४/०७५ मा ३१, आव… पुरा पढौ

विश्व बैंकले १७ अर्ब ७८ करोड बराबरको सहुलियत ऋण नेपाललाई उपलब्ध गराउने

काठमाडौं १३ असार । विश्व बैंकले कोभिड–१९ को महामारीबाट अर्थतन्त्रमा परेको जोखिम न्यूनीकरणका लागि करिब रु भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित द्विपक्षीय सहयोग सम्बन्धी सम्झौतामा नेपाल सरकार र बैंक हस्ताक्षर भएको हो । उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरूको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई बैंकले उक्त सहुलियतपूर्ण ऋण उपलब्ध गराएको हो । सम्झौतामा सरकारका तर्फबाट अर्थसचिव शिशिरकुमार ढुङ्गाना र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरे । अर्थसचिव ढुङ्गानाले… पुरा पढौ

२७.३८ अंकले बढ्यो नेप्से, कारोबारमा नेशनल हाइड्रोपावर अगाडी

काठमाडौं, १३ असार । साताको पहिलो दिन आईतबार शेयर बजारले उकालोको यात्रा तय गरेको छ । डेढ हप्तापछि शेयर कारोबार भएको पहिलो दिनमा शेयर बजारले सकारात्मक लय लिएपछि लगानीकर्ताहरुमा उत्साह थपिएको हाे । विशेष गरेर नेपाल धितोपत्र बोर्डको ५१ कम्पनीमा चलखेलको कारण शेयर मूल्यमा बृद्धि भएको विवरणसहितको बिज्ञप्ति प्रकाशनमा आएपछि शेयर बजारमा निरन्तर गिरावट हुँदै आएको थियो । सूचकांकहरुमा मात्र नभई २० अर्ब नजिक पुगेको कारोबार घटेर ७ अर्बसम्म आईपुगेको थियो । नेप्से परिसू्चक २७.३८ अंकले बढेर २८७०.३८ विन्दुमा पुगेको… पुरा पढौ

गण्डकीमा मनाङ्गे र आचार्य अझै बिनाविभागीय

पोखरा, १३ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार ४ मध्ये २ मन्त्रीलाई मात्र मन्त्रालयको टुंगो लगाउन सकेका छन् । जसपाका संसदीय दलका नेतासमेत रहेका हरिशरण आचार्य र स्वतन्त्र सांसदबाट मन्त्री नियुक्ति राजीव गुरुङ (दीपक मनाङ्गे) बिनाविभागीयमै सीमित छन् । काँग्रेसबाट मन्त्री नियुुक्त कुमार खड्कालाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास परेको छ भने नेकपा माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परेको छ । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले खड्का र अधिकारीलाई मन्त्रालयको… पुरा पढौ

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी

काठमाडौं, १३ असार । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका सम्बन्धमा निर्णय लिन राजधानी काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको बैठक बस्दैछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज साँझ ५ बजेपछि बैठक बस्ने तयारी भएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले १ सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारी भएको बताए । जारी निषेधाज्ञा असार १४ मा सकिँदैछ । सीडीओहरूको बैठकमा उपत्यकामा सार्वजनिक यातायात सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयमा समेत छलफल हुने बताइएको छ । निजी सवारी जस्तै सार्वजनिक… पुरा पढौ