पोखरा, १४ असार । गण्डकी प्रदेश सरकारले कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना पूर्ण रुपमा खारेज गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकले उक्त परियोजना आर्थिक, सामाजिक, साँस्कृतिक, वातावरणीय, जैविक विविधता लगायत गण्डकी प्रदेशका जनताको हित विपरीत रहेको ठहर गर्दै खारेज गर्ने निर्णय गरेको हो । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गत शनिबार कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बुटवलस्थित कार्यालयको उद्घाटन गरेका थिए । त्यसबेला नै गण्डकी सरकारले आफूहरुसँग समन्वय नभएको भन्दै विरोध जनाएको थियो…
पुरा पढौ