मुख्य समाचार

राष्ट्रिय धान दिवस, मानो रोपेर मूरी उब्जाउने दिन

काठमाडौं, १५ असार । आज असार १५ । विसं २०६१ को सरकारी निर्णयअनुसार यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको १८ वर्ष पुगेको छ । आज मुलुकभर नै रोपाइँ उत्सव गरेर दिवस मनाउने गरिन्छ । दही चिउरा खाने, हिलो छ्यापाछ्याप गर्ने, ठाउँअनुसार परम्परागत रूपमा साँस्कृतिक कार्यक्रम गरेर दिवस मनाउने चलन परम्परादेखि नै छ । धान मानिसको जन्म अघिदेखि मृत्यु पर्यन्तसम्म नभइ नहुने बाली हो । जीवन धान्ने आधार पनि धान नै हो । त्यसैले नेपाल मात्रै होइन दक्षिण एसियाली… पुरा पढौ

नेप्से दोहोरो अंकले घट्याे, साढे १ अर्बको कारोबार

काठमाडौं, १५ असार । मंगलबार प्रि ओपसन सेसनमा शेयर बजारले सकारात्मक लय पकडे पनि मध्यान्नमा आउँदा भने दोहोरो अंकले गिरावट आयो । ४.८४ अंकले बृद्धि भएको नेप्से परिसूचक २८८०.३४ विन्दुमा पुग्यो । मध्यान्हमा भने नेप्से परिसूचक १३.३२ अंकले घटेर २८६२.१७ विन्दुमा पुगेको छ । नेप्से ०.४६ अंकले घट्दा सेन्सेटिभ इण्डेक्स ३.६५ अंकले घटेर ५२९.९२ विन्दुमा पुगेको छ । यो समाचार तयार पार्दासम्म २०८ वटा कम्पनीको कारोबार भएको छ । ३१ लाख ३२ हजार ४९५ कित्ता शेयरको कारोबार भएको छ ।… पुरा पढौ

जीवन विकासको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १५ असार । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन तथा बिक्री खुल्ला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो। असार ११ देखि खुला भएकाे लघुवित्तको आइपीओमा सोमबार बेलुकासम्म १५ गुणा बढी आवेदन परेको छ। लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरेको हो। यसमध्ये लघुवित्तले ३० हजार ४२० कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत… पुरा पढौ

प्रतिनिधिसभा विघटन : आज पनि सरकारी पक्षकै बहस, कति समय, कसले, के के विषयमा गर्दैछन् बहस ?

काठमाडौं, १५ असार । प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारकी पक्षको बहस हुँदैछ । सोमबार महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व गर्दै तीन घण्टाभन्दा बढी बहस गरेका थिए । उनले प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको तर्क राखे । महान्यायाधिवक्ता बडालसहित सरकारी पक्षबाट ११ जनाले बहस गर्दैछन् । अब १० जनाले बहस गर्न बाँकी छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आज नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेले दुई घण्टा बहस… पुरा पढौ

गोदावरी र पाँचखालमा ७०० गुर्जो रोपण

काठमाडौं, १५ असार । गोदावरी नगरपालिकाको दशघरलगायत नगर क्षेत्रका विभिन्न स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्ने वनस्पति गुर्जोका ५०० बिरुवा रोपिएको छ । गोदावरी सरोकार समाजको नेतृत्वमा फुलचोकी आमा समूहलगायत संस्थाको सहभागितामा गुर्जो रोपिएको हो । ती स्थानमा तेजपात र कोइरालालगायतका औषधिजन्य वनस्पति पनि रोपिएको छ । देशव्यापीरूपमा गुर्जोका बिरुवा रोप्ने अभियानमा लाग्नुभएका अभियानकर्मी कमलबहादुर राजलवटले बिरुवा उपलब्ध गराएका हुन । उनी स्थलगत रूपमै बिरुवा उपलब्ध गराउँदै रोपणमा पनि सहभागी भएका थिए । कार्यक्रममा गुर्जोबाट बनेको चिया… पुरा पढौ

काठमाडौं उपत्यकामा सार्वजनिक यातायात आजदेखि संचालन

काठमाडौं, १५ असार । दोस्रो भेरियन्टको कोरोना भाइरस महामारीले २ महिनासम्म रोकिएको सार्वजनिक यातायात सेवा आज (मंगलबार) देखि काठमाडौं उपत्यकामा सञ्चालन हुँदैछ ।जोरबिजोर प्रणालीअनुसार बिहान ६ देखि साँझ ७ बजेसम्म सार्वजनिक यातायात सञ्चालन गर्न पाइने छ । कोरोना भाइरस संक्रमण दर न्यून हुँदै गए पनि जोखिम कायमै रहेको भन्दै काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूले स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै सार्वजनिक यातायात सञ्चालन गर्न दिनेबारे सोमबार निर्णय गरेका थिए । काठमाडौं उपत्यकामा थप भएको एक साता निषेधाज्ञामा २५ भन्दा… पुरा पढौ

कर्णालीमा सुन अभाव

कर्णाली, १५ असार । कर्णालीमा सुनको अभाव हुँदै गएको छ । राज्यबाटै हुने सुनको असमान वितरणका कारण कर्णालीमा सुन अभाव हुँदै गएको हो । प्रदेशमा मागअनुसारको सुन आपूर्ति गर्न नसकिएको सुनचाँदी व्यवसायी सङ्घ कर्णाली प्रदेशले बताएको छ। यो बन्दाबन्दीको समयमा यहाँका सुनचाँदी व्यवसायी झनै ठूलो मर्कामा परेको सङ्घका कर्णाली प्रदेश अध्यक्ष जनक सुनारले जानकारी दिए। “दुई महिनाको बन्दले एकातिर व्यवसाय पूर्णरूपमा बन्द छ भने अर्कोतिर नेपाल राष्ट्र बैंकबाट उपलब्ध हुने सुन समानुपातिक ढङ्गले वितरण हुँदैन”, उनले भने, “यसले गर्दा यो… पुरा पढौ

आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौं, १५ असार। मानो रोपेर मूरी फलाउने दिनको रुपमा आज राष्ट्रिय धान दिवस मनाइँदैछ । हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाउने गरिएको छ । आजको दिनलाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् । दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । किसान वर्षभरका लागि… पुरा पढौ

कोभिड प्रभावितलाई ब्याजदरमा ५० प्रतिशत छुट दिनुपर्छ : चेम्बर अध्यक्ष मल्ल

काठमाडौं, १५ असार । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कोभिड प्रभावित उद्योग व्यवसायलाई सहयोग पुग्नेगरी मौद्रिक नीति ल्याउनु पर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले अहिले मौद्रिक् नीतिको तयारी गरिरहेको छ । देश अहिले निकै अप्ठेरो परिस्थितिमा रहेको यसलाई विस्तारै सहजता तर्फ कसरी लैजान सकिन्छ भन्ने विषयमा राष्ट्र बैंकलाई आफूहरुले सुझाव दिने अध्यक्ष मल्लले बताए । अर्थतन्त्र चलायमान बनाउनका लागि खोप जरुरी रहेको भन्दै उनले पहिले खोपको विषयलाई राज्यले प्राथमिकता दिनु पर्ने बताए । खोपलाई बेवास्ता गरेर अन्य… पुरा पढौ

कास्कीमा निषेधाज्ञा पहिलेभन्दा खुकुलो, थपियो आजदेखि असार २५ सम्म १० दिन

पोखरा, १५ असार । कास्कीमा निषेधाज्ञालाई खुकुलो बनाउँदै असार २५ गतेसम्म १० दिन थपिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले अनिवार्य स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण रुपमा पालना गरेर निषेधाज्ञा अनुसारका कामहरु गर्न भनेको छ । आदेशमा नीजि तथा सार्वजनिक यातायातका साधनहरुमा जोर बिजोर प्रणाली लागू गरिएको छ । यो प्रणाली लामो दूरीका सवारी साधनमा लागू नभएको र यातायातका साधन पनि नचलाउन भनिएको छ । दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूलका पसलहरु बिहान ५.०० बजेदेखि साँझ ६.०० बजेसम्म संचालन गर्न पाईने भएको… पुरा पढौ