मुख्य समाचार

चाँगुनारायण तथा ख्वप अस्पताललाई ३०-३० लाख सहयोग

भक्तपुर, ११ जेठ । उपकरण खरिदका लागि चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित अस्पताललाई र भक्तपुर नगरपालिकाद्वारा सञ्चालित अस्पताललाई फरक निकायले ३०-३० लाख रुपैयाँ सहयोग गरेका छन् । जिल्ला समन्वय समिति भक्तपुरले कोभिड सङ्क्रमितको उपचार गर्दै आएको चाँगुनारायण नगर अस्पताललाई डिजिटल एक्सरे मेसिन खरिदका लागि ३० लाख सहयोग गरेको छ । नगरपालिकाको वडा नं ४ हुचिढुङ्गास्थित आफ्नै भवनमा सञ्चालन गरेको कोभिड अस्पतालमा एक्सरे नुहँदा सङ्क्रमितको उपचारमा समस्या आएको जनाएपछि जिससले उक्त रकम उपलब्ध गराएको जिसस प्रमुख नवराज गेलालले जानकारी दिए । केही दिनअघि… पुरा पढौ

प्रभु बैंककाे आजदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला

काठमाडौं, ११ जेठ । प्रभु बैंकले आजदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गरेको छ । बैंकले आजदेखि प्रतिइकाई १ हजार मूल्य अंकित ४० लाख इकाई ऋणपत्र बिक्रीका लागि खुल्ला गरेको हो । बैंककाे ४० लाख इकाई ऋणपत्रमध्ये २५०० इकाई ऋणपत्र म्युचुअल फण्डको लागि बाँडिसकिएको छ । २४ लाख इकाई विभिन्न संघ संस्थाहरुको लागि बिक्री गर्ने भएको छ । १६ लाख ७७ हजार ५०० इकाईको लागि सर्वसाधारणले आवेदन पेश गर्न सक्ने भएका छन् । ऋणपत्रको अवधि १० वर्षको रहेको… पुरा पढौ

पश्चिमाञ्चल अस्पतालमा आजदेखि ओपिडी बन्द

पाेखरा, ११ जेठ । गण्डकी प्रदेशको सबैभन्दा ठूूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ओपिडी (बहिरङ्ग) सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको सो अस्पतालले सूचना जारी गरी सरकारले कोभिड–१९ का बिरामीको उपचार व्यवस्थापन गर्न निर्देशन दिएकाले सोहीबमोजिम आजदेखि लागू हुने गरी अस्पतालका सबै ओपिडी सेवा बन्द गरिएको जनाएको छ। सङ्घीय सरकारमातहत रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन गण्डकी प्रदेश सरकारले पनि केही दिनअघि सिफारिस गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेठ ९ गते अस्पताललाई… पुरा पढौ

बर्नाड आर्नल्ट बने संसारकै सबैभन्दा धनी व्यक्ति

अमेरिका ,११ जेष्ठ। फ्रान्सका बर्नाड आर्नल्ट संसारकै सबैभन्दा धनी व्यक्ति बनेका छन्। फेसन टाइकुन बर्नाड संसारकै धनी व्यक्ति बनेका हुन्। सोमबार मात्र फोर्ब्सले उनलाई सबैभन्दा धनी व्यक्तिको सूचीको पहिलो नम्बरमा राखेको हो। फोर्ब्सका अनुसार जेफ बेजोसलाई पछि पार्दै सोमबार उनको सम्पत्ति बढेर १८६ दशमलव ३ अर्ब अमेरिकी डलर पुगेको हो। बेजोसको सम्पत्ति १८६ अर्ब अमेरिकी डलर रहेको छ। फोर्ब्सका अनुसार आर्नल्टको यो सम्पत्ति बेजोसको भन्दा तीन सय मिलियन डलर बढी हो। आर्नल्टको फ्रेन्च कम्पनी लुइस भ्यूटन मेइट हेनेसी (एलभीएमएच)ले सन्… पुरा पढौ

मुखमा मास्क र गोजीमा स्यानिटाइजरसहित रोपाइँमा व्यस्त किसान

गलेश्वर, ११ जेठ । कोरोना सङ्क्रमणलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको माचो शुरु भएको छ । जिल्लाका बरङ्जा, गौश्वारा, सिमलगायतका सिँचाइको सुविधा भएका र खाली रहेका खेतमा जेठको दोस्रो सातादेखि नै रोपाइँ शुरु भएको हो । म्याग्दीको शहरी क्षेत्रभन्दा बढी ग्रामीण क्षेत्रहरू अहिले कोरोना सङ्क्रमणको चपेटामा परेका भए पनि कामको सिजन शुरु भएकाले स्थानीय कृषक मुखमा मास्क र खल्तीमा स्यानिटाइजरसहित धान रोप्न व्यस्त भएका हुन् । निषेधाज्ञामा शहरबजारसँगै ग्रामीण क्षेत्रसमेत सुनसान भइरहेको बेलामा मङ्गला… पुरा पढौ

कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख अधिकारीमा डा गौतम

काठमाडौं, ११ जेठ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारीमा डा जागेश्वर गौतम नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका प्रवक्ता डा गौतमलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकारीमा तोकेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । यही जेठ ६ गते कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८मार्फत सरकारले वीर अस्पताललाई युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने भनेकाे थियो । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालले संक्रमितको उपचार व्यवस्थापन (अक्सिजन आइसोलेशन, हाई डिपेन्डेसी युनिट (एचडियु), सघन उपचार कक्ष, टेलिमेडिसिन कल सेन्टर,… पुरा पढौ

लायन्स मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालको काउन्सिल चेयरपर्सनमा मन रोका निर्वाचित

काठमाडौं, १० जेठ । लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालको मल्टिपल काउन्सिल चेयरपर्सन पदमा लायन मनबहादुर रोका निर्वाचित भएका छन्। डिस्ट्रिक ३२५ बि १ नेपालका हालका डिस्ट्रिक्ट गभर्नर रहेका रोका लायन वर्ष २०२१-२२ काे काउन्सिल चेयरपर्सनमा साेमबार निर्विरोध निर्वाचित भएका हुन्। त्यस्तै मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालको भाइस काउन्सिल चेयरपर्सनमा डिस्ट्रिक्ट ३२५ ए टु का इलेक्ट डिस्ट्रिक्ट गभर्नर लायन केशव पाण्डे, काउन्सिल सेक्रेटरीमा डिस्ट्रिक्ट ३२५ ए वानका इलेक्ट डिस्ट्रिक्ट गभर्नर लायन रेवत कार्की चयन भएका छन्। मल्टिपल ३२५ नेपालको काउन्सिल ट्रेजररमा… पुरा पढौ

नेपाल र खनाल सहित ११ नेता एमालेको साधारण सदस्यबाटै निष्कासित

काठमाडौं, १० जेठ । नेकपा एमालेकाे साेमबार बसेको स्थायी कमिटीको बैठकले बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललाई नेकपा एमाले पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको प्रबक्ता प्रदीप ज्ञवालीले बताए । शनिवार स्पष्टिकरण मागिएका खनाल, नेपाल र भीम रावलसहित ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरेको बताइएकाे छ। पुरा पढौ

निषेधाज्ञा उल्लंघन गरे १ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना

काठमाडौं, १० जेठ । कोरोना भाइरसको संक्रमण तिब्ररुपमा भईरहेको अवस्थामा सरकारले जारी गरेको निषेधाज्ञालाई पालना नगर्नेमाथि कडाईकासाथ कारबाही गर्ने बताएकाे छ । आज जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै निषेधाज्ञाको परिपालना पूर्णरुपले गर्नुपर्ने जनाएको छ । पालना नगरेको खण्डमा त्यस्ता व्यक्ति तथा संस्थालाई एक वर्षसम्म कैंद तथा पाँच लाखसम्म जरिवाना वा दुबै सजाय हुने उल्लेख छ । निषेधाज्ञाको बेलामा अध्यादेशको पालना नगरेको खण्डमा तत्काल प्रमुख जिल्ला अधिकारीले व्यक्तिलाई १ लाखसम्म तथा संस्थाले उल्लंघन गरेको पाईएमा पाँच लाखसम्म जरिवाना गर्नसक्ने… पुरा पढौ

नेप्से सूचक र शेयर खरिदबिक्री दुबैमा नयाँ कीर्तिमान, १३ अर्ब १७ कराेड बढीकाे कारोबार

काठमाडौं, १० जेठ । राजनीतिक घटनाक्रम र निषेधाज्ञाको कारण शेयर बजारमा नकारात्मक असर पर्छकी भन्ने आँकलन भईरहेको बेलामा केहि दिनदेखि शेयर बजारमा भने नयाँ नयाँ रेकर्ड कायम हुने क्रम राेकिएकाे छैन । मुलुकमा लगानीका अन्य क्षेत्रहरू यतिबेला बन्द भएपनि शेयरबजार लगानीकाे लागि खुल्ला छ । अहिले अनलाइनबाट हुने काराेबारकाे कारण लगानीकर्ताहरू देशभित्र र बिदेशबाट उत्साहित भएकाेले शेयर बजारमा उछाल आइरहेकाे छ । याे समयमा साना तथा ठूला लगानीकर्ताहरूकाे डिजिटल प्लेटफर्ममा भएकाे आगमनकाे कारण काराेबारकाे उचाइ हालकाे भन्दा पनि माथि जानसक्ने… पुरा पढौ