मुख्य समाचार

‘भेन्टिलेटर, एचडियू र आइसियूका श्यया चाहिए बिएण्डसी आउनू’

काठमाडौं, २ जेठ । कोरोनालाई जितेर अस्पतालबाट घर फर्किनेको दर झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उच्च छ । दक्ष स्वास्थ्यकर्मी, आधुनिक भौतिक पूर्वाधार र अत्याधुनिक उपकरणको विशिष्टिकृत सेवा अस्पतालमा रहेकाले जटिल सङ्क्रमितका मृत्युदर अत्यन्त न्यून रहेको दाबि गरिइएको छ । अहिले अस्पतालमा प्रदेश नं १ र २ सहित ‘हवाई बेड लिफ्ट’ गरी काठमाडौं, सोलुखुम्बु, ओखलढुङ्गा, पर्सा, चितवन , कास्की , बाँके, मुगु, डोटी र कैलाली लगायतका जिल्लाका सङ्क्रमित उपचाररत् छन् । महङ्गो ‘हवाई लिफ्ट’ गरी अस्पतालमा २२ जटिल सङ्क्रमितले सेवा लिइराखेका… पुरा पढौ

एनएमबि बैंकको २ अर्ब बराबरको ऋणपत्र आजबाट बिक्री खुला

काठमाडौं, २ जेठ । एनएमबि बैंकले आज देखि १० वर्ष अवधिको लागि २ अर्ब बराबरको ऋणपत्र खुला गरेको छ । बैंकले यसका लागि वार्षिक रुपमा ८.५ प्रतिशत ब्याज गर्नेछ । बैंकले ''एनएमबि ऋणपत्र ८.५-२०८७/८८'' नामक ऋणपत्र बिक्रीमा ल्याएको हो । प्रतिकित्ता १ हजार मूल्य अंकित २० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता व्यक्तिगत किसिमले बिक्री गरिने भएको छ । ८ लाख कित्ता सर्वसाधारणका लागि रहेको छ भने ४० हजार कित्ता सामुहिक लगानी कोषका लागि रहेको छ । बाँकी रहेको ७… पुरा पढौ

अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २ जेठ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद शेयरका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख ६ गतेबाट लगानीकर्ताहरुको लागि बिक्रीमा ल्याएको थियो । यसअघि वैशाखको २६ गतेसम्म आवेदन दिन सकिने भनिए पनि म्याद थप गरेर वैशाख २ गते आजसम्म पुर्याईएको हो । कम्पनीका अनुसार कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्येनजर गर्दै कम्पनीले म्याद थपेको थियाे । कप्पनीका अनुसार प्रतिशेयर १०० अंकित मूल्यमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर निष्काशन गरिएको थियो ।… पुरा पढौ

बनेपामा आजदेखि कोभिड समर्पित अस्पताल सञ्चालन

बनेपा, २ जेठ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १० जनगालमा आजदेखि कोभिड समर्पित अस्पतालका रुपमा सञ्चालन गरिदैंछ । नगरपालिकाले अस्पतालसंँग सम्झौता गरी कोभिड बिरामीको उपचारका लागि व्यवस्था गर्न आवश्यक प्रबन्ध मिलाएको छ । नगरपालिकाबाट १५ शय्याको स्वीकृति लिई सञ्चालन गर्न लागिएको अस्पतालमा पहिलो चरणमा चार शय्याको सघन उपचार कक्ष र ६ शय्याको अक्सिजनसहितको श्यया हुने छ । नगरपालिका र अस्पताल प्रशासनबीच आठबुँदे सम्झौता गरी शुरुमा १५ शय्या र पछि २५ शय्या नै सञ्चालन गर्ने गरी आवश्यक व्यवस्थापन भइरहेको अस्पतालका… पुरा पढौ

बागलुङमा विवाह, भाेज भतेरकाे भीडले फैलियो कोरोना

गलकोट, २ जेठ । बागलुङमा अहिले कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या ७४७ पुगेको छ भने २३ जनाको मृत्यु भएको छ । एक हप्ता अघिसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १०० सेरोफेरो थियो । अहिले सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्नुको कारण सरकारको निर्देशनविपरीत भिडभाड र जमघट भएको स्वास्थ्यकर्मी बताउँछन् । वैशाख महिना लगनको महिना भएकाले अधिकांशले धुमधामसँग विवाह गर्ने, चौरासी पूजा गर्ने तथा अन्य सामाजिक संस्कारजन्य भोजभतेर गर्ने क्रम तीव्र हुँदा सङ्क्रमण दर डरलाग्दो अवस्थामा पुगेको हो । वैशाखको दोस्रो साता बडिगाड गाउँपालिका–४… पुरा पढौ

कोरोना नियन्त्रणका लागि सक्रियताका साथ लागौं : प्रधानमन्त्री

काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जानकारसँगको छलफलमा उनले कोरानाको सामना गर्न सरकार सक्षम रहेको बताए। “हामी कोरोना सामना गर्न सक्षम छौँ, सरकारले थुप्रै विषय कार्यान्वयन गरेको छ, नियन्त्रणका उपाय गर्न तयार र उत्सुक छ, आगामी दिनमा पनि निरन्तर हुन्छ”, उनले भने, “सरकारका प्रयासमा स्वास्थ्य क्षेत्र, निजी व्यावसायिक क्षेत्र, गैरसरकारी संस्था, गैरआवासीय नेपाली सबैका आआफ्ना ठाउँबाट संगठित प्रयासको खाँचो छ ।”… पुरा पढौ

द्रुतमार्गको दुवै प्याकेजका सुरुङ निर्माण सम्झौता

काठमाडाैं, १ जेठ । नेपाली सेनाले काठमाडौं–तराई–मधेश द्रुतमार्गका दुवै प्याकेजका सुरुङ निर्माणका लागि सम्झौता गरेको छ । सुरुङको प्याकेज नं १ चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरीङ कर्पाेरेशन लिमिटेड र प्याकेज नं २ का लागि पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग ठेक्का सम्झौता भएको हो । पहिलो प्याकेज करीब रु २१ अर्ब ६१ करोड र दोस्रो रु २८ अर्ब ५३ करोड बराबरको रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । पहिलो प्याकेजमा एउटा र दोस्रो प्याकेजमा छोटा–छोटा दुई सुरुङ हुने छन् । सम्झौतापत्रमा… पुरा पढौ

कोभिड बिरामीकाे सेवामा व्यवसायी थापाले दिए फोर्स माेटर्सका ३ जिप

पोखरा, १ जेठ । हिमालय अर्गनाइजेसन तथा आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष पाेखराका स्थापित युवा व्यवसायी ध्रुव थापाले फोर्स माेटर्सका ३ वटा जिप काेभिडका बिरामीकाे सेवाका लागि निशुल्क प्रदान गरेका छन्। कोभिड महामारीको दोस्रो लहरसँगै संक्रमित दिनप्रतिदिन बढिरहेकाे अवस्थामा उनले ग्रामिण क्षेत्रका काेभिडका बिरामीले प्रयाेग गर्ने गरी काेभिड अवधिभर ती जिप निशुल्क प्रयाेग गर्न दिने घाेषणा गरेका हुन्। अध्यक्ष ध्रुवबहादुर थापा र प्रबन्ध निर्देशक मिलन थापाले फोर्स माेटर्सका २ वटा जिप शनिबार नेपाली काँग्रेस कास्कीलाई हस्तान्तरण गरे। अर्काे १ थान फोर्स… पुरा पढौ

कोरोना महामारीबीच तानियो मच्छिन्द्रनाथको रथ

काठमाडौं, १ जेठ । वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ सेतो, रातो र पहेँलो पोशाकमा सजिएका मानिसले तानेर ललितपुर महानगरपालिका कार्यालय अगाडि सोह्रखुट्टे पाटी परिसरमा पुर्‍याएका छन् । हरेक वर्ष रथारोहणको चार दिनमा रथ तान्ने चलनानुसार शनिबार अपराह्न ४ बजेर ४५ मिनेटमा सो काम सम्पन्न भएको हो । ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले विश्वभरि फैलिदै गइरहेको नयाँ परिवर्तित रुपको कोरोना भाइरसको महामारीलाई ध्यानमा राखी व्यवस्थित तरिकाले रथ तान्ने योजनानुसार काम गर्न सफल भएकामा खुशी व्यक्त गरे। उनले भने, “पुल्चोकको… पुरा पढौ

तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

काठमाडौ‌, १ जेठ । मुलुकभरका कूल ७५३ स्थानीय तहमध्ये अब तीन मात्रै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेका छन् । सबै स्थानीय तहमा वित्तीय सेवा तथा पहुँच पु¥याउने सरकारको योजना पूरा हुन लागेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अब धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ । केन्द्रीय बैंकले कूल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा (क) वर्गका वाणिज्य बैंकका शाखा विस्तार भएको जनाएको छ । विसं… पुरा पढौ