मुख्य समाचार

शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै

काभ्रेपलाञ्चोक, ३ जेठ । कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने नयाँ प्रविधि ‘रोबो भ्यान’को निर्माण भइरहेको छ । नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नाष्ट)को आर्थिक सहयोगमा धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु) स्कुल अफ इन्जिनीयरिङका विद्यार्थीले उक्त भ्यान निर्माण गर्न लागेका हुन् । गत वर्ष कोरोना सङ्क्रमणबाट मानिसको मृत्युदर उच्च बन्दै गएपछि मानिसले नछोई शव व्यवस्थापन गर्न सकिने रोबो भ्यान निर्माण थालिएको थियो । रिमोटबाट चल्ने सो भ्यानले मृत शरीरलाई अस्पतालको श्ययाबाट शव वाहनसम्म तथा शव वाहनबाट जलाउने स्थानसम्म लैजान सहयोग… पुरा पढौ

एनआईसी एशिया सेलेक्ट-३० इन्डेक्स फण्ड खुला गर्न बोर्डले दियो अनुमति

काठमाडौं, ३ जेठ । नेपाल धितोपत्र बोर्डले एनआईसी एशिया बैंकलाई एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड) निष्काशन गर्नका लागि अनुमति दिएको छ । बैंकको म्युचुअल फण्ड अन्तर्गत संचालन हुने उक्त फण्डलाई अनुमति दिइएको हो । बैंकका अनुसार नयाँ फण्डको अवधि ७ वर्षको रहेको छ भने यो बन्दमुखि योजना हो । फण्डमा प्रति इकाई मूल्य रुपैयाँ १० को दरले १० करोड इकाईमध्ये बीज पूँजी वापत न्यूनतम १ करोड ५० लाख इकाई कोषको प्रवर्धक रहेको एनआईसी एशिया बैंकको लागि छुट्याईएको छ । बाँकी… पुरा पढौ

नेप्से अहिलेसम्मकै उच्च २७५९.२१ विन्दुमा पुग्यो, कतिको भयो कारोबार ?

काठमाडौं, ३ जेठ । कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारि गरेता पनि यहि अवधिमा शेयर बजारमा उछाल आउन लागेकाे छ । आईतबारबाट शेयर बजारमा देखिन थालेको चमक सोमबार पनि कायम रहेको छ । आज नेप्से २०.७१ अंकले बढेर २७५९.२१ विन्दुमा पुग्दा यसअघिका सबै रेकर्ड तोड्दै नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । लगानीकर्ताहरुका अन्य लगानीका क्षेत्रहहरु बन्द भएका भएपनि शेयर बजारमा भने उनीहरुको उत्साहजनक आगमन भएको आँकलन गरिएको छ । दोहोरो अंकको बृद्धि देखिएको छ ।… पुरा पढौ

हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव

सोलुखुम्बु, ३ जेठ । अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभावका कारण सगरमाथासहितको हिमाल आरोहण प्रभावित भएको छ । मौसम अनुकूल नहुँदा बिहीबारदेखि नै सगरमाथा आरोहण प्रभावित भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन । “मौसम प्रतिकुल हुँदा अहिले आरोहण भएको छैन”, आधार शिविरबाट आचार्यले भनिन, “यतिबेला सयौँ आरोही आधार शिविरमा अनुकूल मौसमको पर्खाइमा छन् ।” यस वर्ष वसन्त यामको सगरमाथा आरोहण गत वैशाख २४ गतेदेखि शुरु भएको थियो । उक्त दिन शेर्पा आरोहीको टोलीले बाटो बनाउने क्रममा शिखर… पुरा पढौ

आजदेखि टेलिकमको भिओएलटीई सेवाको परीक्षण शुरू

काठमाडौं, ३ जेठ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर नेपाल टेलिकमले भ्वाइस ओभर (भिओ) एलटिई सेवाको परीक्षण शुरु गरेको छ । टेलिकमका सेवालाई आधुनिकीकरण गर्ने भन्दै आजदेखि वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटिई सेवाको परीक्षण शुरु गरिएको हो । उक्त सेवा प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा भिओ एलटिई सेवाको परीक्षण शुरु गर्न लागिएको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए । उनका अनुसार उक्त सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेशन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज… पुरा पढौ

लगातार सुनचाँदीको मूल्यमा बृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३ जेठ । लगातार दोश्रो दिन पनि सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । साताको दोश्रो दिन साेमबार आज सुनको मूल्यमा रुपैयाँ ३०० ले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । आईतबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको थियो । तेजाबी सुनको मूल्य आज प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।… पुरा पढौ

प्रभु बैंकले ४० लाख इकाई ऋणपत्र बिक्रीका लागि ल्याउँदै

काठमाडौं, ३ जेठ । प्रभु बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीको तयारी गरेको छ । बैंकले जेठको ११ गतेबाट प्रतिइकाई १ हजार मूल्य अंकित ४० लाख इकाई ऋणपत्र बिक्रीका लागि ल्याउन लागेको हो । बैंकले ४० लाख इकाई ऋणपत्रमध्ये २५०० इकाई ऋणपत्र म्युचुअल फण्डको लागि बाँडिसकिएको छ । २४ लाख इकाई विभिन्न संघ संस्थाहरुको लागि बिक्री गर्ने भएको छ । १६ लाख ७७ हजार ५०० इकाईको लागि सर्वसाधारणले आवेदन पेश गर्न सक्ने भएका छन् । ऋणपत्रको अवधि १० वर्षको… पुरा पढौ

सङ्क्रमण दर आधाभन्दा बढीमा

धनगढी, ३ जेठ । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण गराएकामध्ये पछिल्ला दिनमा आधाभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन्। स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कअनुसार अघिल्लो साता प्रदेशमा १० हजार १८० जनाको कोरोना भाइरसको नमूना परीक्षण भएकोमा झण्डै ५१ प्रतिशत अर्थात् पाँच हजार २३५ सङ्क्रमित भएका छन् । त्योभन्दा अघिल्लो साता नमूना परीक्षण गराएका पाँच हजार ३४६ मध्ये झण्डै ४३ प्रतिशत अर्थात् दुई हजार २९० मा सङ्क्रमण पुष्टि भएको थियो। गत एक वर्षको अवधिको सङ्क्रमणसम्बन्धी तथ्याङ्क विश्लेषण गर्ने हो भने अहिलेसम्म पिसिआरबाट… पुरा पढौ

काठमाडौंमा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि

काठमाडौं, ३ जेठ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौं महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । गत शनिबारसम्म स्वाव सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गहेकाले आइतबारदेखि १६ वटा परीक्षण स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ । कामपाको ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४२० जनामा पुष्टि हुने गरेको कामपा जनस्वास्थ्य महाशाखाले जनाएको छ । कामपाका ल्याब टेक्निसियन… पुरा पढौ

मदन-आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनसँग जोडन र जनतालाई समृद्ध जीवनको प्रत्याभूति गर्न सके मात्र लोकतन्त्र सार्थक हुने बताएका छन् । जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८ औँ स्मृति दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’को निरन्तरता रक्षा, कार्यान्वयन र विकास गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रियताको सम्वद्र्धन र राष्ट्रिय हिताको रक्षाका लागि अविचलितरुपमा क्रियाशील हुने प्रण गर्दै पार्टीलाई एकताबद्ध, जनआधारित, गतिशील,… पुरा पढौ