मुख्य समाचार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, ३ जेठ । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्यमा २ रुपैयाँ बृद्धि गरेको छ । आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमका प्रवक्ता इन्जिनियर बिनित मणि उपाध्यायले जानकारी दिएका छन् । नेपाल आयाल निगमका अनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनमा आन्तरिकतर्फको मूल्य प्रतिलिटर २/२ रुपैयाँले बृद्धि गरिएको हो । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको सन्दर्भमा आईतबार ईण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य सूची अनुसार पेट्रोलमा रु १.४२, डिजेलमा रु २.६८, हवाई इन्धनमा आन्तरिक तर्फ… पुरा पढौ

अदानचुलीद्वारा एक साताका लागि सबै सेवा बन्द

सिमकोट, ३ जेठ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि जिल्लाको अदानचुली गाउँपालिकाका सबै सेवा तत्कालका लागि बन्द गर्ने निर्णय गरिएको छ । गाउँपालिकामै परीक्षण गरिएकामध्ये ५० प्रतिशतभन्दा बढीमा सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै काम अनिश्चितकालका लागि बन्द गरिएको गाउँपालिका उपाध्यक्ष सौमती ऐडीले जानकारी दिए । आइतबार गाउँपालिकाले आयोजना गरेको सर्वपक्षीय बैठकको निर्णयानुसार आइतबारदेखि नै लागू हुने गरेर गाउँपालिकाका सबै काम बन्द गर्ने निर्णय गरिएको हो । गाउँपालिकाले एन्टिजेन विधिमार्फत शनिबारदेखि शुरु गरेको परीक्षणमा सात जनामा सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकालाई सिल… पुरा पढौ

कोरोना रोकथाम, उपचार तथा नियन्त्रणका लागि रु चार अर्ब ३२ करोडको सहमति

काठमाडौं, ३ जेठ कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले रु चार अर्ब ३१ करोड ८५ लाख ६० हजार बराबरको सहमति दिएको छ । मन्त्रालयले २६ केन्द्रीय अस्पताल र नौ प्रादेशिक अस्पतालमा भेन्टिलेटर तथा अक्सिजन प्लान्ट र ट्यांकका लागि रु दुई अर्ब ९५ करोड २० लाख बराबरको सहमति दिएको हो । मन्त्रालयले विज्ञप्तिमार्फत केन्द्रीय र प्रादेशिक गरी २५ अस्पताललाई एचडियु स्थापनाका लागि रु एक अर्ब ३६ करोड ६५ लाख ६० हजारको सहमति… पुरा पढौ

स्वास्थ्य सामग्री खरीद गर्न रु १३ करोड ८० लाख बजेट

कर्णाली, ३ जेठ । परिवर्तित रुपसहितको कोरोना भाइरस नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले रु१३ करोड ८० लाख उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशलाई अक्सिजन सिलिण्डर खरीद तथा व्यवस्थापनका लागि रु छ करोड, अक्सिजन कन्सन्ट्रेटरका लागि रु पाँच करोड ४५ लाख, रेम्डिसिभरलगायत औषधि खरीद तथा कोभिड बिरामीको हवाई उद्धारका लागि रु एकएक करोड उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता कुर्मराज शाहीले जानकारी दिएका छन् । बैठकले प्रदेशका लागि आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्नका… पुरा पढौ

सरकारद्वारा १ हजार सिलिण्डर फिर्ता

काठमाडौं, २ जेठ । सरकारले विभिन्न ठाउँमा रहेका एक हजार २९२ अक्सिजन सिलिण्डर फिर्ता गरेको छ । उद्योग तथा अन्य क्षेत्रमा प्रयोगमा रहेका ती सिलिण्डर फिर्ता गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गरी जानकारी दिए । एक सय २६ स्थानका उद्योग र अन्य क्षेत्रमा अनुगमन गरी ती सिलिण्डर फिर्ता गरिएको हो । नेपालमा अहिले एक लाख ११ हजार ३६४ सिलिण्डर ग्यास छन् । उनका अनुसार काठमाडौँ उपत्यकाका १० उद्योग र बाहिरका १९ उद्योगका ठूला ७२ हजार… पुरा पढौ

लायन्सको बाग्मती तथा गुल्मी एरियाका पिभिएसटीकाे स्कुलिङ सम्पन्न

पोखरा, २ जेठ । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ वि १ नेपालको बाग्मती तथा गुल्मी एरियाका पिभिएसटीहरूकाे स्कुलिङ शनिबार सम्पन्न भएको छ । कोभिडका कारण स्कुलिङमा सबैलाई जुम प्रविधिमार्फत सहभागी गराइएको थियाे । कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर इलेक्ट लायन विश्वेश्वर आचार्यले लायन वर्ष २०२१–२२ का लागि डिष्ट्रिक्टले ल्याएका मुख्य कार्यक्रमबारे जानकारी गराएका थिए । सहभागी क्लबका इलेक्ट अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरुले गभर्नरका कार्यक्रम पूर्ण सफल बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । गभर्नर आचार्यका अनुसार आगामी वर्षको मुख्य कार्यक्रम 'लायन्स मोडल… पुरा पढौ

निषेधाज्ञामा इमेलबाटै मुद्धती खाताको नवीकरण गर्न सकिने

काठमाडौं, २ वैशाख । नेपाल बैंकर्स संघले निषेधाज्ञाको अवधिभर घरैबाट बैंकिङ कारोबार गर्न ग्राहकहरुलाई अनुराेध गरेको छ । संघले बैंकिङ कारोबारसंगै मुद्दति खाताको नवीकरण पनि इमेलबाट गर्न सकिने जानकारी दिएको छ । कोभिड १९ को दोश्रो कहर बढेसंगै संक्रमणको जोखिम पनि बढेकोले बैंकिङ कारोबार घरैबाट गर्न संघले बैंकका ग्राहकहरुलाई अनुरोध गरेको हो । मोबाइल तथा इन्टरनेट बैंकिङ मार्फत एउटा खाताबाट अर्को खातामा रकम स्थानान्तरण, खाताकाे व्यालेन्स हेर्ने, बिभिन्न बिल भुक्तानी लगायतका कार्यहरु गर्न सकिने भएकोले यसतर्फ अभ्यस्त हुन अनुरोध गरिएको… पुरा पढौ

शेयर बजार नयाँ उचाईमा, १० अर्ब ४० करोड बढीको कारोबार

काठमाडौं, २ जेठ । गएको एक महिनादेखि घट्दै बढ्दै काराेबार रकममा उल्लेख्य प्रगति हुन नसकेकाे शेयर बजारमा आज भने नाटकिय परिवर्तन देखिएकाे छ । निषेधाज्ञाकाे कारण लगानीकर्ताले अन्यत्र लगानी गर्न पाएका छैनन् । जस्काे फलस्वरुप लगानीकर्ताहरु शेयर बजारमै यूटर्न भएकाे आँकलन गरिएकाे छ । साताको पहिलो दिन आईतबार आज भने नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ । शेयरबजारमा देखिएको लगानीकर्ताकाे उत्साहकाे सहभागितासंगै सम्पूर्ण सूचकहरुमा हरियाली छाएको छ भने कारोबार रकममा पनि उल्लेख्य बृद्धि भएको छ । नेप्से आज ५४.२१ अंकले… पुरा पढौ

कार्यदल गठनका लागि ओली र नेपालबीच भेटवार्ता

काठमाडौं, २ जेठ । दलभित्रको विवादको समाधान आपसी छलफलबाट निकाल्ने क्रममा नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज सिंहदरबारमा भेटवार्ता शुरु भएको छ । नेकपा (माओवादी केन्द्र) सँगको एकता (२०७५ जेठ ३) पूर्वका अवस्थामा दलका सङ्गठन र संरचनालाई सञ्चालन गर्नुपर्ने नेता नेपाल पक्षको अडानलाई कसरी सम्बोधन गर्न भन्ने विषयमा शीर्ष नेता र दोस्रो तहका नेताबीच पछिल्ला दिनमा छलफल हुँदै आएको छ । अध्यक्ष ओली र नेपालले कार्यदल गठन गरी विवाद समाधानको उपाय निकाल्ने… पुरा पढौ

नेपाललाई ५६० अक्सिजन सिलिण्डर हस्तान्तरण

काठमाडौं, २ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले शुरु गरेको नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियानमार्फत नेपाल ल्याइएका ५६० अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । पश्चिम एशियामा रहेका नेपाली एवं ओमानस्थित नेपाली दूतावासको सहयोग तथा सहकार्यमा शनिबार नेपाल ल्याइएका रु ७५ लाखभन्दा बढीको अक्सिजन सिलिण्डर संघका अध्यक्ष कुमार पन्त र संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका एनआरएनए कोभिड उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए। ओमानदेखि काठमाडौँसम्म ल्याइएको अक्सिजन… पुरा पढौ