मुख्य समाचार

नेपाल लाइफकाे खुद बीमाशुल्क ३५.४९ प्रतिशतले बढ्यो

काठमाडौं, ३० वैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यस वर्षको तेश्रो त्रैमाससम्म आउँदा २४ अर्ब ९५ करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको देखिएकाे छ । कम्पनीले गएको वर्षको सोहि अवधिको भन्दा ३५.४९ प्रतिशत बढी खुद बीमाशुल्क आर्जन गरेको हो । गएको वर्ष कम्पनीले १८ अर्ब ४१ करोड ८७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीका अनुसार पुनःबीमा कमिसन २ करोड ८७ लाख, लगानी कर्जा र अन्य आय ५ अर्ब ४८ करोड ८ लाख तथा बीमालेख धितोमा… पुरा पढौ

क्याप्टेन थापाको निवासमा प्रधानमन्त्री ओली र नेपालको भेटवार्ता

काठमाडौं, ३० वैशाख । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेट भएको छ । क्याप्टेन रामेश्वर थापाको चपलीस्थित निवासमा दुई नेताबीच भेटवार्ता भएको स्रोतले बताएको छ । पछिल्लो समय नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी गरेकाे भन्ने समाचार आइरहेकाे अवस्थामा क्याप्टेन रामेश्वर थापाको पहलमा ओली र नेपालबीच भेटवार्ता भएको हो । अध्यक्ष ओलीले नै नेपाललाई फोन गरेर भेटका लागि प्रस्ताव गरेका थिए । बिहीबार नै एमाले स्थायी कमिटी बैठकले नेता माधव नेपाल,… पुरा पढौ

‘भेरोसेल’को दोस्रो मात्रा जेठ २ देखि लगाईने : मन्त्रालय

काठमाडौं, ३० वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आगामी जेठ २ गतेदेखि लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले सूचना प्रकाशन गर्दै पहिलो खोपको मात्रा लगाएका १८ देखि ५९ वर्ष उमेर समूहलाई जेठ ११ गतेसम्म दोस्रो मात्राको खोप लगाइने जनाएको छ । कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बुद्धिबहादुर खड्काले आफूलाई पायकपर्ने खोप केन्द्रमा गई खोप लगाउन सबैमा अनुरोध गर्नुभएको छ । गत चैत २५ देखि २८ गतेसम्म लगाएकाले जेठ २, चैत २९ र ३०… पुरा पढौ

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पदाधिकारी नियुक्त

कर्णाली, ३० वैशाख । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)ले खुला प्रतिष्पर्धाबाट विभिन्न १७ पदाधिकारी नियुक्त गरेको छ । लामो समयदेखि रिक्त रहेका ती पदमा विश्वविद्यालयले पहिलोपटक खुला प्रतिष्पर्धाबाट नियुक्त गरेको हो । विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले खुला प्रतिष्पर्धाबाट ४ डीन तथा निर्देशक र ९ क्याम्पस प्रमुखको नियुक्त गरेको जानकारी दिए । विश्वविद्यालयले पदाधिकारी छनोटका लागि लोकसेवा आयोगका तत्कालीन सदस्य बृन्दा हाडाको संयोजकत्वमा काठमाडौं विश्वविद्यालयका पूर्वडीन प्रा डा विजय केसी र त्रिभुवन विश्वविद्यालयका पूर्वनिर्देशक प्रा डा रामेश्वर अधिकारी सदस्य रहेको तीन… पुरा पढौ

निषेधाज्ञामा पनि नागढुङ्गा सुरुङमार्ग निर्माणकाे निरन्तरता

काठमाडौं,३० वैशाख : निषेधाज्ञाका कारण देश नै प्राय: ठप्प भएकाे अवस्थामा पनि नागढुङ्गा सुरुङमार्गको निर्माण कार्य भने नियमित भइरहेको छ । विश्वव्यापी महामारीको याे समयमा समेत आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर निर्माण अघि बढाइएको आयोजनाले जनाएको छ । आयोजनामा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिएकाले विगतकाे समयमा जस्तै अहिले पनि यहाँ ६५० भन्दा बढी कामदार कार्यरत रहेका छन् । अहिले निर्माणस्थलमा बाहिरबाट कोही पनि नआउने र आउनै पर्ने व्यक्ति पनि स्वास्थ्य जाँच गरेर मात्रै आउन दिइएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए… पुरा पढौ

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३० वैशाख । साताको पाँचौ दिन बिहिबार आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । छापावाला सुनको मूल्यमा आज ४०० रुपैयाँ तथा चाँदीमा १० रुपैयाँले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनमा ४०० रुपैयाँले गिरावट भई प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छ । बुधकार तेजाबी सुन प्रतितोला ९१ हजार… पुरा पढौ

पाँचखालमा वडास्तरमै कोरोना परीक्षण शुरू, कोभिडविरुद्ध स्वयंसेवक दस्ता

काभ्रे, ३० वैशाख । काभ्रेकाे पाँचखाल नगरपालिकाले प्रत्येक वडामा नमूना स्वाब सङ्कलन (कोरोना परीक्षण) शुरु गरेको छ । नगरपालिकाले वडामा घुम्ती स्वाब सङ्कलन केन्द्रमार्फत नमूना स्वाब सङ्कलन गरिरहेकाे जनाएको छ । नगरले आफ्नो नमूना स्वाब सङ्कलन अभियानमा कोरोनासँग लक्षण मिल्नेजस्तै, ज्वरो आउने, खोकी लाग्ने, जिउ दुख्ने भएकालाई घुम्ती स्वाब सङ्कलन केन्द्रमा आउन अपिल गरेको छ । “सबै वडामा नमूना स्वाब सङ्कलन गर्दैछौँ, यसले समुदायस्तरमा कोरोनाको फैलावट तथा कोरोनाका बिरामी पत्ता लगाउन मद्दत पुग्छ”, नगरप्रमुख महेश खरेलले भने । उनका अनुसार… पुरा पढौ

एमाले स्थायी कमिटी बैठक जारी,चार नेतामाथिकाे कारबाही फिर्ता

काठमाडौं, ३० वैशाख । नयाँ सरकार गठन, पार्टीभित्रको विवाद व्यवस्थापनलगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बैठकले चार नेतामाथि गरेको कारबाही फिर्ता लिएको छ । स्थायी कमिटीको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिएकाे जनाएकाे छ । वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा विश्वासको मत नपुगेपछि दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका… पुरा पढौ

गण्डकीमा मुख्यमन्त्री नियुक्ति असंवैधानिक : विपक्षी ४ दल

पाेखरा, ३० वैशाख । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको बताएका छन् । संसदीय दलका तर्फबाट कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल, माओवादीका हरिबहादुर चुमान, जनमोर्चाका पियारी थापा र जनता समाजवादीका धनमाया लामाले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८(२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्थाका विपरीत धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्ति… पुरा पढौ

संक्रमणको त्रास : एउटै बस्तीमा ४० संक्रमित

महोत्तरी, ३० वैशाख । चुरे पहाडी काखमा पर्ने महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–५ को चेरु ग्रामीण बस्तीमा कोभिड–१९ सङ्क्रमण दिनदिनै बढेपछि त्रास बढेको छ । बस्तीमा यही वैशाख १७ गते भएका विवाह समारोहयता सङ्क्रमण हुने क्रम ह्वात्तै बढेको हो । बस्तीमा अहिले ४० भन्दा बढी सङ्क्रमण पुष्टि भइसकेका छन् । विवाह समारोहमा भएको जमघट र बाहिरी पाहुनाको सघन आवतजावतबीच स्वास्थ्य सचेतना नअपनाइँदा सङ्क्रमण बढेको स्वास्थ्यकर्मी बताउँछन् । पूर्वपश्चिम राजमार्गबाट छ/सात किलोमिटर उत्तर चुरे पहाडी शृङ्खलामा पर्ने यो बस्तीमा वैशाख १७ गते… पुरा पढौ