मुख्य समाचार

देशका ७३ जिल्लामा निषेधाज्ञा, काठमाडौंमा आजदेखि थप

काठमाडाै, ३० वैशाख । कोभिड–१९ सङक्रमण रोकथामका लागि उपत्यकामा आज बिहानैदेखि लागू हुने गरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाका तीन जिल्ला (काठमाठौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले उक्त निर्णय गरेको हो । उपत्यकामा वैशाख १६ गतेदेखि निषेधको आदेश जारी भएको थियो । त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गरिएको थियो । यसपालि निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान १० बजेसम्म खुला रहने छ ।… पुरा पढौ

कास्कीमा जेठ ७ गतेसम्म निषेधाज्ञा

पोखरा, २९ वैशाख । कोभिड– १९ को संक्रमण तीव्र रुपमा फैलिएपछि कास्कीमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन फैलिरहेको अवस्थालाई गम्भीरतापूर्वक लिंँदै रोकथाम तथा नियन्त्रणका कार्य प्रभावकारी रुपमा सञ्चालन गर्न थप एक साता निषेधाज्ञा जारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जारी गरेको सूचनामा जनाइएको छ । पुरा पढौ

उपत्यकामा बिहीबारदेखि अत्यावश्यक बाहेक सबै कार्यालय बन्द, जेठ १३ गतेसम्म निषेधाज्ञा थप

काठमाडौं, २९ वैशाख । काठमाडौं उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक सबै कार्यालय बन्द हुने भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड ¬१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने जनाइएको छ । काठमाडौं प्रशासनले आज एक सूचना जारी गरी कोरोनाको महामारी तिब्र रुपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि उक्त निर्णय गरिएको जनाएको छ । “निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालय बाहेक अन्य सबै जिल्लास्थित कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने, गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ”,… पुरा पढौ

गण्डकी प्रदेश मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा नियुक्त

पोखरा, २९ वैशाख । गण्डकी प्रदेश मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधबार साँझ उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रदेश प्रमुख पौडेलले संबिधानकाे धारा १६८ (३) अनुरुप प्रदेश सभाकाे सबैभन्दा ठुलाे दलको हैसियतले नेकपा (एमाले) संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । उनलाई आजै प्रदेश प्रमुख सीताकुमारी पौडेलको उपस्थितिमा शपथ खुवाइएकाे गण्डकी प्रदेश प्रमुख कार्यालयका प्रबक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिएका छन। यसअघि, काँग्रेस सहित ४ दलको गठबन्धनले मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेललाई… पुरा पढौ

मुख्यमन्त्रीमा कृष्णचन्द्रकाे दाबी सहित पत्र बुझाइयो, बहुमत भने पुगेन

पोखरा, २९ वैशाख । गण्डकी प्रदेशको राजनीतिक घटनाक्रम एक्कासी फेरिएको छ । प्रदेशमा मुख्यमन्त्रीको दाबी सहित काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश प्रमेख कार्यालयमा पत्र दर्ता गराएका छन् । बहुमत सदस्य (३१ जना) को हस्ताक्षर पु¥याउन नसकेपछि काँग्रेस लगायत माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) सहित ४ दलले मुख्यमन्त्रीमा कृष्णचन्द्रलाई नियुक्ति गरियोस् भनी समयसीमा बुधबार दिउँसो ४ बजेभित्र पत्र बुझाएका हुन् । दर्ता नम्बर ११८ रहेको छ । नेपालको संविधानको धारा १६८ को उपधारा २… पुरा पढौ

चौलागाईंकाे निधनमा पार्टीको झण्डा आधा झुकाइने

काठमाडौं, २९ वैशाख । नेकपा (एमाले) ले प्रदेशसभा सदस्य पशुपति चौलागाईंकाे निधनमा तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउन मातहत कमिटीलाई निर्देशन दिएको छ । उनको निधनमा केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयमा शोकपुस्तिका पनि राखिने भएकाे छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार पार्टी केन्द्रीय कार्यालयको ढोकामा स्व चौलागाइकाे तस्वीरमा माल्यार्पण गरी नेताहरुले आज अन्तिम श्रद्धाञ्जलि दिए । साथै कार्यालयमा शोकपुस्तिकासमेत राखिएको छ । पार्टी केन्द्रीय सदस्य चौलागाईंको मंगलबार कोरोना संक्रमणका कारण निधन भएको थियो । उनको आजै पशुपति… पुरा पढौ

०.५६ अंकले बढ्यो नेप्से, विकास बैंक, उत्पादन र हाइड्रोपावरमा देखियो चमक

काठमाडौं, २९ वैशाख । साताको चौथो दिन बुधबार आज शेयर बजारमा दोहोरो अंकको बृद्धि देखिएको । आज विकास बैंक, उत्पादन, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा लगायतका उपसमूहमा चमक देखिएको छ । मंगलबार पनि शेयर बजारमा दोहोरो अंककाे बृद्धि भएको थियो । नेप्से २७.४७ अंकले बढेर २६७३.३१ विन्दुमा पुगेको थियो । सेन्सेटिभ इन्डेक्स ३.१२ अंकले बढेर ४७८.२४ विन्दुमा पुगेको थियो । सबै उपसमूहरुमा हरियाली छाएको थियो । तर आज ६ उपसमूहहरुमा हरियाली छाएको छ भने बाँकी ७ उपसमूहरु राताम्मै भएका छन् ।… पुरा पढौ

जनमोर्चाको संसदीय दलको नेताबाट थापालाई हटाइयो

पोखरा, २९ वैशाख । राष्ट्रिय जनमोर्चा नेपालले संसदीय दलको नेताबाट कृष्ण थापालाई हराटएको छ । दलको निर्देशन विपरीत कार्य गरेको भन्दै उनलाई दलको नेताबाट हटाइएको पार्टीका महासचिव मनोज भट्टले बताए । उनलाई सांसद पदबाटै हटाउनेबारे पनि तयारी भइरहेको छ । उनलाई संसदीय दलको नेताबाट हटाइएकोबारेको पत्र सचेतक पियारी थापामार्फत् प्रदेशसभा सचिवालयमा दिउँसो २ बजेर ५ मिनेटमा दर्ता भएको छ । नेता थापाले काँग्रेसको गठबन्धनमा बन्ने सरकारमा आफूले कुनै पनि हालतमा हस्तान्तरण नगर्ने अडान राखेका छन् । उनी हस्ताक्षर नगरी बुधबार… पुरा पढौ

जनमोर्चाले सोध्यो प्रदेशसभा सदस्य थापालाई स्पष्टीकरण

गण्डकी, २९ वैशाख । राष्ट्रिय जनमोर्चाले पार्टीका गण्डकी प्रदेश सदस्य कृष्ण थापालाई स्पष्टीकरण सोधेको छ । पार्टीले प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार गठनका लागि हस्ताक्षर गर्न दिएको पार्टी निर्देशन पालना नगरेको सन्दर्भमा स्पष्टीकरण सोधेको पार्टीका प्रदेश अध्यक्ष शङ्कर बरालले जानकारी दिए । यही वैशाख २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेशप्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गरेको र उक्त समय सीमा आज दिउँसो ४ः०० बजे सकिदैंछ । यसअघि मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका… पुरा पढौ

ग्रान्डी अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना नलिने

काठमाडौं, २९ वैशाख । काठमाडौंको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो । अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अस्पतालमा कोरोना सङ्क्रमित तथा कोरोना नभएका बिरामीको सुरक्षित तवरले उपचार गराइरहँदा हाल आएर अक्सिजनको चरम अभाव भएपछि नयाँ बिरामी भर्ना लिन समस्या परेको जानकारी दिए । “कोभिड–१९ बिरामीको उपचारमा कटिबद्ध भएर लागेको अवस्थामा नेपाल सरकारको… पुरा पढौ