मुख्य समाचार

मुख्यमन्त्री गुरुङद्वारा इद–उल–फित्रको शुभकामना

पाेखरा, ३१ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आएको बताएका छन्। मुस्लिम समुदायको सांस्कृतिक पर्व इद–उल–फित्र–२०७८ को उपलक्ष्यमा विज्ञप्ति जारी गर्दै स्वदेश तथा विदेशमा रहेका मुस्लिम समुदायलगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भातृत्व एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गरेका हुन्। मुख्यमन्त्री गुरुङले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, वहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र… पुरा पढौ

४२ औं प्रधानमन्त्री बने ओली, आज दिउँसो २ बजे सपथ ग्रहण

काठमाडौं, ३१ वैशाख । ''आफ्नो मान्छे आफ्नै हुन्छ'', यो पंक्ति निकै चर्चित, मननयाेग्य, बलियो र निकै भावनात्मक रहेको छ । अन्ततः आइपरेको बेलामा, तमाम् मतभेद, दुःख, कष्ट र अफ्ठेरो परेको बेलामा साथ दिने आफ्नै हुने रहेछन् भन्ने मान्यता प्रधानमन्त्री केपी शर्मा ओलीको जीवनमा लागु भएको छ । ओली आफ्नैको सहयोगको कारण अर्थात वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूहको सहयोगको कारण मुलुकको ४२ औं प्रधानमन्त्री बन्न सफल भएका छन् । प्रधानमन्त्री ओलीले ४२ औं प्रधानमन्त्रीको रुपमा आज शुक्रबार… पुरा पढौ

राष्ट्रियसभा सदस्य उपनिर्वाचन आचारसंहिता

काठमाडौं, ३१ वैशाख । वाग्मती प्रदेशमा आगामी जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा गर्न व्यक्ति, निकाय तथा अधिकारीलाई बुधबारदेखि नै निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचारसंहिता लागू गरिएको छ । सङ्घीय सरकार र मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय र कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय कर्मचारीलाई आचारसंहिता लागू हुने छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका… पुरा पढौ

राष्ट्रपति र प्रधानमन्त्रीबाट इद–उल–फित्रको शुभकामना

काठमाडौं, ३१ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भावको चाडका रूपमा मनाइने इद पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् । इस्लाम धर्मावलम्बीको महान् चाड इद (इद–उल–फित्र) काे अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि आज शुभकामना सन्देश दिँदै उनले विशेषगरी नेपालगञ्ज, भैरहवा, गोरखा, काठमाडौं, सप्तरी, मोरङ, सुनसरीलगायतका जिल्लामा यो चाड मनाइने र यो पर्व सांस्कृतिक एवं सामाजिक विविधताको… पुरा पढौ

प्रधानमन्त्रीमा ओली पुनः नियुक्त, सपथग्रहण भोलि

काठमाडौं, ३० वैशाख । गत बैशाख २७ गते संसदबाट विश्वास गुमाएका केपी शर्मा ओली आज पुनः प्रधानमन्त्रीमा नियुक्त भएका छन्। काँग्रेस, माओवादी, जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउन नसकेपछि ओली नै ठुलो दलको नेताको हैसियतले प्रधानमन्त्री बन्न सफल भएका हुन्। प्रधानमन्त्रीको सपथग्रहण र मन्त्रीमन्डल बिस्तार भोलि शुक्रबार हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकार गठनका लागि बिहिबार राति ९ बजेसम्मको समय दिएकी थिइन् । ३ दिनको अवधिमा शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवले प्रयास गर्दा पनि बहुमत पुर्याउन सकेनन्… पुरा पढौ

अब बैंकबाट निश्चित सेवामात्र प्रवाह हुने, डिजिटल बैंकिङ कारोबार गर्न आग्रह

काठमाडौं, ३० वैशाख । न्यून कर्मचारी राखेर सेवा सञ्चालन गर्दै आएका बैंकहरूले अब निश्चित सेवा मात्र प्रवाह गर्ने भएका छन् । नेपाल बैंकर्स सङ्घको आज बसेको बैठकले निश्चित शाखाबाट सम्पूर्ण सेवा प्रवाह हुँदा जोखिम बढेको भन्दै शुक्रबारदेखि विभिन्न ५ सेवा मात्र प्रवाह गर्ने निर्णय गरेको हो । सङ्घले सबै बैंकलाई खाताबाट नगद झिक्ने, खातामा रु ५० हजारभन्दा बढी रकम जम्मा गर्ने, रकम स्थानान्तरण (चेक, कनेक्ट आईपीएस, आरटी जीएस), विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार गर्न निर्देशन दिएको छ । न्यूनतम ५०… पुरा पढौ

राष्ट्र बैंकले अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्री आयातमा टीटीको सीमा बढायाे

काठमाडौं, ३० वैशाख । नेपाल राष्ट्र बैंकले कोभिड १९ को संक्रमणको जोखिमबाट जोगाउन चाहिने जीवनरक्षक आवश्यक स्वास्थ्य उपकरणका सामग्रीको आयात गर्नका लागि ड्राफ्ट/टीटी को सीमालाई बढाएको छ । आज एक सूचना जारी गरी राष्ट्र बैंकले कोभिड १९ को संक्रमणको उपचारका लागि चाहिने स्वास्थ्य सामग्रीको हकमा ड्राफ्ट/टीटी को सीमा बढाईएको जनाएको हो । राष्ट्र बैंकका अनुसार यसअघिको व्यवस्थामा ड्राफ्ट/टीटी ३५ हजार डलर सम्मको जारी गर्न सकिन्थ्यो । तर अहिले सर्तकताकासाथ १ लाख डलरसम्म जारी गर्न सकिने भएको छ । व्यावसायीक क्षेत्रबाट… पुरा पढौ

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता

काठमाडौं, ३० वैशाख। दुई ठूला बैंकहरु हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आज मर्जर सम्झौता भएको छ । बिहीबार यी दुई बैंकहरुबीच मर्जरको प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मर्जरपछि बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक रहने साथै स्वाप रेसियो १ बराबर एक हुने प्रारम्भिक सहमति जुटेको छ । मर्जर पछि बन्ने बैंकको सीईओमा अशोक समसेर जबरा र डेपुटी सीईओमा ज्योति पाण्डे हुने भएका छन् । पुरा पढौ

शेयर बजारमा दोहोरो अंकको बृद्धि, कारोबार ७ अर्ब माथि

काठमाडौं, ३० वैशाख । साताको पाँचौ दिन बिहिबार आज शेयर बजारमा दोहोरो अंककाे बृद्धि भएको छ । आज ९ वटा उपसमूहहरुमा हरियाली छाएको छ भने अन्य ४ वटामा रातो लागेको छ । केहि दिन देखि ७ अर्ब सम्मको कारोबारलाई छुन नसकेकोमा आज भने कारोबार ७ अर्ब माथि पुग्दा शेयर लगानीकर्ताहरुमा उत्साह जगाईदिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज नेप्से १०.१३ अंकले बढेर २६८४.०१ विन्दुमा पुगेको छ । नेप्से ०.३८ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स भने १.१२ अंकले बृद्धि भएर… पुरा पढौ

युरोपेली संघद्वारा २८ करोडको सहायता परिचालन

काठमाडौं, ३० वैशाख । कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा युरोपेली संघ (इयु)ले रु २८ करोड बराबरको मानवीय सहायता परिचालन गरेको छ । महामारी विरुद्धको नेपालको संघर्षमा ऐक्यबद्धता जनाउँदै इयुले कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद तथा आपूर्ति, आकस्मिक चिकित्सक टोली परिचालन, घरमै एकान्तबासमा रहेका बिरामी ‘टेलिहेल्थ, टेलिमेडिसिन’ बिरामीलाई कुन अस्पतालमा लैजाने भन्नेबारेमा तत्काल सल्लाह दिनेलगायत सेवाका लागि उक्त रकम परिचालन गरिएको ब्रसेल्सस्थित सङ्घको प्रधान कार्यालयले जनाएको छ । सहयोगस्वरुप प्राप्त रकमबाट अक्सिजन सिलिण्डर, अक्सिजन सङ्केन्द्रक, घरेलु उपचार सामग्री, व्यक्तिगत सुरक्षा उपकरण, ‘एन्टिजेन’ परीक्षण… पुरा पढौ