मुख्य समाचार

२७ मेगावाट क्षमताको दोर्दीखोला आयोजनाकाे ९७ प्रतिशत निर्माण सम्पन्न

लमजुङ, २५ वैशाख । दोर्दी खोलामा निर्माणाधीन दोर्दीखोला जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको अब तीन प्रतिशत मात्र काम बाँकी छ । आयोजना निर्माणको अधिकांश काम सम्पन्न गरिसकेको र हालसम्म ९७ प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाका साइट इन्चार्ज दीपक ज्ञवालीका अनुसार इलोट्रो–मेकानिकल, पेनस्टकको काम मात्र बाँकी छ । यस आयोजनाले बिहीबारदेखि बाँधस्थलमा खोला थुनेर इनटेक, फिल्डर पाइपको परीक्षणसमेत शुरु गरिरहेको छ । त्यस्तै… पुरा पढौ

पर्यटन क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गर्न व्यवसायीको माग

पोखरा, २५ वैशाख । कोभिड–१९ को महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको जनाउँदै यस क्षेत्रका व्यवसायीले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्ट क्षेत्र घोषणा गर्न माग गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पर्यटन क्षेत्रमा कोभिड–१९ को असर र आगामी योजनाका बारेमा सुझाव सङ्कलनका लागि आयोजना गरिएको भर्चुअल छलफलमा परिषद् आबद्ध सङ्घसंस्थाका प्रतिनिधिले सो माग गरेका हुन् । पहिलो चरणको कोरोनापश्चात् सुरक्षा सतर्कतासहित आन्तरिक पर्यटकको चलपहलले गति लिँदै गर्दा देखिएको न्यू भेरियन्टको कोरोनाले पर्यटन क्षेत्रलाई नराम्ररी असर गरेको र व्यवसाय धराशायी भएको जनाउँदै… पुरा पढौ

माथिल्लो चमेलिया जलविद्युत् निर्माणको काम धमाधम हुँदै

दार्चुला, २५ वैशाख । मार्मा गाउँपालिका–२ घट्टेगढमा निर्माणाधीन ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ । कोरोना कहरबीच पनि निर्धारित समय सीमाभित्रै काम सक्ने गरी जलविद्युत् निर्माणको काम भइरहेको हो । “विद्युत्को ड्याम, पावर हाउसलगायत क्षेत्रमा काम भइरहेको छ, कोरोनाको बेला पनि काम रोकिने अवस्था छैन”, माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका आयोजना म्यानेजर धर्मराज उपाध्यायले भने, “अहिले मजदूरहरु सबै यहीँ खटिएका छन्, भएकै मजदूरको प्रयोग गरिन्छ, आयोजनाका लागि ठूला उपकरण पनि पु¥याइएको छ, आयोजनालाई समयमै सक्नका लागि सबै… पुरा पढौ

काभ्रेका नगरपालिका र गाउँपालिका आइसोलेसन कक्ष व्यवस्थापनमा सक्रिय

वनेपा, २५ वैशाख । जिल्लाका स्थानीय तहहरु आइसोलेसन कक्ष व्यवस्थापन गर्न सक्रिय भएका छन् । कोरोना भाइरस(कोभिड–१९) को दोस्रो लहर फैलिएपछि काभ्रेपलाञ्चोकका नगरपालिका र गाउँपालिकाहरु आइसोलेसन व्यवस्थापन गर्न सक्रिय भएका हुन् । नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्तरुपमा नमोबुद्धको नौविसेमा जनक बहुमुखी क्याम्पसमा ४० शय्याको आइसोलेसन केन्द्र स्थापना गरेको छ । सीमित जनशक्ति एकीकृत रुपमा परिचालन गरी आइसोलेसनमा बस्ने बिरामीको सेवा प्रभावकारी बनाउन दुई पालिकाबीच सहमती गरिएको नमोबुद्ध नगरपालिकाले जनाएको छ । आइसोलेसनका सबै शय्यामा अक्सिजनसहितको अत्यावश्यक स्वास्थ्य सामग्री र… पुरा पढौ

सगरमाथा आरोहण शुरूः कामीरिताको २५ औं विश्व कीर्तिमान

काठमाडौंं, २५ वैशाख । यसवर्षको वसन्तयाममा सगरमाथा (८,८४८.८६ मिटर) हिमालको आरोहण शुरु भएको छ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले नेतृत्व गरेको १२ जनाको शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा शुक्रबार साँझ सगरमाथाको चुचुरामा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो । डोरी टँगाइ टोली चुचुराेमा पुगेर आरोहणको ढोका खोलेसँगै सर्वाेच्च शिखर सगरमाथाको पहिलो आरोहण शुरु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक मीरा आचार्यले रोप फिक्सिङसँगै सगरमाथा आरोहण शुरु भएको जनाउँदै आरोहणमा… पुरा पढौ

कोभिड व्यवस्थापनका लागि लक्षित कार्ययोजना कार्यान्वयनमा

काठमाडौं, २५ वैशाख । कोभिड–१९ को दोस्रो लहरको संक्रमणदर दिनानुदिन तीव्र गतिमा बढ्दै गइरहेका सन्दर्भमा कोभिड–१९ व्यवस्थापनका लागि लक्षित कार्ययोजना कार्यान्वयनमा आएको छ। कोरोनाको रोकथाम, नियन्त्रण र उपचार पद्धतिलाई थप सुदृढ एवम् प्रभावकारी बनाउन कोभिड–१९ सहजीकरण समितिको बैठकले गरेका सिफारिसका आधारमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले निर्देशन गरेअनुसार र नेपाल सरकारले समयसमयमा गरेका निर्णय र प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २० गते राष्ट्रका नाममा सम्बोधनका क्रममा व्यक्त गरेका प्रतिबद्धताका आधारमा कार्ययोजना तयार गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।… पुरा पढौ

अक्सिजन सिलिण्डर लिन वाइडबडी जहाज आइतबार बेइजिङ उड्दै

काठमाडौं, २५ वैशाख । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजिङ उडान भर्ने तयारी गरेको निगमले जनाएको छ । वाइड बडी जहाजले चीनबाट ४०० थान अक्सिजन सिलिण्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ । उक्त प्रयोजनका निम्ति निगमको वाइड बडी जहाज आइतबार बिहान ११ः३० बजे बेइजिङ… पुरा पढौ

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ग्लोबल आइएमई बैंककाे १ करोड सहयोग

काठमाडौं, २४ वैशाख । ग्लोबल आइएमई बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोड आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत इन्स्टिच्युटको बाल अस्पताल भवन निर्माणका लागि उक्त सहयोग प्रदान गरेको हो । बैंकमा शुक्रबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्राडा भगवान कोइरालाबीच आर्थिक सहयोग प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले स्थापनादेखि नै सामाजिक हितमा विशेष जोड दिएर अगाडि… पुरा पढौ

कोरोनाविरुद्वको खोप छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्रसंघलाई उपप्रधानमन्त्रीको आग्रह

काठमाडौं, २४ बैशाख । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधा अन्तर्गत पाउने कोभिड–१९ विरुद्वको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गरेका छन् । नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग आज भएको टेलिफोन संवादमा उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट पाउने कोभ्याक्स अन्तरगतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गरे ।‘भाइरसको फैलावट रोक्ने एउटै मात्र उपाय भनेको खोप हो, त्यसकारण नेपालले कोभ्याक्स अन्तरगत प्राप्त गर्ने खोपमा संयुक्त राष्ट्रसंघको सहजीकरणको अपेक्षा गरेको छ,’ उपप्रधानमन्त्री… पुरा पढौ

एनएमबि बैंकले २ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्दै

काठमाडौं, २४ वैशाख । एनएमबि बैंकले २ अर्ब बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने बताएको छ । बैंकले ८.५ प्रतिशत ब्याजदरमा ‘एनएमबि ऋणपत्र ८.५%–२०८७, ८८’ नामको १० वर्षे अवधिको लागि २० लाख इकाई ऋणपत्र बिक्री खुल्ला गर्ने भएको हो । जेठको २ गतेबाट १० वर्षे अवधिको लागि बिक्रीमा ल्याउन लागेको ऋणपत्रको प्रतिकित्ता रुपैयाँ १ हजारकाे दरले २० लाख कित्तामा १२ लाख कित्ता व्यक्तिगत रुपले बिक्री गरिने भएको छ । बाँकी रहेको ८ लाख कित्ता सर्वसाधारणका लागि रहेको छ ।… पुरा पढौ