मुख्य समाचार

अन्यत्र भेन्टिलेटर नहुँदा सङ्क्रमितकाे राेजाइ बिएण्डसी अस्पताल

काठमाडौं, २४ वैशाख । झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा शुक्रबार एकैदिन देशका विभिन्न स्थानबाट कोभिड–१९ का दुई जटिल बिरामीलाई थप उपचारार्थ पुर्‍याइएको छ । भेन्टिलेटर सहित आइसियूको चरम अभाव भएपछि दाङ र पर्साका सङ्क्रमितलाई ‘हवाई बेड लिफ्ट’ गरी बिएण्डसी अस्पतालमा लगिएको हो । काठमाडौँको एक नीजि अस्पतालमा उपचाररत सङ्क्रमितलाई पनि बिएण्डसी लैजाने तयारी भइरहेको बताइएको छ । उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष स्वास्थ्यकर्मी तथा अन्तरराष्ट्रिय गुणस्तरको मापदण्ड अनुसारका प्रयोगशाला भएकाले सो अस्पताल अब्बल दाबी गरिएको छ । अस्पतालमा कोरोनाका जटिल बिरामीलाई थप… पुरा पढौ

संविधानको दिगो सम्बर्धनका लागि उम्मेदवारी : गृहमन्त्री थापा

मकवानपुर, २४ वैशाख । नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापाले संविधानको दिगो सम्बर्धन तथा आर्थिक समृद्धिका लागि पार्टीको निर्देशन बमोजिम आफूले राष्ट्रियसभाको रिक्त सदस्य पदमा उम्मेदवारी दर्ता गराएको बताएका छन् । आफ्नो उम्मेदवारी दर्ता गराएर काठमाडौं फर्कने क्रममा आज स्थानीय सञ्चारकर्मीहरुसँगको सङ्क्षिप्त कुराकानीमा उनले नेकपा (एमाले) को सङ्गठनलाई अनुशासित र मर्यादित तुल्याउँदै कार्यकर्ताहरुले नेतामुखी नभई जनतामुखी हुनुपर्ने धारणा व्यक्त गरे । गृहमन्त्री थापाले सङ्घीय सरकारले जनताको शान्तिसुरक्षाका लागि सातै प्रदेशमा उच्च सतर्कताको साथ सुरक्षा निकायलाई परिचालन गरिरहेको… पुरा पढौ

रहे जिउ, खाउँला घिउ !

पोहोर साल यतिखेर युरोपभर कोभिड महामारीको अत्यास थियो। विशेष गरी इटाली, स्पेन र आसपासमा रुवाबासी र त्राहिमाम अवस्था थियो। नेपाल सुरक्षित थियो र विदेशी पर्यटकहरु नेपाल छोडेर आफ्नोे देश फर्कनै चाहँदैनथे। नेपाल त्यति सुरक्षित भएकोमा हामी युरोपमा बस्ने नेपालीलाई युरोपेलीहरू सोध्थे- तिमिहरुको देशमा मानिसहरू के खाएर यस्तो रोग प्रतिरोधी हुन सकेका ? हामी पनि के कम ! अदुवा, बेसार र गुर्जोको फुइँ लाउँथ्यौँ। अझ भएन, हाम्रो 'नमस्कार' बिधिलाई विश्वब्यापी  बनाएका थियौं। एकअर्कालाई अँगालो नमार्ने र माया दर्शाउन हत्तपत्त गाला जोड्ने… पुरा पढौ

गृहमन्त्री थापा र डा देवकोटाद्वारा राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता

मकवानपुर, २४ वैशाख । नेकपा (एमाले)का केन्द्रीय सदस्य रामबहादुर थापाले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडामा आज उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् । उनको उम्मेदवारीकाे प्रस्तावकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत रहेका छन । गृहमन्त्री थापा आज आफ्नो मनोनयनपत्र दर्ता गर्न हेलिकोप्टरबाट हेटौंडा पुगेका हुन । सो पदमा नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र)लगायत दलकाे समर्थनमा डा खिमलाल देवकोटाले पनि उम्मेदवारीको मनोनयनपत्र दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौंडाले… पुरा पढौ

सबैको लघुवित्तको सीईओमा केशव पौडेल पुन: नियुक्त

तनहुँ, २४ वैशाख । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा केशवकुमार पौडेल पुन नियुक्त भएका छन् । शुक्रबार बसेको वित्तीय संस्थाको संचालक समितिको ८६ औ बैठकले २०७८ जेठ १ गतेबाट लागु हुने गरी थप ४ वर्ष (दोश्रो कार्यकाल) का लागि संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा पौडेललाई नियुक्ति गरेकाे हाे। २०४९ सालमा निर्धन लघुवित्त वित्तीय संस्थावाट सेवा प्रवेश गरेका पौडेलसँग विभिन्न लघुवित्त वित्तीय संस्थाहरुमा विभिन्न पद हुँदै प्रमुख कार्यकारी अधिकृत पदमा रहेर कार्य गरेको अनुभव छ ।… पुरा पढौ

कोभिड विरुद्ध लड्न ५० लाखको ‘कोभिड-१९ च्यालेन्ज फन्ड’ खडा गर्ने घोषणा

लन्डन, २३ वैशाख । प्रवासी नेपाली एकता मञ्च युरोपले नेपालमा बढ्दै गएको कोरोना कहरमा नेपाल सरकारलाई सहयोग गर्न बिहीबार बृहत् भेला गरेको छ । सो भेलाले नेपालमा कोभिड महामारीविरुद्ध लड्न रु ५० लाखको ‘कोभिड–१९ च्यालेन्ज फन्ड’ खडा गर्ने घोषणा गरेको छ । कोभिड च्यालेन्ज फन्डबाट नेपालमा अक्सिजन कन्सेन्ट्रटर मेशिन खरीद गर्ने, कोभिड महामारीमा आफ्नो जीवनलाई जोखिममा राखी अनवरत सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीको सम्मानमा फलफूल तथा खाना वितरण गर्ने र कोभिड–१९ सम्बन्धी जनचेतना अभिवृद्धिमा लगानी गर्ने घोषणा गरेको छ । भेलालाई… पुरा पढौ

शुक्रबार ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं, २४ वैशाख । शुक्रबार बजारमा सुनचाँदीको मूल्यमा ह्वात्तै बृद्धि भएको छ । आज सुनमा ११०० रुपैयाँ तथा चाँदीमा ३५ रुपैयाँले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनमा रुपैयाँ ११०० ले बृद्धि भएर ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार छापावाला सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार २०० रुपैयाँ कायम भएको छ । बिहिबार तेजाबी सुनको मूल्य ९० हजार १०० रुपैयाँ कायम… पुरा पढौ

म्याग्दी अक्सिजनमा आत्मनिर्भर

म्याग्दी, २४ वैशाख । महामारीका रूपमा फैलिएको कोरोना भाइरसका साथै श्वासप्रश्वासका बिरामीको उपचारका लागि आवश्यक पर्ने अक्सिजनमा म्याग्दी जिल्ला आत्मनिर्भर बनेको छ । बेनी अस्पतालले अक्सिजन उत्पादन केन्द्र सञ्चालन गरेर जिल्लालाई अक्सिजनमा आत्मनिर्भर बनाएको हो । देशका विभिन्न ठाउँमा अक्सिजन अभावमा कोरोना सङ्क्रमित र श्वासप्रश्वासको समस्या भएका बिरामीको उपचारमा समस्या भएको खबर सार्वजनिक भइरहेका बेला म्याग्दीमा भने अक्सिजनको उत्पादन र आपूर्ति पर्याप्त छ । बेनी अस्पतालका प्रमुख डा जितेन्द्र कँडेलले उपचारका लागि आउने र घरमै अक्सिजन लगाउनुपर्ने बिरामीका लागि पर्याप्त… पुरा पढौ

बागलुङका बैंकमा आजदेखि आलाेपालो सेवा

बागलुङ, २४ वैशाख । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन सदरमुकाममा सञ्चालित बैंक तथा वित्तीय संस्थाले आलापालो गरी सेवा दिने भएका छन् । आजदेखि लागू हुने गरी नेपाल बैंक लिमिटेड हप्ताको तीन दिन र अन्य बैंक तथा बीमा कम्पनी आलापालो गरेर हप्ताको दुई दिन मात्र खुल्ने छन् । नेपाल बैंक लिमिटेडले आइतबार, मङ्गलबार र बिहीबार सेवा दिने जनाइएको छ । सदरमुकाममा २८ वाणिज्य, विकास बैंक र दर्जन बढी बीमा कम्पनी सेवारत छन् । न्यून कर्मचारीको उपस्थितिमा जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरी बिहान… पुरा पढौ

मध्यभोटेकोशीको साधारण शेयर बिक्री स्थगित

काठमाडौं, २४ वैशाख । कोरोना कहरमा स्वास्थ्य मापदण्डसमेत पालना नगरी साधारण शेयर बिक्री गरेको भन्ने गुनासो आएपछि मध्यभोटेकोशी जलविद्युत् कम्पनीले अर्को सूचना नआएसम्मका लागि शेयर बिक्रीको कार्य स्थगित गरेको छ । नेपाल धितोपत्र बोर्डको यही वैशाख ५ गतेको स्वीकृति बमोजिम कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका बासिन्दाका लागि साधारण शेयर बिक्री गरेको थियो । कम्पनीले यही वैशाख २१ गतेदेखि सिन्धुपाल्चोकका लागि कूल ६० लाख कित्ता शेयर बिक्री थालेको थियो । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको आग्रहअनुसार शेयर बिक्री स्थगित गरिएको कम्पनीले जनाएको… पुरा पढौ