मुख्य समाचार

पोखरामा ४ सय बढी सवारीसाधन नियन्त्रण

पोखरा, १५ वैशाख । कोरोना महामारी नियन्त्रणका लागि कास्की प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै पोखरामा ४ सय बढी सवारीसाधन नियन्त्रणमा लिइएको छ । प्रशासनले चैत १५ देखि २१ सम्म कास्की जिल्लाभर विभिन्न सेवामा निषेधाज्ञा आदेश जारी गरेको छ । सोही अनुरुप प्रहरीले बिहान ५ बजेदेखि नै अनुगमन जारी छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुभास हमालले बिहानदेखि हालसम्म ४ सय १४ वटा सवारीसाधन नियन्त्रणमा लिइएको जानकारी दिए । तीमध्ये ८२ वटा चारपाङ्ग्रे छन् । बाँकी दुई पाङ्ग्रे… पुरा पढौ

वीरगञ्जमा थप २ सङ्क्रमितको मृत्यु

वीरगञ्ज, १५ वैशाख । वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइरहेका दुई कोरोना सङ्क्रमितको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । कडा निमोनिया र श्वासप्रश्वासमा समस्या रहेका सर्लाहीको दङ्गाहा–४ निवासी ४३ वर्षीय पुरुष र बाराको शवर्ण नगरपालिका–७ निवासी ३० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । निमोनिया र उच्च ज्वरो रहेका पुरुषको १ः४५ र महिलाको १२ः१५ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिए। उनले वैशाख १४ गते अस्पताल भर्ना भएका पुरुषको सोही दिन पिसिआर… पुरा पढौ

कोरोनाविरुद्धको खोप सबैको पहुँचमा हुनुपर्नेमा नेपालको जोड

काठमाडौं, १५ वैशाख । नेपालले कोरोनाविरुद्धको खोप राष्ट्रवाद र जातीयताको वस्तु नबनाउन तथा त्यसलाई सबैले खरिद गर्न सक्ने सबैको सहज पहुँचको सार्वजनिक सामग्री हुनुपर्नेमा जोड दिइएको छ । ‘सङ्कटको घडीमा क्षेत्रीय सहयोगको माध्यमबाट एशिया–प्रशान्त क्षेत्रमा अझ उन्नत पुनःनिर्माण’ विषयमा थाइल्याण्डको राजधानी बैङ्ककमा जारी एशिया–प्रशान्तका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (युएन इस्क्याप)को ७७औँ बैठकमा अप्रत्यक्षरूपमा भाग लिँदै नेपालले समग्र मानव जाति सङ्कटमा रहेको वर्तमान अवस्थामा विश्वलाई एउटै समाज ठानेर सबै राष्ट्रहरूबीच सहयोग र साझेदारी अपरिहार्य भएकामा जोड दिइएको हो ।… पुरा पढौ

एनआईसी एशिया बैंकले कमायो ३ अर्ब बढी खुद नाफा, अन्य विवरण कस्ता छन् ?

काठमाडौं, १५ वैशाख । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म आउँदा ३ अर्ब ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । चैत मसान्त सम्मको सार्वजनिक भएको त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले उक्त नाफा आर्जन गर्न सफल भएको हो । अघिल्लो वर्षको भन्दा बैंकको खुद नाफामा २०.०७ प्रतिशतले बृद्धि भएको छ । एनआईसी एशिया बैंकको खुद ब्याज आम्दानी १९.२३ प्रतिशत बढेको देखिएको छ भने कमिशन आम्दानी ३०.९४ प्रतिशत घटेको छ । तर बैंकको संचालन मुनाफा २१.९७ प्रतिशत बढेको… पुरा पढौ

एक्सेल बैंकको खुद नाफा करिब १२ करोड

काठमाडौं, १५ वैशाख । एक्सेल डेभलपमेन्ट बैंकले यस वर्षको तेश्रो त्रैमाससम्म ११ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गएको वर्षको सोहि अवधिको भन्दा ३६.७९ प्रतिशत ले बढी हो । गत वर्ष बैंकले ८ करोड ६० लाख रुपैयाँ आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी भने ०.७५ प्रतिशतले कमि भएको छ । गएको वर्ष ३२ करोड ९६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको चैत मसान्तसम्मा बैंकले ३२ करोड ७१… पुरा पढौ

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोग घोषणा

काठमाडौं, १५ वैशाख । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताएका छन् । अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलङ्काका विदेशमन्त्री सम्मिलित अप्रत्यक्ष सम्मेलनलाई सम्बोधन गर्दै उनले कोभिड–१९ ले थलिएको अर्थतन्त्रलाई गति दिन तथा आर्थिक पुनःरुत्थानका निम्ति पनि क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोगको मात्रा वृद्धि आवश्यक भएको बताए । सम्मेलनका क्रममा चीनको राज्यपरिषद् सदस्य तथा विदेशमन्त्री वाङ यीले कोरोनाविरुद्धको नेपालको राष्ट्रिय लडाइँमा चिनियाँ युआन ५० लाख बराबरकाे चिकित्सा उपकरण र सामग्री… पुरा पढौ

जलवायु परिवर्तनको दीर्घकालीन रणनीति तयार गरिँदै

काठमाडौं, १५ वैशाख । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जलवायु परिर्वतन कम गर्नका लागि दीर्घकालीन रणनीति तयार गरिरहेको बताएका छन् । दक्षिण एशियाली मुलुकको मन्त्रीस्तरीय भर्चुअल मिटिङमा मन्त्री आलेले जलवायु परिवर्तनको असर कम गर्न नाइट्रोजनको व्यवस्थापनमा पनि जोड दिए । मन्त्री आलेले भने, “कृषिलगायत विभिन्न क्षेत्रबाट उत्सर्जन हुने नाइट्रोजन फोहोरले वातावरण, जैविक विविधता तथा मानव स्वास्थ्यमा असर पारिरहेको छ, यसको असर कम गर्न एकिकृत नाइट्रोजन व्यवस्थापन रणनीति बनाई प्रभावकारी कार्यान्वयन गर्नुपर्छ ।” नेपाल जलवायु परिर्वतनको दृष्टिकोणले जोखिममा रहेको बताए ।… पुरा पढौ

अर्थतन्त्र पुनःरुत्थान गर्ने प्रयास निरन्तर रहने-गभर्नर अधिकारी

काठमाडौं, १४ वैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण प्रभावित अर्थतन्त्रलाई लयमा राख्न यसअघि घोषणा गरिएको राहत कार्यक्रम निरन्तर रहने बताएका छन् । केन्द्रीय बैंक ६५ वर्ष पूरा गरी ६६ औँ वर्षमा प्रवेश गरेको अवसरमा आज श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उनले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असर न्यूनीकरण गरी अर्थतन्त्र पुनःरुत्थान गर्न आफूहरु प्रयास निरन्तर नै रहने बताए । पछिल्लो एक वर्षमा मूल्य, वित्तीय र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै कोभिड–१९ को नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न, आर्थिक पुनःरुत्थान… पुरा पढौ

दुई अर्ब ७८ करोडकाे चिया निर्यात

काठमाडौ‌, १४ वैशाख  । कोरोना भाइरस सङ्क्रमणको महामारीका बीच पनि चियाको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा रु दुई अर्ब ७८ करोड बराबरको ११ हजार १८५ मेट्रिक टन चिया निर्यात भएकोमा चालू आर्थिक वर्षको नौ महिनाको अवधिमै रु तीन अर्ब छ करोड बराबरको नौ हजार ५७० मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्याङ्ले देखाएको छ । त्यस्तै राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आव २०७५÷०७६ मा २५ हजार २०५ मेट्रिक टन चिया उत्पादन हुँदा… पुरा पढौ

सिंगटी हाइड्रो इनर्जीको शेयर नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?

काठमाडौं, १ं४ वैशाख । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयर नेप्सेमा सूचीकृत भएको छ । आज नेपाल स्टक एक्सचेन्जमा सिंगटीको १ करोड ४५ लाख कित्ता शेयर सूचीकृत भएको नेपाल स्टक एक्सचेन्जको शेयर सूचीकरण शाखाले जनाएको छ । कम्पनीले सर्वसाधारणको लागि २९ लाख कित्ता शेयर जारी गरेको थियो । आयोजनास्थलका प्रभावितहरुको लागि १४ लाख ५० हजार कित्ता तथा कम्पनीका संस्थापकहरुको लगानी रहेको १ लाख ५० हजार कित्तासहित १ करोड ४५ लाख कित्ता नेप्सेको सूचिकरणमा परेको हो । सिंगटी हाइड्रो इनर्जीको शेयर कारोबार… पुरा पढौ