मुख्य समाचार

नेप्से परिसूचक ९२.४६ अंकले बढ्यो, सर्वत्र छायो हरियाली

काठमाडौं, १४ वैशाख । दुई दिन लगातार राताम्मै भएको शेयर बजारमा साताको तेश्रो दिन मंगलबार आज सर्वत्र हरियाली छाएपछि लगानीकर्ताहरुको लागि सन्तोषको श्वास फेर्ने दिन बनेको छ । राजनीतिक घटनाक्रम तथा कोरोनाको दोश्रो चरणको संक्रमणको कारण उत्पन्न भएको बेचैनीको कारण लगानीकर्ताहरुलाई अलमल्याउने अवश्था ल्याएको भएपनि आज भने शेयर बजारमा आएको सकारात्मक सुधारको संकेतले आशा पलाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ९२.४६ अंकले बढेर २५९९.०७ विन्दुमा पुगेको छ । आज नेप्से ३.६९ प्रतिशतले बृद्धि भएको छ भने… पुरा पढौ

कोरोना कहर-पुन: सुनसान बन्यो सौराहाकाे पर्यटन

चितवन, १४ वैशाख । कोभिड–१९को पहिलो लहरले थिलोथिलो बनेको सौराहाको पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्कन नपाउँदै पुनःदोस्रो लहर शुरु भएपछि व्यवसायी निरास छन् । पहिलो लहरको कोरोना घट्दै गएपछि व्यवसाय लयमा फर्किदै थियो । क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार कोरोनाको प्रभावलाई व्यवस्थापन गर्दै पूर्ववत् अवस्थामा आएका होटल एकाएक बन्द हुँदा सबैमा निरासा छाएको छ । होटलले बिदामा राखिएका मजदूर फिर्ता बोलाएको, मर्मतसम्भार गरेर होटललाई थप सुबिधा सम्पन्न बनाइएको भए पनि कोरोनाको दोस्रो लहरसँगै व्यवसाय ठप्प भएका छन् ।… पुरा पढौ

त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक प्रस्थानमा प्रतिबन्ध

काठमाडौं, १४ वैशाख । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई पारवहनका रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाएको छ । नयाँ प्रकारको कोभिड–१९ को बढ्दो जोखिमलाई दृष्टिगत गरी यही वैशाख १५ गते मध्यरातदेखि लागू हुने गरी उक्त विमानस्थलबाट अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाइएको अध्यागमन विभागले जनाएको छ । त्रिभुवन विमानस्थललाई अन्तिम गन्तव्य बनाएर विदेशबाट आउन तथा उक्त विमानस्थलबाट विदेश जान पाउने व्यवस्थामा भने कुनै फेरबदल नगरिएको पनि उक्त विभागले… पुरा पढौ

गण्डकीमा सत्तापक्षकै सांसदले रोके संसद बैठक

पोखरा, १४ वैशाख । गण्डकी प्रदेशसभामा सत्तापक्षकै सांसदको अवरोधका कारण आजका लागि बोलाइएको बैठक रोकिएको छ । नेकपा एमालेका सांसदको अवरोधका कारण २० मिनेटका लागि स्थगित गरिएको संसद अझै संचालन हुन सकेको छैन । सत्ता पक्षका सांसदले कोरोना भाइरस (कोभिड–१९) को जोखिम देखाउँदै सबै सांसदहरुले पिसीआर टेष्टको नतिजा ल्याउनुपर्ने माग गरेका छन् । एमालेका सांसद राजीव पहारीले प्रदेशमा अधिकांश सांसद दीर्घरोगी रहेकोले कोरोना महामारीको भयावह हुँदा सांसदहरुको पिसीआर टेष्ट नभइकन संसद संचालन गर्न नहुने माग गरेका थिए । कास्कीमा बुधबारदेखि… पुरा पढौ

काठमाडौं उपत्यकामा थपियो निषेधाज्ञा

काठमाडौं, १४ वैशाख । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिने भएको छ । उपत्यकामा संक्रमण दर बढेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि १ साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेकोमा मन्त्रिपरिषदको आज बसेको बैठकले पुनः एक साता लम्ब्याउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले एक साताले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने भन्दै १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । क्यारेन्टिन अवधि १४ दिन हुने भएकोले अघिल्लो अभ्यासका आधारमा वैशाख १६ देखि… पुरा पढौ

निषेधाज्ञाकाे निर्णय गरेसँगै नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड

काठमाडौं, १४ वैशाख । काठमाडाैंकाे गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायात सोमबारको उक्त निर्णयसँगै भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन् । काठमाडौका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबार दुई दिन यात्रुलाई घर… पुरा पढौ

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २९ करोड बढी, वित्तीय सूचकहरूमा सुधार

काठमाडौं, १४ वैशख । माछापुच्छ्रे बैंकको वित्तीय विवरणहरुले बैंकको वित्तीय सूचकहरुमा सुधार भएको देखिएकाे छ । चालु वर्षको तेश्रो त्रैमाससम्म आउँदा सार्वजनिक भएको अपरिपक्व वित्तीय विवरणहरुमा वित्तीय सूचकहरुमा सुधार देखिएको हो । यस आर्थिक वर्षको चैत मसान्तसम्म बैंकको १ अर्ब २९ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाई भएको देखिएको छ । जो अघिल्लाे वर्षको सोहि अवधिको भन्दा १०.६१ प्रतिशतले बढी हो । बैंकको खुद आम्दानी ४.०९ प्रतिशतले बढ्दा संचालन नाफा ९.२५ प्रतिशतले बृद्धि भएको छ । यस वर्षको चैत… पुरा पढौ

हिमालयन बैंकको नाफा घट्यो, कस्ता छन् अन्य सूचकहरु ?

काठमाडौं, १४ वैशाख । बैंक तथा वित्तीय संस्थाहरुको यतिबेला तेश्रो त्रैमासकाे वित्तीय विवरण सार्वजनिक भईरहेको छ । अपरिपक्व वित्तीय विवरणमा कतिको मुनाफा भएको, वित्तीय सूचकहरुमा सुधार आएको देखिएको छ भने कतिको सूचक सन्तोष नभएको पनि पाईएको छ । यसै क्रममा चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा हिमालयन बैंकको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको वित्तीय विवरणमा बैंकको अधिकांश सूचकले गिरावट भएकाे देखाएका छन् । चालु वर्षको चैत मसान्तसम्म बैंकको १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ खुद नाफा भएको… पुरा पढौ

चैत्र शुक्ल पूर्णिमा : हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौं, १४ वैशाख । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा पूजा आराधना गरिन्छ । हनुमानढोका दरबारको नासलचोक नजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजा आराधना गर्ने चलन… पुरा पढौ

पुनर्निर्माणमा खटिएका प्राविधिकको बीमा भुक्तानीका समस्या समाधान हुने

काठमाडौ, १४ वैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनःनिर्माणमा खटिएका सबै प्राविधिकको बीमाका लागि प्रिमियम बुझाइसकेको छ भने बीमा भुक्तानीमा भएका समस्या समाधानका लागि सम्बन्धित बीमा कम्पनीसँग आग्रह गर्ने भएको छ । प्राधिकरणका उच्च अधिकारी र विभिन्न माग अघि सार्दै आएका प्राविधिकका प्रतिनिधिबीच छलफलपछि उक्त समझदारी भएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उत्साहका साथ पुनःनिर्माणमा क्रियाशील हुने समझदारी बनेको बताए। छलफलका क्रममा घाइते प्राविधिकहरुले पाउने भनी निश्चित भएको बीमा सुविधा हालसम्म प्राप्त नभएको प्राविधिकहरुबाट जानकारी गराइएको थियो ।… पुरा पढौ