मुख्य समाचार

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौ बुँदे ध्यानाकर्षण

काठमाडौं, १३ काठमाडौं । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौ बुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दलको प्राप्त अभिलेख विवरणअनुसार कानूनको परिपालनामा सन्तोष हुने अवस्था नदेखिएपछि आयोगले नौ बुँदे ध्यानाकर्षण गराएको हो । सो विषयलाई महसुस गरी निर्वाचन आयोगले यसअघि पनि राजनीतिक दलहरूको ध्यानाकर्षण गराउन स्मरणपत्र पठाएको थियो । संविधान, राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीका सर्त तथा कानूनी प्रावधानको पालना गरी आफ्नो काम कारबाहीको विवरण कानूनबमोजिम आयोगमा पेश गर्नुपर्ने राजनीतिक… पुरा पढौ

पोखराबाट उदाएको नेपालकै अग्रणी ‘पोखरा फाइनान्स’

पोखरा, १२ वैशाख । वि.सं २०५२-२०५३ सालतिर पोखरामा खासै बैंक तथा वित्तीय संस्था थिएनन् । केही बाणिज्य बैकका शाखा भर्खर खुल्दै थिए । सहकारी पनि कमैमात्र खुलेका थिए । पोखरेली सर्वसाधारणलाई वित्तीय सेवा सुविधाको पहुँच पुर्याउने उद्देश्यले १० जनाकाे पाेखरेली समूहले एउटा फाइनान्स कम्पनी खाेल्ने याेजना बनाए । साेहीअनुरूप २०५३ साल चैत ३ गते पोखरा फाइनान्स लिमिटेड औपचारिक रूपमा सञ्चालनमा आउन सफल भएकाे थियाे । पोखरेलीलाई वित्तीय सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आजभन्दा २४ वर्षअघि स्थापित याे फाइनान्स आज नेपालकै… पुरा पढौ

नेप्सेमा गयो पहिरो-७५.७९ अंकको गिरावट, १३ वटै उपसमूह राताम्मै

काठमाडौं, १२ वैशाख । नयाँ वर्षको अघिल्लो दिन र त्यसपछिका केहि दिनहरुमा शेयर बजार सकारात्मक लयमा देखिए पनि आशा गरे अनुसार शेयर बजारमा उत्साहको पुनरागमन स्थिर हुन सकेको छैन । आज साताको पहिलो दिन आईतबार शेयर बजारमा यस्तै भयो कि शेयर बजारमा पहिरो जाँदा लगानीकर्ताहरुको उत्साह र मनोवल गिराएको छ लगातार शेयर बजारमा नयाँ नयाँ रेकर्ड कायम हुँदै आए पनि फेरी बजारमा करेक्सन हुन थालेको छ । आज नेप्से परिसूचक ७५.७९ अंकले घटेको छ । यसरी घटेको नेप्से २५७२.२२ विन्दुमा… पुरा पढौ

प्रधानमन्त्रीद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

काठमाडौं, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । प्रधानमन्त्रीले आज ट्वीट गर्दै नेपाल, मलेसिया र नेदरल्याण्डसबीच सम्पन्न त्रिदेशीय अन्तरराष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएकाेमा बधाई दिएका हुन । शनिबार सम्पन्न नेपाल र नेदरल्याण्डसबीच भएको फाइनल प्रतियोगितामा नेपाल विजयी भएको थियो । “नेपालले नेदरल्याण्डसलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार विजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टीमलाई हार्दिक बधाई”, ट्वीटमा लेखिएकाे छ । पुरा पढौ

आईतबार सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १२ वैशाख । साताको पहिलो दिन बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज छापावाला सुनमा ४०० र चाँदीमा १० रुपैयाँले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन रुपैयाँ ४०० ले घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ७०० रुपैयामा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार २०० रुपैयाँमा… पुरा पढौ

कुमारी बैंकको खुद नाफा २ अर्ब नजिक, वितरणयाेग्य कति ?

काठमाडौं, १२ वैशाख । कुमारी बैंकको खुद नाफा झन्डै २ अर्ब भएको छ । बैंकको सार्वजनिक भएको वित्तीय विवरणका अनुसार चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको वित्तीय विवरणमा बैंकको खुद नाफा करिब २ अर्ब रहेको छ भने वितरणयोग्य मुनाफा झन्डै १ अर्ब रहेको छ । यो वर्ष तेश्रो त्रैमाससम्म आउँदा बैंकले १ अर्ब ८० करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो नाफा बैंकको अघिल्लो वर्षको सोहि अवधिको भन्दा ७८.५८ प्रतिशतले बढी हो । चैत महिनाको मसान्तसम्म बैंकको… पुरा पढौ

हुम्ला भित्रिने मुख्य नाकामा कडाइ, सर्वसाधारण चिन्तित

सिमकोट, १२ वैशाख । जिल्ला प्रवेश गर्ने मुख्य नाका सिमकोट विमानस्थल र तीनवटा अन्य पैदलमार्गका नाकामा कडाइका साथ निगरानी बढाइने भएको छ । हुम्ला प्रवेश गर्ने मुख्य स्थान नेपालगञ्ज र सुर्खेतमा कोरोना भाइरसको प्रकोप बढेपछि जिल्लामा सावधानी अपनाउने निर्णय गरिएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसबाट बच्नका लागि कडाइसाथ सावधानी अपनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । यसका लागि सिमकोट विमानस्थलमा एक चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मी सम्मिलित टोलीले कडा निगरानीका साथ जाँच गर्ने गर्ने… पुरा पढौ

गोरखा भूकम्पको छैटौं स्मृति दिवस मनाइँदै

काठमाडौं, १२ वैशाख । छ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको छैटौँ स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यशाला गोष्ठीको आयोजना गरेको छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिने र त्यसमाथि विज्ञले टिप्पणी गर्नुहुने कार्यक्रम रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए । विसं २०७२ वैशाख १२ गते शनिबार मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.६ रेक्टर स्केलको भूकम्प… पुरा पढौ

बजेटमा उद्यमीमा जायज माग सम्बोधन गरिन्छ : अर्थमन्त्री

काठमाडौं, १२ वैशाख । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले युवा व्यवसायीको जायज माग र सुझावलाई आगामी आर्थिक वर्षको बजेटमा समेट्न प्रयास गर्ने बताएका छन्। आर्थिक वर्ष २०७८, ७८ को बजेटबारे युवा उद्यमीसँग सुझाव लिन आयोजित छलफलमा उनले युवा उद्यमीका सम्भव र जायज मागलाई सम्बोधन गर्न आफूले प्रयास गर्ने बताए । उनले बजेट निर्माणमा भएकाले कुन सम्भव र कुन जायज हुन् भन्नेबारे आफूले सार्वजनिक गर्न नमिल्ने भन्दै युवा उद्यमीको पक्षमा सरकार रहेको स्पष्ट पारे । अर्थमन्त्रीले औसतरूपमा अगाडि बढेर मात्रै नहुनेमा आफू स्पष्ट… पुरा पढौ

धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो – प्रधानमन्त्री

काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुशी अनुभव भएको बताएका छन्। ६ वर्षअघिको भूकम्पले भत्किएको धरहरा नजिकै बाहिरी आवरण उस्तै देखिने धरहरा निर्माणपछि आज आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले इतिहाससँग जोडिएको ऐतिहासिकस्थल पुनःनिर्माण हुनु देशकै लागि गौरवको विषय भएको बताए । “इतिहास झल्कने, आधुनिकता टल्कने गरी धरहरा पुनःनिर्माण भएको छ, सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो, आइफल टावरमा जस्तै हावा… पुरा पढौ