मुख्य समाचार

अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ आउने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

काठमाडौं, १२ फागुन। अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले २।४ मेगावाट जलविद्युत् आयोजनाको शेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको नियुक्त गरेको हो । अप्पर स्याङ्गे हाइड्रोपावरको परियोजना लमजुङ्ग जिल्लाको मस्र्याङदी गाउँपालिकामा अवस्थित छ । अप्पर स्याङ्गेका अध्यक्ष वीरबहादुर घलेले यो परियोजना कोविड १९को प्रभावका कारण केहि डिला भएपनि यथाशिघ्र निर्माण सम्पन्न हुने जानकारी दिए । यस परियोजनामा कृति भेन्चर फ्mण्ड, भेष्ना भेन्चर… पुरा पढौ

एनआईसीले लिलामी बिक्रीमा ल्याएको शेयरमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं, १२ फागुन । एनआईसी एशिया बैंकले लिलामी बिक्रीमा ल्याएको ३ वटा कम्पनीको संस्थापक समूहहरुको शेयरमा आवेदन दिनका लागि आज अन्तिम माैका रहेको छ । आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ४ लाख ३६ हजार ३६१ कित्ता, महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको ६१ हजार २०० कित्ता तथा मेरो माइक्रोफानान्स लघुवित्त वित्तीय संस्थाको ५ लाख ९८ हजार ५९८ कित्ता शेयर लिलाम बढाबडबाट बिक्रीका लागि जारि गरिएको थियो । लगानीकर्ताले घटीमा १०० कित्ता र बढीमा १० ले भाग गर्न सकिने सबै कित्ताहरुकाे लागि आजसम्म… पुरा पढौ

उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म आँकलनमा छौंः नेपाली सेना

काठमाडाैं, १२ फागुन । नेपाली सेनाले सर्वाेच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र आँकलन गरिरहेको जनाएको छ । आफ्नो संवैधानिक दायित्व र भूमिकाबारे पूर्णरुपमा जानकार रहेको जनाउँदै सेनाले प्राप्त जिम्मेवारी र भूमिका निर्वाह गर्न सङ्गठन प्रतिबद्ध रहेको स्पष्ट गरेको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने, ‘‘सेनाले कुनै पनि देशमा विकसित परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा परिस्थिति र अवस्थाबारे सूक्ष्म आँकलन गर्ने नियमित प्रक्रियाभित्रै पर्छ, त्यो भइरहेको छ ।’’ विकसित… पुरा पढौ

प्रतिनिधिसभा विघटन पाँच कारणले असंवैधानिक ठहर(फैसला)

काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना गर्ने फैसला गर्नुपर्ने पाँच कारण दिएको छ । करीब एक महिनाको सुनुवाइपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापना गर्ने भनी मंगलबार साँझ फैसला सुनाएको हो । प्रधानन्यायाधीश राणा आफैँले फैसला पढेर नेपालको संविधानले निर्दिष्ट गरेका निश्चित पूर्वावस्थाको अभाव गरिएको विघटन संविधानको आधारभूत मर्म, मूल्य र मान्यता… पुरा पढौ

खुसीयालीमा दाहाल–नेपालले खुवाए लड्डू

चितवन, ११ फागुन: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल–प्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापना गराउने सर्वाेच्च अदालतको फैसला ऐतिहासिक भएको बताएका छन् । फैसलापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनीहरूले फैसला सकारात्मक आएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए । अध्यक्ष दाहालले सर्वोच्चले जनताको पक्षमा फैसला गरेको भन्दै यो जनताको जित भएको बताए । उनले अब हुने विरोध जुलुसलाई विजय जुलुसमा परिवर्तन गरेर मनाउन सबै नेता, कार्यकर्ता आग्रहसमेत गरे । अध्यक्ष नेपालले अदालतले प्रतिनिधिसभाको पुनःस्थापना… पुरा पढौ

‘संविधान मर्मविपरीत भएको हुँदा प्रतिनिधिसभा पुनःस्थापना’

काठमाडौं, ११ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम संविधानको आधारभूत मर्म, मूल्य र मान्यता प्रतिकूल रहेको ठहर्‍याएको छ । विघटनको निर्णय गर्दा नेपालको संविधानले निर्दिष्ट गरेका निश्चित पूर्वावस्थाको अभाव देखिएको तथा संविधानको आधारभूत मर्म, मूल्य र मान्यता प्रतिकूल भएको हुँदा प्रतिनिधिसभा पुनःस्थापना गर्नुपरेको फैसलामा उल्लेख छ । फैसलामा भनिएको छ, “राष्ट्रपतिसमक्ष गत पुस ५ गतेको सिफारिस तथा सोबमोजिम राष्ट्रपतिबाट सोही मितिमा भएको प्रतिनिधिसभा विघटनको निर्णय, विज्ञप्तिसमेतका तत्सम्बन्धी सम्पूर्ण कामकारवाहीहरू असंवैधानिक भएकाले प्रारम्भदेखि नै कानूनी प्रभाव शून्य रहने… पुरा पढौ

सर्वोच्चको ऐतिहासिक फैसला, विघटित संसद पुनःस्थापना

काठमाडौं, ११ फागुन । सर्वोच्च अदालतले संसद पुनस्र्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरी सकेकी थिइन् ।सोको विरुद्ध… पुरा पढौ

नेप्से परिसूचक २१ अंकले घट्यो, व्यापार बाहेकका सबै समूह राताम्मे

काठमाडौं, ११ फागुन । मंगलबार नेप्से परिसूचक २१.१६ अंकले घटेर बन्द छ । कारोबार बन्द हुँदा नेप्से परिसूचक २ हजार ५ सय ८६ दशमलव ५१ अंकमा आइपुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.४१ अंकले घटेको छ । कारोबार रकम साढे ८ अर्ब रुपैयाँ नाघेको छ । दिनभर भएका ८३ हजार ३५७ कारोबारबाट १ करोड ७७ लाख १४ हजार ९ सय १२ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ८ अर्ब ५६ करोड… पुरा पढौ

निर्वाचन आयोग : सामाजिक सञ्जाल उपयोगसम्बन्धी नीति, २०७७ कार्यान्वयन

काठमाडाैं, ११ फागुुन । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति, २०७७ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । निर्वाचनका सबै प्रक्रिया र चरणमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी एकीकृत एवम् उपयुक्त नीतिगत व्यवस्था कायम गर्ने उद्देश्यले आयोगले नयाँ नीति कार्यान्वयनमा ल्याएको हो । निर्वाचन व्यवस्थापनमा सूचना प्रवाहको विधि र प्रक्रियालाई सामाजिक सञ्जालको विशेषताअनुरूप हुने गरी रूपान्तरण गर्ने, सूचना प्रविधिको उपयोगमा सामाजिक सञ्जालले सिर्जना गरेका अवसर र सम्भावनाको उपयोग गर्दै निर्वाचनमा आउन सक्ने चुनौतीको व्यवस्थापन गर्न योगदान पुग्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी… पुरा पढौ

प्राइम कमर्सियल बैंकले फागुन १९ देखि ३५ लाख इकाई ऋणपत्र बिक्री गर्ने

काठमाडौं, ११ फागुन । प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र बिक्री गर्ने बताएको छ । बैंकले फागुन १९ गतेबाट उक्त रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको हो । सर्वसाधारणले १४ लाख इकाईका लागि आवेदन दिन सक्ने भएका छन् । बाँकी रहेको २१ लाख इकाई विभिन्न संघ संस्थालाई बिक्री गरिने भएको छ । वार्षिक ८.७५ प्रतिशत ब्याजदरले बैंकले ८ वर्षको अवधिको लागि ऋणपत्र गर्न लागेको जनाएको छ । आवेदकले घटीमा २५ देखि बढीमा ५… पुरा पढौ