मुख्य समाचार

एनआईसी एशियाको स्वामित्वमा रहेका ३ लघुवित्तको सेयर लिलामीमा

काठमाडौं, १० फागुन । एनआईशी एशिया बैंकको स्वामित्वमा रहेको ३ लघुवित्त वित्तीय संस्थाहरुको सेयर लिलामीबाट बिक्री हुँदैछ । बैंकले आफ्नो स्वामित्वमा रहेको महुली लघुवित्त वित्तीय संस्था, आरएमडीसी लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्सको संस्थापक समूह तर्फको सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो । मेरो माइक्रोफाइनान्सको ५ लाख ९८ हजार ५ सय ९८ कित्ता, महुलीको ६१ हजार २ सय कित्ता र आरएमडीसीको ४ लाख ३६ हजार ३३१ कित्ता सेयर लिलामीबाट बिक्री गर्न लागेको हो । तीन वटै संस्थाहरुको बिक्री प्रवन्धकमा एनआईसी… पुरा पढौ

ज्योति लाइफले पायाे ६६ लाख कित्ता साधारण शेयर बिक्रीको स्वीकृति

काठमाडौं, १० फागुन । एकपछि अर्को गर्दै साधारण शेयर बिक्री गर्ने क्रम बढ्दै गएको छ । ग्रिन लाइफ हाइड्रो पावरको शुक्रबार मात्रै साधारण शेयरको बााँडफाँट भयाे । महिला लघुवित्त वित्तीय संस्थाको पनि साधारण शेयर बाँडफाँटका क्रममा रहेको बेला अर्को एक कम्पनीले साधारण शेयर (आइपिओ) बिक्रीको स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले ज्योति लाइफ इन्सुरेन्स कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको छ । कम्पनीले कूल रु ६६ करोड बराबरको ६६ लाख कित्ता साधारण शेयर बिक्रीको अनुमति पाएको हो । कम्पनीले… पुरा पढौ

बैंकिङ कसुर मुद्दामा जेल चलान

काठमाडौं, १० फागुन । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्ति जेल चलान भएका छन् । उच्च अदालत पाटनको पुस २९ को फैसलाले सात दिन कैद र २१ लाख ५० हजार जरिवानाको फैसला सुनाइएका काठमाडौं महानगरपालिका–३ महाराजगञ्ज बस्ने ४९ वर्षीय सुधीर श्रेष्ठलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) बाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित प्रहरी टोलीले उनलाई काठमाडौँको ठमेलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक गङ्गा पन्तले… पुरा पढौ

आजदेखि औपचारिक रूपमा मेलम्ची खानेपानीको सुरुङ परीक्षण हुँदै

सिन्धुपाल्चोक, १० फागुन । बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिन लागिएको हो । आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिने छ । खानेपानी मन्त्री मणि थापाको उपस्थितिमा सुरूङमा पानी हालेर परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । गत असारमै सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो तर… पुरा पढौ

अर्थमन्त्री पौडेलद्वारा सिद्धार्थ केवलकारको शिलान्यास

बुटवल, ९ फागुन । ऐतिहासिक, पुरातात्विक र पर्यटकीय बुटवल नगरीबाट पाल्पाको नुवाकोटगढीसम्म सञ्चालनमा आउने सिद्धार्थ केवलकारको आज शिलान्यास गरिएको छ । केवलकारको आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गरे । अर्थमन्त्री पौडेलले विकासका दृष्टिले रुपन्देहीलाई मुलुककै नमूना जिल्लाका रुपमा स्थापित गरिने बताए । उनले जिल्लालाई नमूना जिल्लाका रुपमा स्थापित गर्न सबैको साथ र सहयोग हुनुपर्नेसमेत बताए । उनले भने, “विकासका मुद्दामा सबै एकताबद्ध भएर उभिने सङ्कल्प गराैं ।” अर्थमन्त्री पौडेलले विकासको महत्वपूर्ण पाठशाला रुपन्देही बनेको भन्ने सन्देश यहाँ सञ्चालित ठूलाठूला आयोजनाहरूले… पुरा पढौ

नेप्से परिसूचक ३.६६ अंकले बढ्याे, ८ अर्ब ८३ करोड बढीको कारोबार

काठमाडौं, ९ फागुन । साताको पहिलो दिन आज शेयर बजारमा सामान्य सुधार भएको छ भने सेन्सेटिभ इण्डेक्स घटेको छ । शेयर खरिदबिक्रीमा उत्साह कायम रहँदा नेप्सेमा भने सामान्य बृद्धि भएको छ । आज पनि नेप्से २६०० विन्दुमाथि जान सफल भएको छ । नेप्से परिसूचक ३.६६ अंकले बृद्धि भई २६४०.३४ विन्दुमा पुगेको हो । नेप्से आज ०.१४ अंकले बृद्धि भएको हो । आज सेन्सेटिभ इण्डेक्स भने २.२० अंकले घटेर ४७९.५८ विन्दुमा रहेको छ । आज २०७ कम्पनीको शेयर कारोबार भएको छ… पुरा पढौ

पूर्वजको वीरगाथाको अनुसरण गरौं : प्रधानमन्त्री ओली

काठमाडौं, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित ‘स्वयंसेवक भूमिकामा राष्ट्रिय सेवा दल’ विषयक गोष्ठी उद्घाटन गर्दै बलिदानीपूर्ण, कीर्तिमानी र गौरवपूर्ण इतिहास बोकेको पूर्वजको भावनालाई मनमा राखेर राष्ट्रनिर्माणका काममा अग्रसर हुन सबैलाई आग्रह गरे । हाम्रा दृष्टिकोण र जानकारीको कमीका कारण हाम्रो मुलुक र समाज पछि परिरहेको बताउँदै उनले भने, “अब मुलुक पछाडि परिरहने कुरालाई स्वीकार गरिरहन सकिन्न,… पुरा पढौ

स्थानीय सरकारहरु ‘सबैका लागि स्वच्छ खानेपानी र सरसफाई’को योजना बनाउदै

काठमाडौं, ९ फागुन । देशभरका ७५३ वटै स्थानीय सरकारहरु आफ्नो क्षेत्रका नागरिकहरुलाई पर्याप्त र गुणस्तरीय पानी उपलब्ध गराउने योजना बनाउन अग्रसर भएका छन् । खानेपानी र सरसफाईको क्षेत्रमा काम गर्ने स्मार्ट वास प्रा.लि.ले काठमाडाैंमा आयोजना गरेको वेविनारमा खानेपानी तथा सरसफाईको क्षेत्रमा कार्यरत विज्ञहरुले यसको जानकारी दिएका हुन । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै खानेपानी तथा ढल व्यवस्थापन विभागका डा.रजित ओझाले संयुक्त राष्ट्र संघले निर्धारण गरेको दीगो विकासका लक्ष्यहरुलाई हासिल गर्ने राष्ट्रिय कार्यक्रम अनुरुप एनवासको कार्यक्रम तय गरेर देशभर कार्यान्वयनमा लगिएको बताए… पुरा पढौ

३ अर्ब लागतमा अगाडि बढ्याे टटेलटारमा स्टाफ कलेज निर्माणकाे प्रक्रिया

बनेपा, ९ फागुन । ३ अर्ब लागतमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) निर्माणको प्रक्रिया अगाडि बढेसँगै स्थानीय बासिन्दा विकासले मुहार फेर्नेमा आशावादी बनेका छन् । काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–२ टटेलटारमा स्टाफ कलेज निर्माणका क्रममा आफूहरुलाई आवश्यक व्यवस्थापन गर्न स्थानीय बासिन्दाले माग गरेसँगै कलेज व्यवस्थापन पक्षले मागको सम्बोधन गर्ने जनाएपछि उनीहरु आशावादी बनेका हुन् । टटेलटारबासी एवं टटेलटार सरोकार समाजका अध्यक्ष ज्ञानेन्द्र देवकोटाले कलेज निर्माणपछि खुला रुपमा हिँडडुल गर्न पाउने क्षेत्र नहुँदा स्थानीय बासिन्दाले व्यहोर्नुपर्ने उकुसमुकुसलाई ध्यानमा राख्दै नगरपालिकाको समन्वयमा निर्माण… पुरा पढौ

आगो लागेपनि युनाइटेड एयरलाइन्सको विमान सकुशल अवतरण

डेन्भर, ९ फागुन । संयुक्तराज्य अमेरिकाको डेन्भरबाट हवाईतर्फ उडेको युनाइटेड एयरलाइन्सको विमानको एउटा इन्जिनमा उड्नासाथ आगो लागेपनि पाइलटहरुले सकुशल अवतरण गराएका छन् । विमानको इन्जिनमा आगो लाग्न थालेसँगै विमानको बाहिरी भागबाट अवशेषहरु उछिट्टिएर भुँइमा खसेका थिए । अधिकारीहरुले विमानका चालकले आपतकालीन अवतरण गर्न विमानस्थलको टावरसँग सम्पर्क गरेर तत्कालै विमानलाई डेन्भर विमानस्थलतर्फ फर्काएका थिए । विमानभित्रका यात्रुले खिचेको तस्वीर एवं भिडियोमा बोइङ ७७७–२०० को उक्त विमानको दायाँतर्फको इन्जिनमा ठूलै आगोको मुस्लो देखिएको थियो । आगोका कारण इन्जिनको बाहिरी कभर खुस्किएर उछिट्टिएको… पुरा पढौ