मुख्य समाचार

उदयपुरमा व्यापक व्यावसायिक केरा खेती

उदयपुर, ७ फागुन । उदयपुर जिल्लामा उत्पादन हुने फलफूल खेतीमध्ये व्यावसायिक केरा खेतीमा उल्लेखनीय वृद्धि भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार अहिले जिल्लाको त्रियुगा नगरपालिका, बेलका नगरपालिका, कटारी र चौदण्डीगढी नगरपालिकासहित जिल्लाको उदयपुरगढी गाउँपालिका क्षेत्रमा सबैभन्दा बढी केरा खेती विस्तार भएको छ । त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीका अनुसार अहिले त्रियुगा नगरपालिकाको राजावास, बगाहा, जोगीदह, खैजनपुर, साउने, खाँबुचुहाडे तथा श्रीपुर क्षेत्रलाई केरा जोन क्षेत्र नै घोषणा गरेर व्यापक केरा खेती विस्तार भएको हो । जिल्लाको चौदण्डीगढी नगरपालिकाको… पुरा पढौ

सिन्धु विकास बैंकले लगानीकर्तालाई बनायो निराश, एक रुपैयाँ पनि लाभांश नदिने

काठमाडौं, ७ फागुन । सिन्धु विकास बैंकले गत आर्थिक वर्षको मूनाफाबाट लगानीकर्ताहरुलाई लाभांश नदिने भएको छ । बैंकले नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गर्दै लगानीकर्ताहरुलाई यसपाली एक रुपैयाँ पनि लाभांश नदिने बताएको हो । बैंकले लाभांश नदिने भए पछि लगानीकर्ताहरु निराश भएका छन् । बिहीबार साझा बसेको बैंक सञ्चालक समितिले यस्तो निर्णय गरेको हो । बैंकले वित्तीय विवरण भने स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो । पुरा पढौ

सुब्बाकुनामा १३२ केभी विद्युत् प्रसारण लाइनको सबस्टेशन निर्माण तीव्र

जाजरकोट, ७ फागुन । सुर्खेतको सुब्बाकुनामा (१३२,३३,११) केभी प्रसारण लाइनको सबस्टेशन निर्माणकार्य तीव्र पारिएको छ । प्रदेश राजधानी सुर्खेत हुँदै सबै जिल्लामा विद्युत् आपूर्ति गर्न सहजताका लागि यो स्टेशन निर्माणको कामलाई तीव्र बनाइएको हो । कोहलपुरदेखि सुर्खेतसम्मको १३२ केभी प्रसारण लाइनका लागि सुब्बाकुनामा स्टेशन बन्न लागेको हो । सुर्खेतको आधा, सल्यानको आधा भाग र रुकुमपश्चिम र जाजरकोटका लागि सुर्खेतको सुब्बाकुनामा सबस्टेशन निर्माण गर्न लागिएको हो । सबस्टेशनका लागि चार वर्षअघि जग्गा अधिग्रहणको काम काम पूरा गरिएको भए पनि स्टेशन निर्माण प्रक्रियामा… पुरा पढौ

‘सुरक्षित तरकारी’ उत्पादन गर्दै पाँचखालका कृषक

काभ्रेपलाञ्चोक, ७ फागुन । पाँचखाल नगरपालिका–७ श्रीरामपाटीको कृषक शशिकला ढकालले यो वर्ष पनि काउली र आलु बालीमा रासायनिक विषादी हालिनन् । उनले जाडोयाममा विशेषगरी बालीमा ढुसी लागेमा मात्रै कृषि प्राविधिकको सल्लाहमा विषादी छरिन । “करिब दुई वर्षदेखि रासायनिक विषादी हाल्न छाडेका छौँ, कहिलेकाहीँ बालीमा ढुसी लागेमा मात्रै कृषि प्राविधिकको सल्लाहमा हाल्छौँ”, दाहालले भनिन । यस वर्ष काउली र गोलभेँडामा रासायनिक विषादी नहाली उत्पादन गरिएको उनले बताइन । “बालीमा समस्या आएपछि कृषि प्राविधिकलाई खेतमै बोलाएर सल्लाहमा मात्रै हामी विषादी हाल्छौँ”, उनले… पुरा पढौ

एशियाकै पहिलो सुरुङमार्गको पुनःनिर्माणका लागि बोलपत्र आह्वान

वाग्मती, ७ फागुन। एशियाकै पहिलो मानिएको चुरियामाई सुरुङमार्गको पुनःनिर्माणका लागि विहीबार बोलपत्र आह्वान गरिएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करिब रु पाँच करोडको अधिकतम सीमाभित्रमा सुरुङमार्गको निर्माण सम्पन्न गर्न सक्ने ठेकेदार कम्पनीलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान गरेको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा सहदेवबहादुर भण्डारीले जानकारी दिए । प्रदेश सरकारले उक्त सुरुङमार्गको पुनःनिर्माण गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारेको छ । सुरुङसँगै सुन्दर टोनी हेगन उद्यानलगायतको संरचना निर्माण गरिने प्रदेशका भौतिक पूर्वाधार… पुरा पढौ

अब फेसबुकमा समाचार देखिने छैन….

बोस्टन, अमेरिका, ७ फागुन चासो : के संसारभर अब यस्तै हुन सक्छ ?अष्ट्रेलिया : सक्छ, यो सुरुवात हो । अष्ट्रेलियामा बिहीबार बिहान उठ्दा आममानिसले आफ्नो फेसबुक वालमा ठूलो परिवर्तन देख्ने छन् । फेसबुकमा कुनै पनि समाचार पढ्न, पोष्ट गर्न र सेयर गर्न नमिल्ने परिवर्तन देख्दा धेरैलाई आश्चर्य पनि लाग्नेछ । आजैबाट सुरु हुने यस्तो नयाँ फिचरले अष्ट्रेलियाबासी छक्क पर्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनीहरुका फेसबुकमा अष्ट्रेलिया तथा सिंगो विश्वका कुनै पनि समाचार नदेखिने गरि बन्द गरिएको फेसबुकले जनाएको… पुरा पढौ

सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु साझा दायित्व होः राष्ट्रपति

काठमाडौं, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु सबैको साझा दायित्व हुन आएको बताएकी छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले आजको दिनले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय सङ्कल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् । राष्ट्रपतिले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकाैं… पुरा पढौ

एनआरएन डेभलपमेन्ट फन्डः दर्ता प्रक्रियाका लागि भयाे कागजपत्रमा हस्ताक्षर

काठमाडौं, ६ फागुन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पहलमा स्थापना हुन लागेको एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको छ । काठमाडौंमा उपलब्ध संस्थापकको तर्फबाट आज हस्ताक्षर भएको हो । उक्त अवसरमा सङ्घका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्षद्वय डा बद्री केसी, सोनाम लामा, कोषाध्यक्ष महेशकुमार श्रेष्ठ, सल्लाहकार हरिबोल भण्डारी, डा खगेन्द्र जिसी तथा चिरञ्जीवी थापाले प्रबन्धपत्रमा हस्ताक्षर गरेका हुन् । यो कम्पनीमार्फत नै नेपालमा कम्तीमा १० अर्ब लगानी… पुरा पढौ

नेप्से २६३६.६८ विन्दुमा पुगेर रेकर्ड ब्रेक, कारोबारमा एनआईसी एशिया बैंक अब्बल

काठमाडौं, ६ फागुन । साताको शेयर कारोबार हुने आज अन्तिम दिन शेयर बजारमा अहिलेसम्म्कै नयाँ रेकर्ड कायम भएको छ । विशेषतः बैंकिङ समूहहरुमा आएको चमकको कारण नेप्से २६०० विन्दुमाथि रहिरहन सक्षम भएको छ । बैंकहरुको शेयर मूल्य, लाभांश पनि राम्रो, वित्तीय अवस्था लगायतका कारणले सबल रहेकाले लगानीकर्ताहरु आाकर्षित भएको आकलन गरिएको छ । आज नेप्से परिसूचक २५.२३ अंकले बृद्धि भएर २६३६.६८ विन्दुमा पुगेको छ । आज नेप्से ०.९७ प्रतिशतले बढेको हो । सेन्सेटिभ इण्डेक्स ६.७७ अंले बृद्धि भएर ४८१.७८ विन्दुमा… पुरा पढौ

ग्लोबल आइएमई बैंकले करिब १ अर्ब मूल्य बराबरको जग्गा विक्री गर्दै

काठमाडौं, फागुन ६ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको पानीपोखरी र अनामनगरको करिब १ अर्ब रुपैयाँ मूल्यको जग्गा विक्री गर्नका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकको अनामनगरमा ३ रोपनी र पानीपोखरीमा २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा रहेको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ स्थित सिंहदरबारको पूर्वीगेट नजिकै अनामनगरको मूलबाटोसँग जोडिएको कित्ता नम्बर २८,२९,१३, ४२ र ४३ का जग्गाहरु बिक्रि गर्न लागेको हो । यी कित्ताको क्षेत्रफल क्रमश २५४।५०, २५४।५०, ५२५।२४, ३०२।०६, र १९०।७८… पुरा पढौ