मुख्य समाचार

१५ अर्ब लगानीकाे सौर्य सिमेन्ट उद्योगबाट उत्पादन शुरु

लहान, ५ फागुन । सिरहाको कर्जन्हा नगरपालिकामा अत्याधुनिक प्रविधिको सौर्य सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । करिब रु १५ अर्बको लगानीमा स्थापना गरिएको सिमेन्ट उद्योगले परीक्षण उत्पादन शुरु गरेको हो । निर्माण सामग्री उद्योगमा ‘पायोनियर’ शङ्कर समूह, अम्बे समूह र गोल्छा समूहको संयुक्त लगानीमा स्थापित सो उद्योगले गत माघ १९ गते देखि क्लिङ्कर उत्पादन गरिरहेको शङ्कर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालले जानकारी दिए । क्लिङ्कर उत्पादन शुरु भइसकेको र सिमेन्ट पनि परीक्षण उत्पादन थालिएको उनले बताए । परीक्षण उत्पादन भएको… पुरा पढौ

४ कम्पनीको आइपीओ आवेदन रद्ध, के हाे कारण ?

काठमाडौं, ५ फागुन । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विभिन्न ४ वटा कम्पनीहरुको साधारण शेयर (आइपीओ) को आवेदन रद्ध गरेकाे छ । आइपीओ स्वीकृतिका लागी दिईएको आवेदनसंगै आवश्यक कागजपत्र नबुझाएपछि ति कम्पनीहरुको आवेदनलाई रद्ध गरिएको हो । सुभम पावर कम्पनी, तेह्रथुम पावर कम्पनी, सिबिआईएल क्यापिटल र इमर्जिङ नेपाल लिमिटेडको आइपीओ आवेदनलाई रद्ध गरिएको हो । सेबोनका अनुसार ४ कम्पनीले ६ महिनासम्म पनि आवश्यक कागजपत्र नबुझाएपछि शेयर आवेदन रद्ध गरिएको हो । सेबोनका प्रवक्ता निरज गिरीले कम्पनीहरुले ६ महिनासम्म कुनै प्रतिक्रिया नदिएकोले… पुरा पढौ

फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्याे

काठमाडौं, ५ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । समायोजन गरिएको मूल्य गएराति १२ बजेदेखि लागू भएकाे छ । निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर रु दुईका दरले वृद्धि गरेको हो । मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर रु ११४, डिजेल तथा मट्टितेलको रु ९७ र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर रु ६७ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । मूल्य समायोजनपश्चात् पनि निगमलाई पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ८२ पैसा,… पुरा पढौ

नक्कली बिजक बनाएर झण्डै १ अर्बको राजस्व छली

काठमाडौं, ५ फागुन । नक्कली बिजक प्रयोग गरेर १३ जनाको मिलेमतोमा झण्डै रु एक अर्ब बराबरको राजस्व छली गरेको पाइएको छ । राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानमा ती व्यक्तिले विभिन्न ११ वटा फर्मको बैंक खाता सञ्चालन गरी राजस्व छली गरेका हुन् । उनीहरूले वस्तु तथा सेवा खरिद नै नगरी झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर(भ्याट)को बिजक मात्र किनेर मूल्य अभिवृद्धि कर र आयकर छली गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । उक्त आर्थिक अपराधमा सर्लाहीको बलरा नगरपालिका–७ बस्ने मुख्य… पुरा पढौ

कानून बिपरीत कसैले केही गर्न पाउँदैन : मन्त्री तुम्बाहाङ्फे

काठमाडौं, ४ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ताप्लेजुङमा नवनिर्मित मालपोत र नापी कार्यालयको उदघाटन गरेकी छन । मौसमका कारण सदरमुकाम फुङलिङका लागि जहाज उडान नभएपछि मन्त्रालयबाटै भर्चुअल माध्यमबाट मन्त्री तुम्बाहाङ्फेले मालपोत र नापी कार्यालय उदघाटन गरेकी हुन । कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले सरकारले मालपोत, नापीजस्ता कार्यालयलाई व्यवस्थित गर्दै सेवाग्राहीलाई सहज बनाउँदै लैजाने बताइन । उनले कर्मचारीलाई सेवामा रहँदा आफ्नो दायित्व नबिर्सन आग्रह गरिन । ‘कानूनभन्दा बाहिर गएर कसैले केही गर्न पाउँदैन,’ उनले भनिन ।… पुरा पढौ

अस्ट्राजेनिका खाेपले पायाे डब्लुएचओद्वारा मान्यता

जेनेभा, ४ फागुन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । कोभिड–१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान गर्न यस स्वीकृतिले सहज बनाउने डब्लुएचओले विश्वास लिएको छ । अस्ट्राजेनिकाको खोपलाई कोभाक्स कार्यक्रम मार्फत विश्वभर वितरण गर्न डब्लुएचओको अनुमतिले सहज बनाएको छ । डब्लुएचओले यसअघि फाइजरले विकास गरेको खोपलाई मान्यता दिइसकेको छ । डब्लुएचओले जारी गरेको विज्ञप्तिमा कोभाक्स मार्फत विश्वभर नै खोप वितरण गर्न यस निर्णयले… पुरा पढौ

नेप्से आज हालसम्मकै उच्च विन्दुमा, १० अर्ब ३५ करोड बढीको कारोबार

काठमाडौं, ४ फागुन । साताको तेश्रो दिन मंगलबार आज नेप्सेले हालसम्मै उच्च विन्दु २६०० माथि उक्लिएर नयाँ रेकर्ड कायम गरेको को छ । आज नेप्से ०.६० प्रतिशतले बढेको छ । नेप्से परिसूचक १५.५० अंकले बढेर २६०१.५१ अंकमा पुगेर रोकिएको छ । यस्तै सेन्सेटिभ इण्डेक्स ४.०९ अंकले बढेर ४७३.५३ अंकमा पुगेको छ । आज २०८ कम्पनीको १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता शेयरको खरिदबिक्री भएको छ भने १० अर्ब ३५ करोड ४५ लाख ४ हजार ९५५ रुपैयाँकाे कारोबार भएको… पुरा पढौ

सरकारको तीन वर्ष : हवाई पूर्वाधारमा फड्को

काठमाडौं, ४ फागुन । संघीय सरकारले मुलुकको पर्यटन क्षेत्रको पूर्वाधार विकास तथा नीतिगत सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । वर्तमान सरकार गठन भएको तीन वर्षको अवधिमा तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको नीतिगत सुधारदेखि पूर्वाधार विकास तथा सम्पदाको पुनःनिर्माणको कामलाई तीव्रता दिएको हो । पर्यटकीय पूर्वाधारको महत्वपूर्ण पाटो विमानस्थल निर्माण, विस्तार र स्तरोन्नतिका साथै भूकम्पबाट भत्किएका सम्पदाको पुनःनिर्माणमा आशाजनक काम भएका छन् । कोभिड–१९ महामारीको असहज परिस्थितिमा पनि निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक रहेको छ… पुरा पढौ

लेलेको सरस्वती कुण्डमा भक्तजनको भीड

ललितपुर, ४ फागुन । गोदावरी नगरपालिका–५ लेलेस्थित तिलेश्वरको सरस्वती कुण्डमा भक्तजनको भीड लागेको छ । यहाँ हरेक वर्ष माघ शुक्लपक्ष पञ्चमी अर्थात् ‘श्रीपञ्चमी’ पर्वका दिन दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । विद्याकी देवी सरस्वतीको पूजा र आराधना गर्न थुप्रै श्रद्धालु भक्तजन लेले सरस्वती कुण्ड आएका नं ५ का वडाध्यक्ष मिलन सिलवालले बताए । उनले भने, “मन्दिरमा बिहान ४ बजेदेखि साना बालबालिकाका साथै वृद्धवृद्धासमेत सही ज्ञान आर्जन र विद्या प्राप्तिको कामना गर्दै दर्शन गर्न आएका छन् । मुलुकमा अझै कायम रहेको कोरोना महामारीलाई… पुरा पढौ

गरिमा विकास बैंकका अध्यक्ष बस्यालले लिए सपथ

काठमाडौं, ४ फागुन । । गरिमा विकास बैंकका नवनिर्वाचित अध्यक्ष श्यामप्रसाद बस्यालले पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन । बैंकको सम्पन्न १४औं साधारण सभाबाट संस्थापक शेयरधनी समूह 'क' बाट श्यामप्रसाद बस्याल, डा.आनन्द प्रसाद श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समूह 'ख' बाट विमल पाण्डे, संजिव ढकाल तथा सरस्वती पाठक संचालकमा चयन भएका थिए । सभापछि बसेकाे संचालक समितिकाे बैठकले अध्यक्षमा श्यामप्रसाद बस्याललाइ सर्वसम्बत चयन… पुरा पढौ