मुख्य समाचार

जस्तोसुकै प्रतिकूल अवस्थामा पनि रोकिएको छैन वाग्मती सफाइ अभियान

काठमाडौं, ८ फागुन । वाग्मती सफाइ महाअभियानको ४०६ औं हप्तामा आलोकनगर आँखा अस्पताल केन्द्रको बीचमा रहेको फलामेपुल वाग्मती नदीको पुर्वी किनारमा सफाइ गरिएको छ । सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिं शाहीले जानकारी दिए । सफाइमा राष्ट्रिय सभा सदस्य कोमल ओली, पुर्व मुख्यसचिव लीलामणि पौडेल, काठमाडौँ महानगरपालिका वडा नं ११ का अध्यक्ष हीरालाल तन्डुकार, एकीकृत उपभोक्ता सङ्घका सदस्य मदनकुमार शिवाकोटी, सुविधानगर सामुदायिक विकास समितिका अध्यक्ष सुमित्रा कडरिया एवं अन्य पदाधिकारी, आलोकनगर समुदायका पदाधिकारी, पहिलो पाइला, मक्कै घर,… पुरा पढौ

भरतपुर महानगरद्वारा २ अर्ब लगानीमा व्यावसायिक भवन बनाइँदै

चितवन, ८ फागुन । जिल्लाको प्रमुख शहर नारायणगढमा बहुउद्देश्यीय व्यावसायिक भवन (भरतपुर मेट्रो प्लाजा) बनाइने भएको छ । सिङ्गो शहरको जति सुविधा हुने गरी निजी क्षेत्रमार्फत व्यावसायिक भवन बनाउन लागिएको हो । भरतपुर महानगरपालिका–३ मा पर्ने लायन्स चोकमा रहेको ११ कट्ठा सात धुर जमिनमा करिब रु दुई अर्ब लगानी गरेर ५० मिटर अग्लो व्यावसायिक भवन बनाउन लागिएकाे हाे । महानगरपालिकाले सार्वजनिक निजी साझेदारी अवधारणाबमोजीम निजी क्षेत्रबाट नक्साङ्कन, निर्माण, वित्त, सञ्चालन एवं हस्तान्तरण विधिबाट भवन बनाउँदै छ । महानगरपालिका प्रमुख रेनु… पुरा पढौ

गरिमा विकास बैंककाे ‘सजिलो अटो लोन’ सार्वजनिक

काठमाडौं, ८ फागुन । गाडीमा चढ्न चाहने सौखिन व्यक्तिहरुका लागि गरिमा विकास बैंक सजिलो भईदिएको छ । यसका लागि बैंकले एउटा सजिलाे स्किम सार्वजनिक गरेकाे छ । आक्रामक रणनीति बनाउँदै प्रस्तुत भएको बैंकले 'गरिमा सजिलो अटो लोन' सार्वजनिक गरेको हाे । कर्जा प्रवाहको रणनीतिलाई आक्रामक बनाएको बैंकले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा 'गरिमा अटो लोन' सार्वजनिक गरेको हो । बैंकले अधिकतम १० वर्ष सम्मका लागि कर्जा प्रवाह गर्ने र खरिद मूल्यमा ८० प्रतिशत सम्मको सुविधा दिने बताएको छ । गाडी चढ्ने… पुरा पढौ

तोकिएकाे मितिमा निर्वाचन सम्पन्न गर्छाैं-थपलिया

काठमाडौं, ८ फागनु । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने आयोगको अर्जुनदृष्टि रहेको बताएका छन् । पाँचौ निर्वाचन दिवसका अवसरमा उनले इतिहासको विरासत र साखलाई खुम्चन नदिइ उत्कृष्ट निर्वाचन व्यवस्थापन निकायको रुपमा आयोगलाई पहिचान दिलाउन कृतसङ्कल्पित भइ निरन्तर प्रयासरत रहने प्रतिवद्वता व्यक्त गरे। आयोगले विक्रम सम्वत् २०१५ मा पहिलो पटक मतदान भएको दिनलाई स्मरण गर्दै सम्वत् २०७३ सालदेखि प्रत्येक वर्षको फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएको छ । यस बर्षको निर्वाचन दिवसको… पुरा पढौ

जीवनको सम्भाव्यता खोज्न मंगल ग्रह पुग्यो अन्तरिक्ष यान

बोस्टन अमेरिका, ८ फागुन । अमेरिकी अन्तरिक्ष संस्था नासाको महत्वकाँक्षी अन्तरिक्ष यान मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरेको छ । गत जुन महिनामा जमिनबाट प्रक्षेपण गरिएको यो यान सात महिना लामो यात्रापछि आज मंगल ग्रहको सतहमा सुरक्षित रुपमा अवतरण गरेको हो । पिर्जाभियरेन्स मार्स रोभर नाकको यो यानले मंगल ग्रहसम्म यात्रा गर्न ४७ करोड किलामिटर दुरी तय गरेको नासाले जनाएको छ । यो यानले मंगल ग्रहमा जीवको संकेत खोजी गर्ने ठानिएको छ । त्यसैले यो परियोजनालाई निकै महत्वकाँक्षी र यो अवतरणलाई… पुरा पढौ

इन्सेक मानवअधिकार वर्ष पुस्तक २०२१ सार्वजनिक, मानवअधिकार रक्षाका लागि दृढः डा घिमिरे

पोखरा, ७ फागुन । इन्सेक गण्डकी प्रदेशले 'मानवअधिकार वर्ष पुस्तक २०२१' आज पोखरामा सार्वजनिक गरेको छ । नेपाल मानवअधिकार वर्ष पुस्तक सन २०२१ सार्वजनिकीकरण तथा सन् २०२० को समग्र मानवअधिकारको अवस्था विषयक अन्तर्क्रिया कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता डा.राजेन्द्र घिमिरेले पुस्तक सार्वजनिक गरेका हुन । सन् १९९२ देखि नेपाल मानवअधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएकोमा सन् २०२१ सम्म आउदा २९औं संस्करण पूरा गरेको इन्सेकले बताएको छ । मानवअधिकार अभिलेखिकरणको कार्यलाई समयानुसार सधार गर्दै आईरहेको इन्सेकले यस वर्षदेखि मोबाइल एप तथा… पुरा पढौ

हवाई भाडादर बढ्यो

काठमाडौं, ७ फागुन । हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ । नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई बढाउने निर्णय गरेकाले हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने निर्णय भएको सङ्घले विज्ञप्तिमार्फत जनाएको छ । निर्णयअनुसार सङ्घमा आबद्ध वायु सेवा कम्पनीले फागुन ८ गतेदेखि नयाँ इन्धन मूल्य लागू गर्नेछन् । सो विषयमा नियामक… पुरा पढौ

राैतहटका राजेश झा प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त

काठमाडौं, ७ फागुन । राैतहटका राजेश झा प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त भएका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । राष्ट्रपतिले शुक्रबार मात्र प्रदेश प्रमुख तिलक परियाारलाई पदमुक्त गरेकी थिइन् । नेपालको संविधान धारा १६३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने व्यवस्था छ। पुरा पढौ

असन्तुष्ट पक्षलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन प्रमकाे आग्रह

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र प्राप्तिपछि शान्तिपूर्ण राजनीतिभन्दा अर्को बाटो हुन नसक्ने भएकाले असन्तुष्ट पक्षलाई संवादका माध्यमबाट मूलधारमा आउन आग्रह गरेका छन् । ७१ औँ प्रजातन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्तिपूर्ण लोकतान्त्रिक प्रणालीप्रतिको आफ्नो आस्था एवं विश्वास बढाउन र त्यस अभ्यासलाई आत्मसात गरी इमान्दारिताका साथ अगाडि बढ्न आग्रह गरे। लोकतन्त्र आइसकेपछि पनि अन्य बाटोबाट अघि बढ्न सकिन्छ भन्ने तथा रोज्ने प्रवृत्ति कायम रहेको उल्लेख गर्दै उहाँले नेपाली जनता त्यस्ता… पुरा पढौ

ट्राफिक जरिवाना बैंकिङ प्रणालीबाट

भरतपुर, ७ फागुन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र मातहतका कार्यालयले लिँदै आएको ट्राफिक जरिवाना बैंकिङ प्रणालीमार्फत लिन शुरु गरेको छ । जरिवाना बुुझाउनुपर्ने सवारी साधनका चालकले ग्लोबल आइएमई बैंकको चितवनस्थित शाखामा जरिवाना तिर्न सक्ने गरी व्यवस्था गरिएको छ । बैंकमा जरिवाना बुुझाएपछि चालक गोविन्दप्रसाद तिवारीलाई कागजपत्र फिर्ता गर्दै वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले कार्यक्रमको शुुभारम्भ गरे। ट्राफिक जरिवाना बैंकिङ प्रणालीबाट सङ्कलन गर्दै प्रहरी नायब महानिरीक्षक लामाले प्रहरीले गर्ने कामलाई प्रविधिमैत्री बनाउन अग्रसर… पुरा पढौ