मुख्य समाचार

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ :अर्थमन्त्री पौडेल

काठमाडाैं, ६ माघ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । पर्यटन र होटल व्यवसायका प्रतिनिधिसहित अर्थ मन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले राहत, सहुलियत र प्रोत्साहनका कार्यक्रम ल्याएको भन्दै प्रभावकारी कार्यान्वनयमा जोड दिने बताए । बजेट, मौद्रिक नीतिलगायतमा उल्लेखित कार्यक्रमको कार्यान्वयन प्रक्रियामा देखिएका समस्या समाधानका लागि अग्रसरता लिएर अघि बढ्ने भन्दै अर्थमन्त्री पौडेलले परिस्थितिलाई ध्यान दिई अघि बढ्न, कठिनाइ परे सहजीकरण र सहयोग गर्न सरकार तयार… पुरा पढौ

नेप्से परिसूचक ५.५७ अंकले घट्यो, ७ अर्ब ४६ करोडको शेयर कारोबार

काठमाडौं, ६ माघ । शेयर बजार ५.५७ अंकले बजार घटेर २ हजार ३ सय २६ दशमलव ९० अंकमा झरेको छ । मंगलबार अधिकांश कम्पनीहरुको शेयर मूल्य घट्दा समग्रमा नेप्से परिसूचक ५.५७ अंकले घटेको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.८५ अंकले ओरालो लागेको छ । मंगलबार विहान कारोबार शुरु भएसँगै बजार बढ्न थालेको थियो । नेप्सेपरिसूचक बढेर २३६२ सम्म पुगेको थियो । त्यसुपछि भने घट्न शुरु भयो । दिनभरको घटबढ पछि अन्तमा ५.५७ अंकले घटेर… पुरा पढौ

पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न ओलीको निर्देशन

काठमाडौं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् । नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गरे । प्रधानमन्त्री ओलीले भने, “प्रतिनिधिसभा पुनःस्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न म आग्रह गर्दछु । हामीले लिएको सही विचार र मुलुकको समृद्धिका लागि म सबैलाई… पुरा पढौ

प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

काठमाडौं, ६ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै निर्वाचन गर्न नमिल्ने बताएका छन् । संवैधानिक इजलासमा सुनुवाइ भएको आज तेस्रो दिन उनले रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट बहस गर्दै मन्त्रिपरिषद्ले सिफारिसमा गर्दैमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्न नसक्ने तर्क दिए । रिट निवेदक भण्डारीकै तर्फबाट अधिवक्ता शेरबहादुर ढुङ्गानाले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको जनाउँदै कानूनविरूद्व भएको विघटन बदर गरी पुनःस्थापना हुनुपर्ने माग… पुरा पढौ

‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग, शर्तहरु पुनरावलोकन गर्न बाेर्डकाे आग्रह

काठमाडौं, ६ माघ । पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्रका अगुवा संस्थाले विदेशी पर्यटकलाई आकर्षण गर्न हवाईमार्ग तथा स्थलमार्गबाट नेपाल भित्रिने सम्पूर्ण नाकाबाट प्रवेशाज्ञा (भिसा) अनअराइभल सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । निजी क्षेत्रसँग साझेदारी गरी पर्यटन प्रवद्र्धन गर्ने जिम्मा पाएको नेपाल पर्यटन बोर्डले सम्बद्ध सङ्घसंस्थासँग बृहत छलफल गरी भिसा प्रक्रिया सहज तुल्याई स्वास्थ्य मापदण्डलाई सरलीकरण गर्न तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुरोध गरेको हो । विद्यमान मापदण्डले नेपालको पर्यटन क्षेत्रको छवि अझ खस्किएको र अन्तराष्ट्रिय… पुरा पढौ

राष्ट्र बैंकबाट ५० अर्ब पुनरकर्जा स्वीकृत, ८६ अर्ब सहुलियतपूर्ण कर्जा लगानीमा

काठमाडौं, ६ माघ । नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ भन्दा धेरै पुनरकर्जा स्वीकृत गरेको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार चालु आर्थिक वर्षको पहिलो ५ महिनासम्म सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा २४ अर्ब ११ करोड रुपैयाँ लगानीमा रहेको छ । प्रवक्ता भट्टका अनुसार “पुनरकर्जा कार्यविधि, २०७७” को व्यवस्था बमोजिम यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुष्ठ रुपमा प्रदान गर्ने पुनरकर्जा २०७७ मंसिर मसान्तसम्ममा ४०,९८३ ऋणीलाई रु. ५० अर्ब ७ करोड स्वीकृत गरिएको छ । त्यसैगरी, ग्राहक… पुरा पढौ

डिम्याट प्रयोगकर्ता करिब २६ लाख पुगे , बैंक तथा क्यापिटलमा खाता खोल्नेको भिड

काठमाडौं, ६ माघ । डिम्याट खाता खोल्नेहरुको संख्या उल्लेख्य वृद्धि भएको छ । शेयर लगानीकर्ताहरुको सम्पूर्ण तथ्यांक राख्ने सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार र सोमबार दुई दिनमा मात्रै ८२ हजार भन्दा धेरै डिम्याट खाता सञ्चालनमा आएका छन् । शुक्रबार साझसम्म डिम्याट प्रयोगकर्ताहरुको संख्या १५ लाख ३ सय ४५ मात्रै रहेको थियो । सोमबार साझसम्म आइपुग्दा भने २५ लाख ८२ हजार १ सय ४ डिम्याट प्रयोगकर्ता पुगेको सीडीएसले जनाएको छ । केहि दिनयता बैंक तथा वित्तीय संस्था र क्यापिटलहरुमा समेत… पुरा पढौ

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा माग भन्दा झण्डै दोब्बर आवेदन

काठमाडौं, ६ माघ । माघ २ गते शुक्रवारदेखि खुला गरिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरको लागि माग भन्दा बढी आवेदन परेका छन् । सोमबारसम्म माग गरेको भन्दा बढी ६ करोड ६१ लाख १ हजार १७० कित्ताका लागि आवेदन परेका हुन । कम्पनीको शेयरमा सोमबारसम्म ११ लाख ८० हजार ११० जनाको १४ करोड १९ लाख ५२ हजार १७० कित्ताका लागि शेयरमा आवेदन परेको हो । शेयर खरिद गर्नका लागि ढिलोमा पुस ६ गते सम्म आवेदन पेश गर्ने समय रहेको छ । बैंकको… पुरा पढौ

इन्दुशङ्कर चिनी उद्योगबाट किसानलाई चालु यामको रु २० करोड भुक्तानी

सर्लाही, ६ माघ । सर्लाहीकाे हरिवन नगरपालिका– ११ स्थित इन्दुशङ्कर चिनी उद्योगले चालू यामको उखुकाे भुक्तानी शुरु गरेको छ । मुलुकका कतिपय चिनी उद्योगले वर्षौंदेखिको भुक्तानी नगरिरहेका अवस्थामा सो उद्योगले उखु किसानबाट चालु याममै खरीद गरिएको उखुको भुक्तानी शुरु गरेको हो । उद्योगले गत वर्ष उखुको मूल्यलाई नै आधार मानेर उखु उत्पादक किसानलाई यस वर्षको उखु खरीद गरेवापतको रकम भुक्तानी शुरु गरेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए । गत पुस ६ गतेदेखि सञ्चालित उद्योगले रु सात लाख २२… पुरा पढौ

अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडाैं, ६ माघ । अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नु पर्ने प्रावधान खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ घिमिरे र विष्णु गिरी ‘निश्चल’ले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानविरुद्ध रिट दायर गरेका हुन । अधिवक्ताद्वयले नेपालको संविधान तथा सञ्चारसम्बन्धी कानूनले पत्रपत्रिकाको दर्ता कहिल्यै खारेज नहुने व्यवस्था गरेको अवस्थामा सूचना तथा प्रसारण विभागले दर्ता गरेर सञ्चालन अनुमति दिएका अनलाइन पत्रपत्रिकालाई भने हरेक आर्थिक वर्ष सकिएपछि नवीकरण गर्नै पर्ने बाध्यकारी व्यवस्था गरेर… पुरा पढौ