मुख्य समाचार

पर्यटन उकास्न ‘कालिका दर्शन वर्ष’ मनाइने

बागलुङ, ९ फागुन । विसं २०८० लाई ‘कालिका दर्शन वर्ष’ का रूपमा मनाइने भएको छ । यहाँस्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दर्शन वर्षको आयोजना गर्न लागिएको हो । यद्यपि ‘कालिका दर्शन वर्ष’ को औपचारिक घोषणा भने नयाँ वर्षका दिन आउँदो वैशाख १ गते गर्ने तयारी छ । मन्दिर गुठीका अध्यक्ष राजु खड्काका अनुसार विसं २०८० मा ५० लाख दर्शनार्थी/पर्यटक मन्दिरमा भित्र्याउने लक्ष्य लिइएको छ । “दुई वर्ष पूर्वाधार तयारी… पुरा पढौ

सिभिल बैंकको साधारण सभा आज, कस्ता छन् एजेण्डा ?

काठमाडौं, ९ फागुन । सिभिल बैंकको १०औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई वितरण गरिने ८.४२ प्रतिशत लाभांश आज पारित गर्दैछ । साधारण सभा बैंकको केन्द्रीय कार्यालय सुन्धारामा पूर्वान्ह ११ वजेदेखि बोलाईएको छ । सभामा अनलाइनमार्फत पनि सहभागिताको व्यवस्था मिलाईएको बैंकले जनाएको छ । सभामा माघको २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सहभागिता जनाउन र लाभांशका हकदार हुनेछन् । गएको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले १०औं साधारण सभाको मिति तोकेको थियो । समितिको निर्णय अनुसार सभामा आर्थिक वर्ष २०७६/२०७७… पुरा पढौ

साढे ३ करोडमा घारखोलामा मोटरेवल पुल निर्माण शुरु

म्याग्दी, ९ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ र ६ को सिमानास्थित घारखोलामा मोटर चल्ने पुल निर्माण शुरु भएको छ । पोखरेबगरदेखि नेपाने हुँदै पाउद्वार जोड्ने सडकअन्तर्गत घारखोलामा निर्माण हुन लागेको पुलको प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले शिलान्यास गरे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ, म्याग्दीले ठेक्का लगाएको एक वर्षपछि पुल निर्माण शुरु भएको हो । रु तीन करोड ४८ लाख ९४ हजार ७० लागत अनुमान गरिएको पुल निर्माण गर्न फेवा–बिएम जेभी पोखरालेरु दुई करोड ८१ लाख… पुरा पढौ

आज भारतबाट १० लाख डोज खोप नेपाल आउँदै

काठमाडौं, ९ फागुन । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १ः३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौं आउन थालेको जानकारी दिए । यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आज १० लाख डोज खोप आउन थालेको हो । यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही… पुरा पढौ

विश्वभर कोभिड-१९ विरूद्धको २० करोड खोप प्रयोग, खोपको अत्याधिक परिणाम धनी राष्ट्रमा

पेरिस, ९ फागुन । कोभिड–१९ विरूद्धको खोप अभियान सञ्चालनको आधिकारिक तथ्याङ्क अनुसार शनिबारसम्म विश्वभर २० करोड मात्रा खोप लगाइसकिएको सम्बन्धित देश र स्वास्थ्य क्षेत्रमा सक्रिय निकायको आधिकारिक स्रोतहरुका आधारमा एएफपी सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । विश्वका खासगरी १०७ मुलुक र क्षेत्रमा खोप अभियानलाई तीब्र पारिएको अन्तर्राष्ट्रिय स्वास्थ्य निकायहरूले बताएका छन् । चीन र रूसबाहेकका विश्वका १०७ मुलुकमा २० करोड १० लाख ४२ हजार १४९ मात्रा खोप प्रयोग भइसकेको प्राप्त तथ्याङ्कमा उल्लेख छ । चीन र रूसले भने खोप… पुरा पढौ

‘हामी सरकारसंग सम्वाद र वार्ताको लागि तयार छौं’ : विप्लव

काठमाडौं, ८ फागुन । विद्रोही नेपाल कम्युनिष्ट पार्टीले सरकारसंग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको बताएको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज एक प्रेस बिज्ञप्ति प्रकाशित गरी पार्टीले क्रान्ति राष्ट्रका लागि, समाजका लागि, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल भएको उल्लेख गरेका छन् । महासचिव विप्लवले बिज्ञप्तिमा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा पार्टी सरकारसंग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं भनेका छन् । यतिबेला… पुरा पढौ

‘वैद्य, डाक्टरले बचाएनन्, झाक्रिसंग गएका छन्, बचाउनेवाला छैनन्’ : ओली

काठमाडौं, ८ फागुन । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-माधव नेपालको समूह भिर खोज्दै भिरतिरै गएकोले उहाँहरुलाई रामराम मात्रै भन्न सकिने तर कसैले बचाउन नसक्ने ठोकुवा गरेका छन् । आज प्रदेश नं १ को विराटनगरमा आयोजना गरिएको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै ओलीले भने, उहिले उहाँहरु वैद्यकहाँ जानुभयो वैद्यले बचाउन सकेनन् । फेरी डाक्टरसंग जानुभयो डाक्टरले पनि बचाएनन् । अहिले झाक्रिसंग जानु भएको छ, उहाँहरुलाई झाक्रिले पनि बचाउनेवाला छैनन् । मलाई त उहाँको माया पाे लागेर आउँछ । मैले… पुरा पढौ

कोभ्याक्स सुविधाको ‘कोभिशिल्ड’ ल्याउने अन्तिम तयारी

काठमाडौं, ८ फागुन । सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० प्रतिशत जनसङ्ख्यामा पुग्ने गरी कोभ्याक्स सुविधामार्फत खोप ल्याउन लागेको हो । स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले आफूहरुले सबै प्रक्रिया पूरा गरिसकेकाले फागुन अन्तिमसम्म ‘कोभिशिल्ड’ खोप ल्याउन थालेको जानकारी दिए । उनका अनुसार २० प्रतिशतलाई दिइने भनेको खोप कोभ्याक्सले एकैपटक नभई पटकपटक पठाउने छ । विश्व स्वास्थ्य सङ्गठन,… पुरा पढौ

अब बुटिक र डिलक्स होटललाई पनि तारे होटलको मान्यता

काठमाडौं, ८ फागुन । सरकारले बुटिक र डिलक्स होटललाई समेत तारे ‘स्टार’ होटलको मान्यता दिने भएको छ । सस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागले बुटिक र डिलक्स होटलको वर्गीकरण गरी तारे स्तरको होटलका लागि सङ्केत चिन्ह निर्धारण गरेको हो । यसअघि विभागले सुविधासम्पन्न तारे होटललाई मात्र स्टारमा वर्गीकरण गरेको थियो । साथै डिलक्स र बुटिक होटलको स्पष्ट मापदण्ड थिएन । विभागले सबैस्तरका रिसोर्ट, तारास्तरका होटल तथा सबैस्तरका बुटिक होटलका सम्बन्धमा सङ्केत चिन्हको रुपमा तारा चिन्ह निर्धारण गरेको छ… पुरा पढौ

वैशाखमा चुनाव हुन्छ, सबै तयार भएर बसौँ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, ८ फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा निर्वाचन हुने बताएका छन् । काठमाडौं महानगरपालिका– ५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उनले यसका लागि चुनावका लागि तयार हुन आग्रह समेत गरे । राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन गर्नुपरेको उनको भनाइ छ । उनले भने, “चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्ने छन् । जनताभन्दा ठूलो न्यायाधीश अरु कोही हुँदैनन् । यसैले ताजा जनादेशका लागि सबै तयार हुनुपर्छ ।” निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुने तथा विकास… पुरा पढौ