मुख्य समाचार

केन्द्रीय बैंकको निर्देशनःपूर्वाधार विकास बैंकले ३० करोडभन्दा कम कर्जा लगानी गर्न नपाउने

काठमाडौं, ०१ फागुन । पूर्वाधार विकास बैंकले प्रति परियोजना रु ३० करोडभन्दा कम बराबरको कर्जा लगानी गर्न नपाउने भएको छ । पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि स्थापित सो बैंकलाई निर्देशन जारी गर्दै नेपाल राष्ट्र बैंकले सो व्यवस्था गरेको हो । केन्द्रीय बैंकका अनुसार पूर्वाधार विकाससँग सम्बन्धित परियोजनामा मात्र कर्जा प्रवाह गर्न र रु ३० करोड प्रति परियोजनाभन्दा कम कर्जा तथा सुविधाको सीमा स्वीकृति तथा प्रवाह गर्न सक्ने छैन भन्ने व्यवस्था गरिएको छ । यस्तै, आफूले जारी गरेको मुद्दति निक्षेप रसिदको… पुरा पढौ

धौलागिरि आइसफल पदमार्ग : जोखिमको यात्रा

गलेश्वर, १ फागुन । पर्यटकीय सम्भावनाको म्याग्दी धौलागिरि आइसफल पदमार्गका पाँच ठाउँमा झोलुङ्गे पुल नहुँदा त्यस क्षेत्रमा यात्रा गर्ने पर्यटक र स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । करिब एक दशकअघि पहिचान भएको यो पदमार्ग सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको यस क्षेत्रको सम्भावनायुक्त पदमार्ग हो । रघुगङ्गा गाउँपालिकाको रुइसेडाँडादेखि धौलागिरि आइसफलसम्मका खैरो खोला, फेदी खोला, सेतिने खोला, सरल धारा र काती बरहा खोलामा पुल नहुँदा पर्यटकले सास्ती खेप्नुपरेको चिमखोलाका गमबहादुर पुनले बताए । “धौलागिरि आइसफल पुग्न पर्यटक… पुरा पढौ

विद्युत् बिक्रीबाट कालिका पावरको रु ११ करोड आम्दानी

चीतवन, ०१ फागुन । कालिका पावर कम्पनीले हालसम्म रु ११ करोड बढी आम्दानी गर्न सफल भएको छ । कम्पनीले विद्युत् बिक्रीबाट उक्त रकम आम्दानी गरेको हो । कम्पनीको सम्पन्न १३औँ साधारणसभामा हालसम्म विद्युत् बिक्री गरेर रु ११ करोड २७ लाख ७३ हजार ३३६ आम्दानी गरेको जानकारी दिईएको हो । चालु आर्थिक वर्षको पुससम्ममा रु पाँच करोड ३६ लाख कमाएको छ । कम्पनीका सञ्चालक पदम गुरुङले कम्पनीको वित्तिय अवस्थामा सुधार आएको बताए । उनका अनुसार प्रतिशेयरमा ९१ दशलमव ४६ प्रतिशतले वृद्धि… पुरा पढौ

कटौती भएका चाडपर्व बिदा पुनः दिइने : गृहमन्त्री

काठमाडौं, ०१ फागुन। गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन शुरु गर्ने बताएका छन् । उनले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा कटौती भएकामा अहिले त्यो निर्णय सच्याएको भन्दै अब मन्त्रिपरिषद्बाटै निर्णय गराएर ती बिदा पात्रोमै सार्वजनिक बिदाका रुपमा रहने गरी निर्णय गरिने प्रतिबद्धता व्यक्त गरे । आदिवासी जनजातिले मन्त्री थापालाई बिदा सुनिश्चित गर्न भन्दै ज्ञापनपत्र बुझाएपिछ उनले याे कुरा बताएका हुन । विगतमा जाति धर्मका समुदायले जुन स्थान पाउनुपर्ने थियो त्यो पाउन नसकेको बताउँदै परम्परा, भाषा… पुरा पढौ

सुनचाँदी व्यवसायीलाई ‘क्यूआर कोड’ भुक्तानी प्रणालीमा जोड दिन गभर्नर अधिकारीको आग्रह

काठमाडौं, ३० माघ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सुनचाँदी व्यवसायीलाई ‘क्यूआर कोड’ भुक्तानी प्रणालीमा जोड दिन आग्रह गरेका छन । व्यवसायीसँगको छलफलका क्रममा गभर्नर अधिकारीले अहिलेको डिजिटल युगमा परम्परागत शैली प्रयोग गर्नु आफैंमा अव्यवहारिक भएको उल्लेख गर्दै सुनचाँदी व्यवसायमा हुने भुक्तानी प्रणालीलाई पनि तत्काल डिजिटल प्रणालीमा परिमार्जन गर्न उनले आग्रह गरे । नेपालको सुनचाँदी क्षेत्रमा मात्रै झन्डै ७० हजार विदेशी कालिगढले काम गर्दै आएको तथ्यांक रहेको बताउदैं जसबाट ठूलो धनराशि बिदेसिएको समेत बताए । स्वदेशी श्रम र सीपलाई… पुरा पढौ

सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउने तयारी हुँदै

काठमाडौं, ३० माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको बताएका छन् । मन्त्रालयद्वारा आज आयोजित दोलखाली पत्रकारसँगको अन्तक्र्रिया कार्यक्रममा उनले भने, “सामाजिक सञ्जालबाट दैनिकजसो विभिन्न किसिमका अपराधजन्य क्रियाकलाप बढ्दै गएको हुँदा उक्त निर्देशिका ल्याउन लागेको हो ।” यसले अभिव्यक्ति स्वतन्त्रतालाई कुनै पनि असर नपर्ने उनले स्पष्ट पारे । “सामाजिक सञ्जाललाई व्यवस्थित गर्नका लागि निर्देशिका ल्याउने तयारी मात्र गरेको हो, सरोकारवालापक्षसँग छलफल गरेर मात्र यसलाई… पुरा पढौ

गरिमा विकास बैंकको १४औं साधारण सभा सम्पन्न, १४.२१ प्रतिशत लाभांश पारित

पोखरा, ३० माघ । गरिमा विकास बैंकको १४औं वार्षिक साधारण सभा शुक्रबार पाेखरामा सम्पन्न भएको छ । बैकका अध्यक्ष चन्द्रकान्त बरालकाे अध्यक्षतामा सम्पन्न सभाले १४.२१ प्रतिशत लाभांश समेत पारित गरेकाे छ । यसअघी बैंक संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट शेयरधनीहरुलाई १३.५० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । सभामा वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह, आर्थिक वर्ष २०७७/२०७८ का लागि लेखा… पुरा पढौ

सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण बन्द

लमजुङ, ३० माघ । लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमताको सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण कार्य बन्द गरिएको छ । बिहीबार जीप दुर्घटनामा परी आयोजनाका कर्मचारीको मृत्यु भएकाले आज एक दिन आयोजनाको सबै निर्माण कार्य बन्द गरिएको आयोजना साइन्ट इञ्चार्ज रमेश सिग्देलले बताए । बिहीबार आयोजना स्थलतर्फ आउँदै गर्दा अचानक जीप दुर्घनामा परी आयोजनाका कर्मचारीको मृत्यु र केही घाइते भएका थिए । बेँसीशहर नगरपालिका–१ उदिपुरबाट आयोजनास्थलतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२ च १३८३ नम्बरको बोलेरो जीप सोही गाउँपालिका–६ सिमी ताजेँमा… पुरा पढौ

आधुनिक उखुखेती गर्नका लागि विज्ञद्वारा किसानलाई प्रशिक्षण्

कञ्चनपुर, ३० माघ । कञ्चनपुरका किसानलाई आधुनिक प्रविधिको प्रयोग गरी उखुखेती गर्ने तौरतरिका सिकाउन थालिएको छ । भारतीय उखु विज्ञद्वारा आधुनिक तरिका सिकाइएको हो । उखु उत्पादक किसान हकहित संरक्षण समिति, महाकाली सुगर इन्डष्ट्रिज प्राइभेट लिमिटेड र नेपाल रेडक्रस सोसाइटीले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनाको संयुक्त साझेदारीमा उन्नत उखुखेतीबारे किसानलाई जानकारी दिन शुरु भएको छ । भारतको उत्तर प्रदेशको शाहजहाँपुरस्थित उखु अनुसन्धान केन्द्रका डा बिआरएस चौहान, डा एसके शुक्लालगायतको टोलीले किसानलाई उखु रोप्नेदेखि काटनेसम्मको तरिका सिकाउने कार्य गरिरहेको महाकाली… पुरा पढौ

महिला लघुवित्तको आइपीओ बिक्री आजदेखि खुल्ला

काठमाडौं, ३० माघ । महिला लघुवित्त वित्तीय संस्थाकाे आजदेखि सर्वसाधारणको लागि शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुल्ला भएकाे छ । संस्थाले ३ लाख ७५ हजार कित्ता शेयर जारी गरेको हाे । संस्थाले चुक्ता पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुने ४ लाख कित्ता शेयरमा ५ हजार कित्ता शेयर कर्मचारीका लागि छुट्याएको छ । यस्तै २० कित्ता सामुहिक लगानी कोषका लागि रहेको छ भने सर्वसाधारणले ३ लाख ७५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्ने भएका छन् । शेयर लगानीकर्ताले छिटोमा… पुरा पढौ