मुख्य समाचार

राधी विद्युत कम्पनीको साधारण सभा फागुन १९ गते, कस्ता छन् एजेण्डा ?

काठमाडौं, २७ माघ । राधी विद्युत कम्पनी लिमिटेडको साधारण सभा आगामी फागुन १९ गते आयोजना गरिने भएको छ । कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/२०७६ को वार्षिक साधारण सभा त्रिपुरेश्वरस्थित रजिष्टर्ड कार्यालयमा गर्ने निर्णय भएको परिपालन अधिकृत पूर्णप्रसाद तिमिल्सनाले जानकारी दिएका छन् । सभामा संचालक समितिको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब तथा सोहि समयको नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिने भएको… पुरा पढौ

शेयर बजार २९.०१ अंकले ओरालो लाग्याे, ८ अर्ब १४ करोड बढीकाे काराेबार

काठमाडाैं, २७ माघ । शेयर बजार आज ओरालो झरेको छ । नेप्सेपरिसूचक २९.०१ अंकले घटेर २५३२.४६ विन्दुमा रहेको छ । नेप्से १.१३ प्रतिशतले घटेको छ भने सेन्सेटिभ इण्डेक्स ४.८९ अंकले घटेर ४६१.७० विन्दुमा रहेको छ । आज १९४ कम्पनीको १ करोड ५९ लाख ८५ हजार १९८ कित्ता शेयर खरिदबिक्री भएको छ भने ८ अर्ब १४ करोड ६२ लाख ६९ हजार १९३ रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार केहि समयको अन्तरालमा कारोबार रकम पनि घटेको छ ।… पुरा पढौ

सनराइज बैंकमा पुनः बिवाद, सीईओले दिए राजीनामा

काठमाडौं, २७ माघ । सनराइज बैंकमा पुनः बिवाद देखिएको छ । बैंक सञ्चालक समितिभित्रै बिवाद देखिए पछि प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पदबाट राजीनामा दिएका छन् । केहि सञ्चालकहरुले बैंकका सीईओ शर्माले आफूले जे भनेपनि नमानेको भन्दै केहि समय अघिदेखि दवावमा पार्दै आएका थिए । बैंकभित्रको बिवादले उग्ररुप लिए पछि राष्ट्र बैंकसम्म पुगेको थियो । अघिल्लो वर्ष राष्ट्र बैंकले बैंकका सञ्चालकहरु र व्यवस्थापन पक्षलाई बोलाएर सम्झाएर पठाएको थियो । त्यसयता केहि समय मत्थर देखिए पनि पुनः बिवाद देखिएको हो… पुरा पढौ

नागरिक एपबाटै सामाजिक सुरक्षा कोषको सेवा लिनसक्ने

काठमाडौं, २७ माघ । सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक एपमार्फत कोषले प्रदान गर्ने सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने भएका छन् । सरकारले प्रवाह गर्ने सेवालाई ‘डिजिटलाइज’ गरी एकीकृत ‘प्लेटफर्म’मार्फत सेवा प्रवाह गर्ने लक्ष्यअनुसार नै कोषले प्रदान गर्ने सेवा मोबाइलबाट हातहातमै प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कोषले जनाएको छ । कोषका प्रवक्ता विवेक पन्थीले योगदानकर्ताले एपमार्फत आफ्नो नाममा जम्मा भएको योगदान रकमलगायत विस्तृत विवरण हेर्न सक्ने बताए । “योगदानकर्ताले कुन महिनामा कति योगदान रकम जम्मा भयो, भएन,… पुरा पढौ

अझै पनि झण्डै पाँच लाख सुकुम्वासी भूमिविहीन

काठमाडौं, २७ माघ : सुकुम्वासीका समस्या समाधान गर्ने र उनीहरुलाई भूमिको मालिक बनाउन विगतका वर्षमा धेरै प्रयास भए । चुनाव आउँदा राजनीतिक दलले समस्या समाधान गरी भूमिमालिक बनाउने भन्दै ठूलै आश्वासन पनि बाँडेका थिए । तर अझै पनि झण्डै पाँच लाख सुकुम्वासी भूमिविहीन भएर बसिरहेका छन् । कूल गरेर १४ लाखको समस्या समाधान गर्नुपर्नै जिम्मेवारी छ । विगतमा रहेको सुकुम्वासी समस्या समाधन आयोगलाई अहिले नाम फेरेर भूमिसम्बन्धी समस्या समाधान आयोग बनाइएको छ । भूमिहीन नागरिकले नामले मात्रै नभइ व्यवहारतः काम… पुरा पढौ

नमोबुद्ध नगरपालिकाकाे एकै दिन दुई वडा भवन शिलान्यास,कति छ लागत ?

काभ्रे, २७ माघ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले एकै दिन दुई वडा कार्यालय भवनको शिलान्यास गरेसँगै निर्माण कार्य अगाडि बढाएको छ । सोमबार नगर प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले नगरपालिकाकाे ८ र ९ को वडा कार्यालय भवन शिलान्यास गरेसँगै भवन निर्माण शुरु भएको हो । भवन शिलान्यास गर्दै नगर प्रमुख तिमल्सिनाले तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न गरेर भवन हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए । दुबै वडाको कार्यालय भवन निर्माणको ठेक्का जानकी निर्माण सेवा पनौती–१० ले प्राप्त गरेको छ । वडा… पुरा पढौ

नेप्सेद्वारा ११ वटा कम्पनीको शेयर कारोबार रोक्का

काठमाडौं, २७ माघ । नेपाल स्टक एक्सचेन्जले ११ वटा कम्पनीहरुले वित्तीय सूचिकरण नियमावली अनुसार वित्तीय विवरण पेश नगरेकोले उनीहरुको शेयर कारोबारलाई रोक्का गरेको छ । सोमबार सूचना प्रकाशित गरी ७ हाइड्रोपावर, २ माइक्रोफाइनान्स, १ इन्स्योरेन्स कम्पनी तथा विकास बैंकको कारोबार रोक्का गरेको जनाएको छ । शेयर कारोबार रोक्का गरिएका कम्पनीहरूमा नेपाल हाइड्रो डेभलपर, युनिभर्सल पावर, पञ्चकन्यामाई हाइड्रो, पाँचथर पावर, राधी विद्युत कम्पनी, रैराङ हाइड्रोपावर र युनियन हाइड्रोपावर हुन । अन्य शेयर कारोबार रोक्का भएका कम्पनीहरूमा नेशनल माइक्रोफाइनान्स, कालिका लघुवित्त, गुँरास… पुरा पढौ

कोरोना प्रभावित उद्योगलाई पुर्नउत्थानका लागि नीतिगत व्यवस्था गर्न माग

काठमाडौं, २७ माघ। निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड प्रभावित उद्योगलाई पुर्नउत्थान र पुनःसञ्चालनका लागि नीतिगत एवं कार्यगत संंरक्षणको आवश्यकता रहेकामा जोड दिएको छ । महासङ्घको उद्योग समितिका सभापति भरतराज आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले साेमबार उद्योग विभागका महानिर्देशक जीवलाल भुसाललाई भेट गरी उद्योग क्षेत्रमा आपसी सहकार्यका विषयमा छलफल गरेको थियो । सो अवसरमा सभापति आचार्यले महासङ्घको उद्योग समितिका कार्य क्षेत्र एवं समितिका आगामी कार्ययोजनाबारे जानकारी गराए । भेटवार्तामा उद्योगको लागि आवश्यक जग्गा प्राप्तिलाई सहज गरिनुपर्ने, एकल विन्दु सेवाको… पुरा पढौ

६ महिनामा भित्रियो करिब ५ खर्ब रेमिट्यान्स

काठमाडौं, २६ पुस । चालु आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा विदेशबाट ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाबारे अध्ययन रिपोर्ट अनुसार रेमिट्यान्स ११.१ प्रतिशतले बढेर ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । पुरा पढौ

दोस्रो चरणको खोप अभियान शुरु

काठमाडौं, २६ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप दोस्रो चरणको अभियान आजदेखि सञ्चालन गरेको छ । पहिलो चरण यही माघ २४ गते सकाएपछि मन्त्रालयले आजदेखि दोस्रो चरणको खोप शुरु गरेको हो । दोस्रो चरणको खोप पत्रकार, कूटनीतिक नियोगका पदाधिकारी र कर्मचारी तथा अग्रपङ्क्तिमा काम गर्ने सरकारी कर्मचारीलाई प्रदान गर्ने कोभिड–१९ खोप सल्लाहकार समितिका संयोजक डा श्यामराज उप्रेतीले जानकारी दिए । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाएपछि बचेको खोप नेपालस्थित… पुरा पढौ