मुख्य समाचार

नेप्सेमा ८.६६ अंककाे बृद्धि, कारोबारमा ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडी

काठमाडौं, २८ माघ । शेयर बजार आज सामान्य अंकले उकालो लागेको छ । आज नेप्से परिसूचक ८.६६ ले बृद्धि भएको हाे । यसरी बृद्धि भएको नेप्से २५४३.०३ विन्दुमा पुगेर रोकिएको छ । नेप्से आज ०.३४ प्रतिशतले वृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स २.५६ अंकले बढेर ४६५.१३ अंकमा पुगेको छ । आज १९१ कम्पनीको १ करोड ४९ लाख ६ हजार ७७ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ६४ करोड ९४ लाख ११ हजार ३९८ रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल… पुरा पढौ

गाँउको विकासमा रमाउने मेजर साहेब

मेजर दिलबहादुर गुरुङलाई पोखरा बगालेटोल स्थीत घरमा भेट्न जाँदा जहिले पनि परिवारबाट एउटै उत्तर आउँछ– मेजर साहेब गाउँमा जानुभएको छ । ८१ बर्ष टेकेका मेजर साहेब गाउँमा किन जानुहुन्छ भन्ने प्रश्नमा उनी भन्दछन्– किन किन गाउँमा आउँदा बेग्लै आनन्दको अनुभुति हुन्छ । जहाँ मेरो बाल्यकाल वित्यो । म जन्मेको गाउँ गलेम अत्यन्त दुर्गम मानिन्थ्यो तर अहिले गाउँसम्म मोटरबाटो पुगेको छ । सर्केटारी गलेम पञ्चासे ग्रामीण सडक उपभोक्ता समितिको अध्यक्षका नाताले जबसम्म यो बाटो पूरा हुन्न, तबसम्म गाउँमा नै गइरहन्छु ।… पुरा पढौ

सनराइज बैंकको सीईओमा सुमन शर्मा नियुक्त

काठमाडाैं, २८ माघ । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले बैंकर शर्मालाई ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैककाे प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका शर्मा यसअघी माछापुच्छ्रे बैककाे सीईओ थिए । माछापुच्छ्रेमा सिइओ हुनुअघि शर्मा ग्लोबल आइएमइ बैंकमा कार्यरत थिए। त्यसअघि पनि शर्मा माछापुच्छ्रे बैंककै नायव प्रमुख कार्यकारी अधिकृत थिए । शर्माले एनएमबि बैंकको सहायक महाप्रबन्धक भएर पनि काम गरेका थिए। शर्माकाे बैंकिङ क्षेत्रमा २… पुरा पढौ

रेलकाे भाडादर रु ७५ प्रस्ताव, एकैपटक १ हजार ३०० जना यात्रुले यात्रा गर्न सक्ने

काठमाडौं, २८ माघ । कुर्था–जयनगर रेलमार्गमा सडकमा सरकारले तोके जतिकै भाडादर कायम गरिने भएको छ । सो रेलमार्गमा रेल सञ्चालनको तयारी अघि बढाइरहँदा नेपाल रेल्वे कम्पनी लिमिटेडले भाडादर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर सडकमा भाडादर रु ७५ प्रस्ताव गरिएको कम्पनीका महापबन्धक गुरु भट्टराईले जानकारी दिए । अरु सवारीसाधन जति नै हुनेगरी भाडादर प्रस्ताव गरिएको भट्टराईले बताए । रेलकाे डिलक्स सिटका लागि भने केही महँगो भाडा पर्नेछ । सामान्य भन्दा चारदेखि… पुरा पढौ

उदयपुरमा १५ करोडकाे सुन्तला बिक्रि, वार्षिक ५० करोडकाे उत्पादन गर्ने लक्ष्य

उदयपुर, २८ माघ । उदयपुर जिल्लामा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको छ । वर्षेनी व्यावसायिक रुपमा उत्पादन हुँदै आएको सुन्तला यस वर्ष गत वर्ष भन्दा वृद्धि भएर ६ हजार ५०० मेट्रिक टन भएको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ । ज्ञान केन्द्रका अनुसार गतवर्ष यहाँको पहाडी क्षेत्रमा कूल पाँच हजार २४६ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष अनुकूल हावापानीले गर्दा उत्पादन वृद्धि भएर छ हजार ५०० मेट्रिक टन सुन्तला उत्पादन हुन पुगेको प्राविधिक अधिकृत अम्बिका भट्टराईले… पुरा पढौ

४ वर्ष बित्दा पनि सम्पन्न भएन ढोलाहिटी-लेले सडक

काठमाडौं, २८ माघ । विस्तार शुरु भएको चार वर्ष बित्दासमेत ढोलाहिटी–लेले सडक अझै सम्पन्न भइसकेको छैन । पुस मसान्तसम्ममा सडकको औसत भौतिक प्रगति ५५ प्रतिशत रहेको छ । सवारी साधनको चाप उच्च भए पनि साँघुरो रहेको सडकलाई २० मिटर चौडाइ कायम गर्ने गरी चार वर्ष पहिले ठेक्का सम्झौता भएको थियो । लामो समयसम्म चौडाइ विवादकै कारण काम अघि बढ्न नसकेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सो सडक खण्डमा वन क्षेत्रमा बाहेक अन्यत्र बस्ती क्षेत्रमा चौडाइ बढाउन नसकिएको… पुरा पढौ

महालक्ष्मी लाईफ इन्स्योरेन्सले ६० करोडको शेयर जारी गर्ने

काठमाडौं, २८ माघ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको सर्वसाधारणका लागि शेयर निष्काशनको प्रक्रिया शुरु गरेको छ । बजारमा सेयर काराेबारकाे माग बढिरहेकाे बेला शेयर निष्काशन हुदा याे इन्स्योरेन्सकाे सेयर अत्यधिक बिक्री हुने कम्पनीले बिस्वास लिएकाे छ । महालक्ष्मीले स्थापनाको दुई वर्षको अवधिमा ६२ वटा शाखा र उपशाखाबाट कार्य गरिरहेको जनाएको छ । १६ हजार १९० जनालाई प्रशिक्षण दिएको, ९ वटा नयाँ कार्यक्रम ल्याएको र १६५ करोड बीमा शुल्क संकलन गरेको जनाईएको छ । कम्पनीको लगानी २५६ करोड… पुरा पढौ

निर्वाचनका लागि ७ अर्ब बराबरको स्रोत सुनिश्चित

काठमाडाैं, २८ माघ । सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचनका लागि पहिलो चरणमा रु सात अर्ब बराबरको बजेट उपलब्ध गराएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन आयोगलाई पहिलो चरणमा रु सात अर्ब बराबरको स्रोत उपलब्ध गराएको जानकारी दिए । सरकारको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाखमा निर्वाचन गर्ने घोषणा गरिसकेकि छन् । अर्थमन्त्री पौडेलले खर्च नहुने विभिन्न क्षेत्र तथा आयोजनाको रकम निर्वाचनमा खर्च गर्ने गरी बजेट निर्धारण गरिएको बताएका छन् । उनले निर्वाचनमा… पुरा पढौ

महासंघको बैंक तथा वित्तीय समितिकाे सभापतिमा अग्रवाल

काठमाडाैं, २८ माघ । नेपाल उद्योग वाणिज्य महासंघले शाहिल अग्रवालकोे सभापतित्वमा गठित बैंक, वित्तीय तथा बीमा समिति विस्तार गरेको छ । समितिका सहसभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू शक्तिकुमार वेगानी र सुवोधकुमार गुप्ता रहेका छन् । कार्यकारिणी समितिमा शिखर इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डे, ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, चार्टडर्ड एकाउन्टेन्ट सुवाष झुनझुनवाला, महासङ्घको कार्यकारिणी समितिका पूर्वसदस्यहरू सुनिलनारायण श्रेष्ठ, रामकृष्ण प्रसाईं र व्यवसायी प्रकाश तिवारी छन्। त्यसैगरी समितिको आमन्त्रितमा महासङ्घको कार्यकारिणी समितिका सदस्यहरू विजयसिंह वैध, सन्दिपकुमार अग्रवाल,… पुरा पढौ

रोजगारी वृद्धि गर्न परिसंघको आग्रह

काठमाडाैं, २८ माघ । नेपाल उद्योग परिसङ्घका पदाधिकारीले मुख्यसचिव शङ्करदास वैरागीसँग भेट गरी औद्योगिक विस्तारबाट रोजगारी सिर्जना गर्ने विषयमा छलफल गरेका छन् । छलफलमा परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले विभिन्न क्षेत्रका उद्योगले नेपालको कूल ग्राहस्थ उत्पादनमा पु¥याएको योगदानलाई उजागर गर्दै उत्पादनमूलक उद्योगको क्षमता विकास र प्रतिस्पर्धी बनाइ स्वदेशमा नै रोजगारी सिर्जना गर्न नेपाल सरकारले सहज वातावरण तयार गर्नुपर्ने बताए । अध्यक्ष मोरले नेपालको युवा शक्ति विदेशमा गएर रोजगारी गर्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै विदेशमा रहेका युवालाई पनि स्वदेशमा नै अवसर प्रदान गर्नको… पुरा पढौ