मुख्य समाचार

सम्पदा क्षेत्रमा उपभोक्ता समितिका कामको अध्ययन गर्न समिति

काठमाडौं, २७ पुस । उपभोक्ता समितिमार्फत सम्पदा क्षेत्रको सडक निर्माणका लागि पेश्की दिएको एक दशक पुग्न लाग्दा पनि काम नभएपछि वास्तविक अवस्था बुझ्न अध्ययन समिति गठन गरिएको छ । काठमाडौं महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रमले आर्थिक वर्ष २०६९÷०७० मा उपभोक्ता समितिमार्फत इँटा एवं ढुङ्गा छपाइ गर्नेगरी १९ नं वडामा स्वीकृत गरेका तीन वटा कार्यक्रम अझै अलपत्र छ । आठ वर्षदेखि उपभोक्ता समितिका काम अलपत्र भएपछि वास्तविकता पत्ता लगाउन महानगरपालिका सम्पदा विभागका प्रमुख अर्चना शाक्यको संयोजकत्वमा समिति गठन गरिएको कार्यक्रम प्रमुख… पुरा पढौ

पृथ्वीजयन्तीमा पोखरामा तामझामका साथ र्‍याली प्रदर्शन

पोखरा, २७ पुस । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै पोखरामा २९९ औं पृथ्वीजयन्ती मनाइएको छ । देशमा राजतन्त्र अन्त्यपछिको हालसम्मको समयमा पृथ्वीजयन्तीलाई पोखरामा यसपालि सबैभन्दा बढी तामझामका लागि मनाइएको हो । चिप्लेढुंगाबाट सुरु भएको झाँकी सहितको ¥यालीले पोखरा बजार परिक्रमा गरी पृथ्वीचोकमा आएर सभामा परिणत भएको थियो । र्‍यालीका सहभागीहरुले राजा आउ देश बचाऊ, हिन्दू राष्ट्र कायम गर लगायतका नाराबाजी गर्दै राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायणको जयजयकार गरेका थिए । उनीहरुले पञ्चेबाजा, भजनकीर्तन, लाखे नाच सहित विभिन्न समुदायका… पुरा पढौ

समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षालाई साकार पारौं : मुख्यमन्त्री गुरुङ

पोखरा,२७ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्ने दिशामा एकताबद्ध भई लाग्न आग्रह गरेका छन् । राष्ट्रिय एकता दिवस पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।  गुरुङले पृथ्वीनारायण शाहले शुरु गरेको भौगोलिक एकीकरणको जगमा उभिएर समाजवादतर्फ उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थालाई सुदृढ पार्नुपर्नेमा जोड दिएका छन् ।  स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई शुभकामना दिँदै गुरुङले नेपालको गौरवशाली इतिहासको महत्वपूर्ण घटनाक्रमको रुपमा रहेको… पुरा पढौ

पुर्खाको त्यागले निर्माण भएको राष्ट्र समुन्नत बनाउने दायित्व हाम्रो काँधमा छः राष्ट्रपति

काठमाडौं, २७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छन् । गोरखाका राजा पृथ्वीनारायणले नेपाल एकीकरणको जग बसालेको तथा विविध धर्म, संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सबल राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमि नेपाल एकीकरणले तयार गरेको जनाउँदै राष्ट्रपतिले बहुलताबीच सद्‌भावपूर्ण एकता हाम्रो राष्ट्रिय सामर्थ्यको सदुपयोग गर्दै अघि बढ्न सके मात्र मुलुकले विकासमा… पुरा पढौ

कामदार र मजदुरको नाममा भ्याट छली

काठमाडाैं, २७ पुस । सरकारको छानबिनबाट बच्नका लागि व्यापारीले कामदार तथा मजदुरका नाममा समेत मूल्य अभिवृद्धि कर (भ्याट) नम्बर तथा बैंक खाता खोलेर ठगी गर्ने गरेकाे पाइएको छ । राजश्व अनुसन्धान विभागले गरेको अनुसन्धानका क्रममा त्यस्तो बदमासी देखिएको हो । विभागले उच्च अदालत पाटनमा एक व्यवसायी विरुद्ध दायर गरेको मुद्दामा जोडिएका केही व्यक्ति कामदार तथा श्रमिक रहेको पाइएको छ । नक्कली भ्याट बिल बनाई राजश्व छली गरेको अभियोगमा विभागले न्यू सयपत्री इन्टरप्राइजेजका सञ्चालक मनिषुकमार समेत १५ जना विरुद्ध रु एक… पुरा पढौ

सुनचाँदी व्यवसायी महासङ्घमा माणिकरत्न शाक्य निर्वाचित

काठमाडौ, २७ पुस । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको नयाँ नेतृत्वमा माणिकरत्न शाक्य निर्वाचित भएका छन् । महासङ्घको काठमाडाैंमा सम्पन्न आठौँ वार्षिक साधारणसभा एवं तेस्रो महाअधिवेशनबाट शाक्य अध्यक्षमा निर्वाचित भएका हुन । साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली निर्वाचित भए । यस्तै उपाध्यक्षहरुमा क्रमशः मोहनकाजी शाक्य, दियेशरत्न शाक्य र विपिन रामुदामु निर्वाचित भए । एसोसिएटस उपाध्यक्षमा पवन सोमानी, महासचिवमा धर्मसुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवद्वयमा किरणभाइ बज्राचार्य र बाबुराम विश्वकर्मा निर्वाचित र प्रवक्तामा मनोजकुमार शाह तथा सहकोषध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित भए ।… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघमा नारायण कोइराला निर्वाचित (मतपरिणामसहित)

पोखरा, २६ पुस । पोखरा उद्योग वाणिज्य संघ अध्यक्षमा  नारायण कोइराला निर्वाचित भएका छन् । संघको ३३ औं महाधिवेशनअन्तर्गत शनिबार भएको मतदानको अन्तिम मतगणना परिणाममा अध्यक्षका प्रत्यासी बिन्दु कोइराला सुवेदीलाई ४ सय १० मतअन्तरले पराजित गर्दै आफ्नो प्यानलको वर्चश्व कायम गरेका छन् । निर्वाचित नारायण कोइरालाले १ हजार ३ सय ७५ मत प्राप्त गर्दा बिन्दुले ९ सय ६५ मत प्राप्त गरिन् ।    ३ हजार १ सय ५४ मतदातामध्ये मतदान प्रक्रियामा २ हजार ३ सय ६५ मत खसेको निर्वाचन समितिले जनाएको छ… पुरा पढौ

बालबालिकाको सुन्दर भविष्य निर्माणको लागि गरिमा बैंकको आकर्षक योजना

काठमाडौं, २६ पुस । गरिमा विकास बैंकले अघि सारेको “सुनौलो भविष्य बाल निक्षेप योजना” बालबालिकाहरुको सुन्दर भविष्य निर्माणको लागी अत्यन्त प्रभावकारी छ । यस योजना अन्तर्गत न्युनतम रु ५०० मा खाता खोलेर निक्षेप योजना भरी मुद्घतीको ब्याज पाउनुको साथै समय समयमा थप वचत थप्दै जान पनि सकिन्छ । यस योजनामा भर्खर जन्मेका शिशु देखि अधिकतम १५ वर्षसम्मका बालबालिकाहरुको खाता खोल्न सकिनेछ । ‘आजको बचत भोलीको आधार’ नारा रहेको यस बचत योजनामा हरेक महिना बचतको केहि भाग आफ्नो बच्चाको सुनौलो भविष्यको… पुरा पढौ

पाेखरा उद्याेग वाणिज्य संघकाे नेतृत्वमा पुगे नारायण काेइराला

पाेखरा, २६ पुस । पाेखरा उद्याेग वाणिज्य संघकाे ३३ औं महाधिवेशनबाट नेतृत्वमा नारायण काेइराला पुगेका छन् । उनले स्वतन्त्र प्यानलकाे नेतृत्व गरी अध्यक्षकाे प्रत्यासी बनेकी विन्दु काेइराला सुवेदीलाइ ४१० मतान्तरले पराजित गरेका हुन । नारायण काेइरालाले १३७५ प्राप्त गर्दा प्रत्यासी सुवेदी काेइरालाले ९६५ मत प्राप्त गरिन । उपाध्यक्षमा वाणिज्यतर्फ महासचिव अर्जुन पाेखरेल विजयी भए । उनले १२४४ मत प्राप्त गरे । उनका प्रतिद्वन्दि साेवित पाैडेलले १०९६ मत प्राप्त गरे । उपाध्यक्ष उद्याेगतर्फ गाेकर्ण कार्कि विजयी भएका छन् । उनले १३२७… पुरा पढौ

उपाध्यक्षमा कार्की र पाेखरेल, महासिचवमा बिजुक्क्षे विजयी

पाेखरा, २६ पुस । पोखरा उद्योग वाणिज्य संघको वाणिज्य तर्फ अर्जुन पोखरेल वियजी भएका छन् । प्रतिद्वन्दि सोवित पौडेल थिए । यस्तै उद्योगतर्फको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार गोकर्ण कार्किले चिनु कुमारी गुरु पराजित गरेका छन् । महासचिवमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् । उनले धनिराम वराललाई पराजित गरेका हुन । उपमहासचिवमा केशव बहादुर खत्री विजयी भएका छन् । उनले धर्मराज बर्तौलालाई पराजित गरेका हुन । कोषाध्यक्षमा वलराम आचार्य विजयी भएका छन् । उनले तारानाथ ढुंगानालाई पराजित गरेका हुन । पुरा पढौ