मुख्य समाचार

ऊर्जामा आम जनताको पहुँच पुर्याउनु पर्छ

काठमाडाैं, २५ पुस । गरीब जनताको जीवनस्तरमा सुधार ल्याउन र शिक्षा, स्वास्थ्यजस्ता संविधानप्रदत्त मौलिक हकको सुनिश्चितका लागि ऊर्जामा आम जनताको पहुँच पुर्याउनु पर्नेमा जोड दिइएको छ । सरकारले ल्याउन लागेका विद्युत् र ऊर्जासँग सम्बन्धित विधेयकमा विपन्न जनताको पहुँच अभिवृद्धिका लागि पहल गरिनुपर्ने एक कार्यक्रममा ऊर्जासम्बन्धी विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले जोड दिएका हुन् । मुलुकको ऊर्जा नीति र कानून विषयमा नेपाल ऊर्जा फाउण्डेशनको आयोजना गरेको कार्यक्रममा सो संस्थाका अध्यक्ष मोहनदास मानन्धरले समाजमा विद्यमान असमानताको अन्त्य गर्न गरीब तथा उपेक्षित वर्ग समुदायमा ऊर्जाको… पुरा पढौ

महानगरकाे पाख्रीबास नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रस्ताव स्वीकृत

काठमाडौं, २५ पुस । काठमाडौं महानगरपालिकाले धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रस्ताव स्वीकृत गरेको छ । कामपाको ५५ औं कार्यपालिका बैठकले सो निर्णय गरेको हो । कामपाले यसअघि १६ वटा विदेशी शहरसँग र तीनवटा स्वदेशका विभिन्न नगरसँग भगिनी सम्बन्ध स्थापना गरिसकेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले आठौं नगरसभामा प्रस्तुत हुने प्रस्ताव स्वीकृत गरेको छ । यही पुस २७ गतेको सभामा चालु आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम एवं तीन विधेयक स्वीकृतिका लागि पेश… पुरा पढौ

ट्रम्पविरुद्ध दोस्रो महाअभियोग सोमबार

बोस्टन, अमेरिका, २५ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध संसदमा आगामी सोमबार महाअभियोग प्रस्ताव लैजाने तयारी थालिएको छ । डेमोक्रेटिक पार्टीका तर्फबाट ट्रम्पलाई बाँकी कार्यकाल अगावै पदमुक्त गर्ने प्रयासस्वरुप महाअभियोग प्रस्ताव आउन लागेको हो । आफ्नो कार्यकाल १० दिन बाँकी रहँदा राष्ट्रपति ट्रम्पले सोमबार दोस्रोपल्ट महाअभियोगको सामना गर्नुपर्ने भएको छ । उनीविरुद्ध सन् २०१९ को डिसेम्बरमा पनि डेमोक्रेटिक दलले महाअभियोग लगाउन प्रस्ताव ल्याएका थिए । यद्यपि उक्त प्रस्ताव पारित भने भएन । गत बुधबार संसदका दुवै सदन चलिरहेको बेला उनका… पुरा पढौ

संविधानको आकर्षित नहुने धारा प्रयोग गरी प्रतिनिधिसभा विघटनः पूर्वप्रधानन्यायाधीश

काठमाडौं, २५ पुस । पूर्वप्रधानन्यायाधीशहरुले सरकारले संविधानको आकर्षित नहुने धारा प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेको धारणा सार्वजनिक गरेका छन् । पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्तरुपमा जारी गरेको प्रेस विज्ञप्तिमा संविधानले अधिकार दिएकामा बाहेक प्रतिनिधिसभा विघटन गर्ने जस्तो अधिकार आफूमा अन्तर्निहित रहेको भन्न, अधिकार सिर्जना गर्न वा ग्रहण गर्न मिल्ने अवस्था नदेखिने जनाइएकाे छ । सर्वाेच्च न्यायालयका चार पूर्वप्रमुखको विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधान २०७२ को धारा ७६ मा मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो… पुरा पढौ

निर्वाचनमा ढुक्क भएर होमिन प्रधानमन्त्रीको आह्वान

सुदूरपश्चिम, २४ पुस । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा ढुक्क भएर होमिन स्थानीय नेता तथा कार्यकर्ताहरूलाई आह्वान गरेका छन् । धनगढीमा आज आयोजित नेकपा सुदूरपश्चिमस्तरीय आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आउने चुनावमा गलत उम्मेदवारलाई नभई देश विकासमा लाग्नेलाई मत दिन आग्रह गरे । प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर भन्नेहरुलाई एक पटक संविधान पढ्न आग्रह गर्दै प्रधानमन्त्रीले भने, “६४ प्रतिशतको प्रतिनिधित्व गरेको प्रधानमन्त्रीले देश बर्बाद हुने महसुस गरी ताजा जनादेशमा जाने… पुरा पढौ

चालक अनुमतिपत्रका लागि अनलाइन फाराम भर्न समस्या

यातायात व्यवस्था कार्यालयमा नयाँ चालक अनुमतिपत्रका लागि अनलाइन फाराममा समस्या आउँदा सेवाग्राही हैरान भएका छन् । निश्चित सङ्ख्यामा मात्रै सेवाग्राहीले फाराम भर्न पाउने व्यवस्था गर्दा समस्या आइरहेको छ र सर्भरमा पनि समस्या आइरहेको विभागले जनाएको छ । तोकिएको सङ्ख्या सकिएपछि सर्भरले काम नगर्ने र सेवाग्राहीले दुःख पाइरहेको गुनासो आएको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए । उनका अनुसार अहिले सर्भर स्तरोन्नति गर्ने गरी छलफल भइरहेको छ । त्यस्तै, सङ्ख्या तोकिदिँदा सेवाग्राहीले फारम नै भर्न नपाएकाले त्यो हटाउने गरी छलफल भइरहेको उनले… पुरा पढौ

राजनीतिभन्दा माथि उठेर समग्र व्यावसायीक क्षेत्रकाे हितमा काम गर्नुपर्छः मन्त्री गुरूङ

पाेखरा, २४ पुस । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले व्यवसायीक संस्थाहरूमा राजनीति गर्न नहुने बताएका छन् । पोखरा उद्योग बाणिज्य संघको ३३ औं महाधिवेशनको शुक्रबार उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री गुरुङले पाेउवा संघमा राजनीतिभन्दा माथि उठेर समग्र व्यवसायीको हकहितका लागि काम गर्नुपर्ने बताए । याे क्षेत्र व्यवसायीक क्षेत्र हाे, उनले भने, देशको आर्थिक विकासमा निजी क्षेत्रकाे ठूलाे महत्व छ । अर्थतन्त्रकाे मेरुदण्डको रुपमा रहेकाे निजी क्षेत्रमा राजनीति छाँयाले असर गर्ने भएकाेले व्यवसायीकाे हकहितकाे पक्षामा नै लाग्नुपर्छ… पुरा पढौ

माघदेखि काठमाडौं उपत्यकाका विद्यालय पनि खुल्ने

काठमाडौं, २४ पुस । कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौं उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी आउँदो माघदेखि क्रमशः खुल्ने भएका छन् । गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिकसत्रभरि नै नखुल्दा विद्यार्थीमा नकारात्मक प्रभाव पर्न सक्ने विश्लेषणसहित यहाँका विद्यालयले सम्बन्धित निकायको समन्वयमा प्रत्यक्ष कक्षा सञ्चालनको तयारी गरेका हुन् । अनलाइन तथा रेडियो-टेलिभिजनमा आधारित वैकल्पिक माध्यमको पढाइ प्रभावकारी नभएकाले पनि विद्यालय खोल्न दबाब परेको हो । कोरोना जोखिम कम भएका काठमाडौं उपत्यका बाहिरका अधिकांश स्थानका विद्यालय गत… पुरा पढौ

भारतमा बर्डफ्लु देखिएपछि नेपालमा उच्च सतर्कता

चितवन, २४ पुस । भारतमा बर्डफ्लु देखिएसँगै नेपालमा उच्च सावधानी अपनाउन थालिएको छ । सरकार र निजी क्षेत्रबाट आ–आफ्नो ढङ्गले सावधानी अपनाउन थालेका छन् । सरकारले भारतमा बर्डफ्लु देखिएपछि पशु सेवा विभागअन्तर्गतका कार्यालय र क्वारेन्टिनलाई सक्रिय बनाएर पक्षीजन्य पदार्थ आयातमा रोक लगाएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा दयाराम चापागाईका अनुसार पक्षीजन्य पदार्थ आयातको सिफारिस दिइँदै आएकामा बन्द गरिएको हो । जिल्लामा प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला बर्डफ्लु प्राविधिक समिति हुने गर्दछ । चापागाईका… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन

पोखरा, २४ पुस । पोखराको सबैभन्दा जेठो संघ पोखरा उद्योग वाणिज्य संघमा यतिबेला चुनावी रन्को छ । संघको ३३ औं महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । दुई दिनसम्म चल्ने महाधिवेशनले आगामी २ वर्षका लागि २९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । पहिलो दिन उद्घाटन सत्र र दोस्रो दिन मतदान कार्यक्रम रहेको संघले जनाएको छ । उद्घाटन सत्र भर्चुअलमार्फत बिहान ११ बजेदेखि सुरु हुनेछ भने भोलिपल्ट शनिबार बिहान १० देखि नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा मतदान कार्यक्रम रहेको छ । पुसको कठ्याङ्ग्रिँदो चिसोमा पनि… पुरा पढौ