मुख्य समाचार

विराटनगर आँखा उपचारको केन्द्र बन्दै

विराटनगर, २३ पुस । विराटनगर आँखा अस्पताल देशकै अब्बल आँखा अस्पतालका रुपमा चिनिएको छ । नेपाली मात्र होइन, छिमेकी मुलुक भारत, भुटान, बङ्गलादेश लगायतबाट पनि यहाँ बिरामी आउने गर्छन् । सन्तुलित आहार नलिने, हरियो सागसब्जी नखाने, स्वच्छ वातावरणमा नबस्ने, आँखालाई सामान्य रुपमा लिने मानिस नै आँखाका बढी रोगी हुने गरेको चिकित्सकहरु बताउँछन् । सन् २००४ मा भाडाको घरबाट शुरु भएको बिराटनगर आँखा अस्पतालमा अहिले वर्षमा एक लाखभन्दा बढी विरामीको आँखाको बिभिन्न शल्यक्रिया हुँदै आएको छ । फेको, जेप्टोजस्ता आधुनिक प्रविधिमार्फत… पुरा पढौ

अमेरिकी संसद भवनमा ट्रम्पका समर्थकद्वारा हमला, ट्रम्पमाथि “सत्ताविद्रोह” को आरोप

वासिङ्टन, २३ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले अमेरिकी संसद भवन क्यापिटोल हिलमा आक्रमण गरेका छन् । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनको विजयलाई संसदको संयुक्त सत्रले प्रमाणीकरण गर्ने कार्यक्रम चलिरहँदा ट्रम्प समर्थकहरुले संसद भवनमा हमला गरेका थिए । ट्रम्प समर्थकको उक्त कार्य अमेरिकी प्रजातन्त्रको मुटुमै आक्रमण भएको भन्दै सर्वत्र आलोचना भएको छ भने राष्ट्रपति ट्रम्पमाथि सत्ताविद्रोहको प्रयत्न गरेको आरोप लागेको छ । राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली भएको दाबी गर्दै रिपब्लीकन सांसदहरुलाई पटकपटक जो बाइडेनलाई प्रमाणीकरण नगर्न अनुरोध गरेका थिए ।… पुरा पढौ

लागत खर्च १९ करोड भएकाे काष्ठमण्डप पुनः निर्माण ८५ प्रतिशत सकियो

काठमाडौं, २३ पुस । काष्ठमण्डप पुनःनिर्माणको कामअन्तर्गत हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ । बाँकी १५ प्रतिशत पनि आगामी वैशाखसम्ममा सकिने जनाइएको छ । यसका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकाे छ । निर्माणअन्तर्गत अहिले अन्य काम सकी छानो छाउने तयारी भएको छ । त्यसका लागि आवश्यक पर्ने काठको अभाव भएकाले रौतहटबाट ल्याउने तयारी भएको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्ययले बताए । आगामी वैशाखसम्ममा निर्माण सक्ने लक्ष्यअनुरूप काम भइरहेको उनले बताए । निर्माणका क्रममा काठको अभाव… पुरा पढौ

सिटिजन्स बैंकको तिनाउ मिसनसंग प्राप्तिको सम्झौता सम्पन्न, माघ १५ मा विशेष साधारण सभा

काठमाडौं, २३ पुस । सिटिजन्स बैंककाे तिनाउ मिसन डेभलपमेण्ट बैंकसंग प्राप्तिको लागि सम्झौता सम्पन्न भएको छ । दुबै बैंकले विलयका लागि माघको १५ गते विशेष साधारण सभा बोलाएका छन् । सिटिजन्स बैंकको नेपालकाे केन्द्रीय बैंकबाट 'ख' बर्गको इजाजत प्राप्त बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्तिको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । आयोजित कार्यक्रममा बैंकका संचालक, मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ डेभलपमेण्टका संचालक, मर्जर तथा प्राप्ति संयोजक राजेन्द्रप्रसाद ओझाले सम्झौता पत्रमा हस्ताक्षर गरेका… पुरा पढौ

सिंगटी हाइड्रोले पायो ४३ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति

काठमाडौं, २३ पुस । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सिंगटी हाईड्रोपावर लिमिटेडलाई ४३ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशनको अनुमति दिएको छ । कम्पनीका अनुसार प्रतिकित्ता रुपैयाँ १०० को दरले ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न तथा बिक्री खुल्ला गर्नको लागि निदवेदन दिईएकोमा सो निवेदन स्वीकृत भएको छ । कम्पनीको साधारण शेयर निष्काशन र बिक्रीका लागि मेघा क्यापिटल मार्केट बिक्री प्रबन्धक तोकिएको छ । पुरा पढौ

कोरोनाकाे महामारीभन्दा काठमाडौंकाे वायु प्रदूषण उपत्यकाका लागि खतरनाक

काठमाडौं, २३ पुस । कोरोना भाइरसको महामारीभन्दा वायु प्रदूषण काठमाडौं उपत्यकाका लागि खतरनाक रहेको छ । गणेशमानसिंह अध्ययन प्रतिष्ठानले आयोजना गरेको छलफलमा सहभागी विज्ञले समयमै सरकारले वायु प्रदूषण कम गर्न स्पष्ट नीति र योजना नल्याए काठमाडौं उपत्यकाको स्थिति भयावह हुने बताए । दिनहुँ सवारीसाधन थपिँदै गएका, कलकारखाना सञ्चालन हुनेक्रम बढ्दै गएको, विकास निर्माणले गति लिँदा वायु प्रदूषण बढ्दै गएको छ । समयमै वायु प्रदूषण कम गर्न सरकारले कदम चाल्नुपर्नेमा डा ढुङ्गानाले जोड दिए । वायु प्रदूषण कम गर्न तथा हुन… पुरा पढौ

अमेरिकी संसदका डेमोक्र्याटको बहुमत, डिसीमा तनाव

बोस्टन, अमेरिका, २३ पुस । अमेरिकी संसदको दुवै सदन सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभ्समा एक दशकपछि डेमोक्रेटिक पार्टीलाई बहुमत प्राप्त भएको छ । हिजो मंगलबार जर्जिया राज्यमा संसदको माथिल्लो सदन सिनेटका दुई सदस्यका लागि भएको निर्वाचनमा डेमोक्रेटिक पार्टीले जित हात पारेपछि यो सम्भव भएको हो । प्राप्त पछिल्लो मत परिणामअनुसार डेमोक्रेटिक उम्मेदवार राफल वार्नक र जोन ओसफ विजयी हुने प्रक्षेपण गरिएको छ । जसअनुसार रिपब्लिकन उम्मेदवारहरु डेभिड पर्डयु र केली लोफ्लर पराजित भएका छन् । उनीहरुले हालसम्म पाएको मत र… पुरा पढौ

रुसका दश लाखलाई स्पुट्नीक भी खोप दिइयो

मस्को, २३ पुस । रुसका दश लाखभन्दा बढी मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप स्पुट्नीक भी खोप दिइएको छ । खोप उत्पादक संस्थाले खोप लगाइएको सम्बन्धी विवरण सामाजिक सञ्जाल ट्वीटर मार्फत सार्वजनिक गरेको हो । कोरोनाभाइरस विरुद्धको खोप विकास गरिएको दाबी गर्नेमा रुस सबैभन्दा अगाडि थियो । जसले अगस्ट ११ मा खोप विकास गरिएको घोषणा गरेको थियो । त्यसपछि अन्य देशहरूले पनि विकास गरेको घोषणा गरेका थिए । खोपको प्रयोग भने सबैभन्दा पहिला बेलायतमा गरिएको घोषणा गरिएको थियो । त्यसपछि अरु देशहरूले… पुरा पढौ

सिनर्जी पावर कम्पनीले नयाँ जलविद्युतमा लगानी गर्ने

काठमाडौं, २२ पुस । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीले आज भर्चुअल माध्यमबाट गरेको साधारणसभामा सो प्रस्ताव पारित भएसँगै कम्पनीलाई सोलुखुम्बुको होंगु खोलामा रहेको २२ मेगावाटको ‘मध्य होंगु खोला ‘ए’ जलविद्युत् आयोजनामा लगानी गर्ने बाटो खुलेको हो । आयोजनामा कम्पनीले स्वपूँजीको ४० प्रतिशत शेयर लगानी गर्ने उल्लेख गरिएको छ । यस आयोजनाले विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरी नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीद बिक्री सम्झौता गरिसकेको कम्पनीका अध्यक्ष इन्द्रबहादुर थापाले जानकारी दिए ।… पुरा पढौ

शेयर बजार दोहोरो अंकले वृद्धि, ४ अर्ब ४२ करोडको कारोबार

काठमाडौं, २२ पुस । शेयर बजारमा सुधार देखिन थालेको छ । नेप्सेमा वृद्धि भईरहेको छ । शेयर कारोबार औसतमा सन्तोषजनक रहेको छ । आज शेयर बजार दोहोरो अंकले बढ्यो । आज नेप्से ०.६० प्रतिशतले बढेको हो । नेप्से परिसूचक १३.०७ अंकले वृद्धि भएर २१७८.५७ विन्दुमा पुगेर रोकियो । सेन्सेटिभ परिसूचक भने ४.४५ अंकले वृद्धि भएर ४१८.१४ अंकमा रहेको छ । आज २०५ कम्पनीको १ करोड ५ लाख ३५ हजार २१६ कित्ता शेयरको खरिदबिक्री भएको छ । यसबाट ४ अर्ब ४२… पुरा पढौ