मुख्य समाचार

प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार खुला, पहिलो कारोबार १३७ रुपैयाँमा

काठमाडौं, १९ पुस । पिएलआई संकेतमा प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार आजबाट खुला भएको छ । आज बजार खुलेपछि प्रभु लाईफको पहिलो कारोबार प्रतिकित्ता १३७ रुपैयाँमा भएको छ । कम्पनीको शुक्रवार २ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो । नेप्सेले शेयरको ओपनिङ रेञ्ज घटिमा १०९ रुपैयाँ ५६ पैसा तथा बढीमा ३२८ रुपैयाँ ६८ पैसा तोकेको थियो । कम्पनीको शेयर सूचीकरण पछि आरटीएस सम्बन्धी सेवा प्रभु क्यापिटल लिमिटेड, कमलादीबाट हुँदैछ । पुरा पढौ

राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छ-गृहमन्त्री थापा

काठमाडाैं, १९ पुस। गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिकाे चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही गरिने बताएका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) ले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उनले अमर्यादित अभिव्यक्ति दिने माथि मन्त्रालयले छानबिन शुरु गरिसकेको बताए । मन्त्री थापाले भने,“राष्ट्रपतिको बारेमा सडकबाट राजनीतिज्ञले उठाएको विषय गैरकानूनी र अपराधिक हो, त्यसबारेमा छनबिन भइरहेको छ, कारवाही गर्न निर्देशन दिएको छु ।” सङ्घले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध सडकमा र सामाजिक सञ्जालमा अत्यन्तै अमानवीय, अमर्यादित, अशोभनीय, अराजक र… पुरा पढौ

को बन्ला बीमा समितिको नयाँ अध्यक्ष ?

काठमाडौं, १९ पुस । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिको नयाँ अध्यक्ष यहि साता नियुक्ति गर्ने गरी सरकारले काम अघि बढाएको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकमा अध्यक्षका लागि तीन जनाको नाम प्रस्ताव लैजाने अर्थमन्त्री विषुप्रसाद पौडेलले तयारी गरेका छन् ।अर्थमन्त्रीको प्रस्ताव गरेका तीन मध्ये एक जनालाई मन्त्रिपरिषदले नयाँ अध्यक्ष नियुक्त गर्नेछ । चार वर्ष अघि तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महराको सिफारिसमा अध्यक्ष बनेका चिरञ्जीवि चापागाईंको आगामी २७ गते कार्यकाल पुरा हुँदैछ । २०७३ पुस १४ गतेको मन्त्रिपरिषद्को बैठकले चापागाईंलाई चार… पुरा पढौ

गणेशधाममा तलाउ निर्माण गरिँदै, ५ करोड ७५ लाखको टेण्डर

भरतपुर, १९ पुस । कोरोनाका कारणले रोकिएको गणेशधाम निर्माणले गति लिनथालेको छ । धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न लागिएको धाममा तलाउ र मन्दिरको जिर्णोद्धार धमाधम गर्न लागिएको हो । तलाउको बाँध निर्माणका लागि वाग्मती प्रदेश सरकारले रु पाँच करोड ७५ लाखको बोलपत्र आह्वान गरेको छ । भरतपुर महानगरपालिका–११ स्थित गणेशस्थान मन्दिर क्षेत्रलाई गणेशधामका रूपमा विकास गर्न दुई वर्ष अघिबाट काम शुरु गरिएको थियो । गणेशस्थान संरक्षण सम्बद्र्धन समितिका संरक्षक एवं प्रदेशसभा सदस्य विजय सुवेदीले पुण्यावती तलाउ बाँधको काम प्रदेश… पुरा पढौ

सनराइज बैंकको बिवाद अझै सुल्झिएन, हट्लान त सीईओ पौड्याल ?

काठमाडौं, १ पुस । सनराइज बैंकको आन्तरिक बिवाद फेरि चर्किएको छ । केहि समय अघि बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र केहि सञ्चालकहरुबीच भएको बिवाद पुनः बल्झिएको हो । केहि सञ्चालकहरुले सीईओ पौड्यालले आफूखुसी महत्वपूर्ण निर्णयहरु गरेको, सञ्चालकलाई नै नटेरेको भन्दै राजीनामा माग गरेका थिए । पौड्याललाई हटाउन सञ्चालक शैलेन्द्र गुरागाईं लगायतको चर्को दवाव थियो । तर सीईओ शर्माको पक्षमा बैंकका अध्यक्ष मोतिलाल दुगड नै उभिएका थिए । सीईओलाई नहटाए अध्यक्ष नै हटाउने भन्दै सञ्चालकहरुले निकै दवाव दिए… पुरा पढौ

भारतमा बायोटेकको काेराेना विरुद्धको खोप प्रयोगका लागि सिफारिस

नयाँ दिल्ली, १९ पुस । भारतको औषधि व्यवस्थाका लागि विशेषज्ञहरूको समूह ड्रग्स कन्ट्रोलर जनरल अफ इंडिया–डीसीजीआई ले भारतीय बायोटेकको स्वदेशमा नै विकास गरिएको कोभिड–१९ विरुद्धको खोप भ्याक्सिनलाई नियन्त्रित तर आपतकालीन प्रयोगका लागि सिफारिस गरेको छ । विशेष सरकारी स्रोतले एएनआईलाई शनिबार दिएको जानकारीमा भनिएको छ, “विज्ञ समितिले भारतीय बायोटेकको स्वदेशमा विकसित कोभिड–१९ विरुद्धको खोपलाई नियन्त्रित तर आपतकालीन प्रयोगको अनुमति दिन सिफारिस गरेको छ ।” डीसीजीआइ) को विषय विशेषज्ञ समितिको बैठक (एसईसी) बैठकले स्वदेशी सङ्क्रमित विरामीमा खोपको आपतकालीन प्रयोगका लागि आवेदन… पुरा पढौ

चुनाव चिह्न ‘सूर्य’ मैले नेतृत्व गरेको नेकपाकै हुन्छ : प्रधानमन्त्री

काठमाडौं, १९ पुस । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको नेकपाको चुनाव चिह्न ‘सूर्य’ नै हुने दावी गरेका छन् । नेकपा काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले आफू नै पार्टीको आधिकारिक पहिलो अध्यक्ष रहेकाले पार्टीको नाम ‘नेकपा’ र चुनाव चिह्न ‘सूर्य’ हुनेमा निश्चिन्त रहन कार्यकर्तालाई आग्रह गरे । प्रचण्ड–माधव केन्द्रीय कमिटीमा बहुमतको कुरा गर्दै पार्टीको नाम र चुनाव चिह्न आफ्नो भन्दै हिड्नुभएको छ”, उनले प्रश्न गर्दै भने, “कहिलेको… पुरा पढौ

कास्की पोखरा हस्तकला संघको अध्यक्षमा खड्का निर्वाचित

पोखरा, १८ पुस । कास्की पोखरा हस्तकला संघको अध्यक्षमा रामकली खड्का सर्वसम्मत चयन भएकी छन् । शनिबार एक कार्यक्रमकाबीच संघको १० औं साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्ष खड्कासहित ९ जनाको कार्यसमिति गठन गरिएको छ । उपाध्यक्षमा सीता गुरूङ, सचिवमा बुद्धि पुर्जा र कोषाध्यक्षमा गोमा ढकाल चयन भएका छन् । सदस्यमा मिम राना मगर, रजनी कोइराला, पम्फा थापा, देवकी बराल र मिरा पौडेल चयन भएका छन् । संघको सल्लाहकारमा चित्रकार मिलन शेरचन र कृष्णगोपाल प्रधानलाइ चयन गरिएकाे छ । पछिल्लो समय… पुरा पढौ

ग्लोबल आइएमई बैंक १४औं वर्षमा प्रवेश

काठमाडौं, १८ पुस । निजी क्षेत्रको अग्रणी वित्तीय संस्था ग्लोबल आइएमई बैंक लिमिटेड आजदेखि आफ्नो स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमा नै बैंक पूँजी, व्यवसाय, शाखा-सञ्जालका हिसाबले नेपालकै ठूलो तथा मजबुत बनेको छ । बैंकको हाल चुक्ता पूँजी करिब रु १९ अर्ब पुगेको छ । प्रस्तावित १४ प्रतिशत बोनसपश्चात करिब रु २१ अर्बभन्दा बढी पुग्नेछ । यस्तै सञ्चित कोष गरी प्राथमिक पूँजी रु २७ अर्ब २४ करोड, कूल निक्षेप रु दुई खर्ब ४९ अर्ब र कूल… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा प्रजापति निर्विरोध हुँदै

पोखरा, १८ पुस । पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदमा पवन प्रजापति निर्विरोध हुने भएका छन् । संघको आगामी पुस २४ र २५ मा हुने ३३ औं महाधिवेशनअन्तर्गत शनिबार भएको मनोनयनपत्र दर्तामा वरिष्ठ उपाध्यक्षमा प्रजापतिको मात्र उम्मेदवारी दर्ता भएको हो । पुस २१ मा मनोनयन पत्रबारे दाबी विरोध भएकोले निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ। निर्वाचन समितिका अनुसार शुक्रबार संघको २९ सदस्यीय कार्यसमिति सदस्यका लागि ४० जनाले मनोनयपत्र बुझेको संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए। शनिबार अध्यक्षमा नारायण… पुरा पढौ