मुख्य समाचार

पाेउवा निर्वाचनकाे मत परिणाम आउने क्रम जारी, कार्यमितिका १० सदस्य निर्वाचित

पाेखरा, २६ पुस । पाेउवा निर्वाचनकाे मत परिणाम आउने क्रम जारी रहेकाे छ । कार्रय समिति सदस्यहरूकाे परिणाम घाेषणा भएकाे । सदस्यहरुमा स्वतन्त्र रुपमा उठेका उत्तममान बुद्धाचार्य, कुमारी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, देवेन्द्र केसी, पवित्रादेवी गुरुङ, भरत केसी, शोभा गौतम, सुदन बहादुर कोइराला, सुदीप प्रधानाङ्ग हरिराज पन्त विजयी भएका छन् । पुरा पढौ

शेयर बजारमा नयाँ रेकर्ड, ४१.२४ अंकले वृद्धि, कारोबार कति ?

काठमाडौं, २६ पुस । आज आइतबार साताको पहिलो दिन शेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से २२३५.७२ अंकले माथि उक्लिएर अडिएको छ । आज शेयर खरिदबिक्रीमा पनि बढोत्तरी देखिएको छ । नेप्से परिसूचक आज ४१.२४ अंकले बढेर २२३५.७२ अंकमा अडिएको हाे भने नेप्से १.८८ प्रतिशतले बढेको छ । सेन्सेटिभ इन्डेक्स ७.२१ अंकले वृद्धि भई ४२८.४३ अंकमा रहेको छ । आज २०७ कम्पनीको १ करोड ५० लाख ३० हजार ८३६ कित्ता शेयरको कारोबारबाट ६ अर्ब ३२… पुरा पढौ

नेपाली भूमि फिर्ता भएरै छाड्छः प्रम ओली

काठमाडौ‌‌‌, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दललाई जनतालाई अपार विश्वास गरी मुलुकमा राजनीतिक स्थिरता दिए पनि सरकारलाई काम गर्न बाधा उत्पन्न गरिएको बताए । राष्ट्रियसभाको आजको बैठकमा उठेका एवं समसामयिक विषयमा आज वक्तव्य दिँदै उनले जनादेशाअनुसार सरकार अघि बढिरहे पनि बहुमतलाई खण्डित गर्ने र अनुचित अलोकतान्त्रिक लेनदेन गरेर मुलुकको राजनीतिलाई अस्थिरतातर्फ उन्मुख बनाउन खोजिएको टिप्पणी गरे । उनले प्रतिनिधिसभा लगातार पाँच वर्ष चल्ने तथा देश, जनता, संविधान र लोकतन्त्रको रक्षामा जाने सोचिएको भए पनि सरकारलाई काम गर्न… पुरा पढौ

राष्ट्रियसभाको सातौं अधिवेशन अन्त्य

काठमाडाै‌ं, २६ पुस । राष्ट्रियसभाको सातौंअधिवेशन अन्त्य भएको छ । यही पुस १७ गतेदेखि शुरु भएको अधिवेशन आइतबारदेखि अन्त्य भएको हाे । बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाए । उनले राष्ट्रियसभाको चालु अधिवेशन आइतबार राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको घोषणा गरे । चालु अधिवेशनको १० दिनमा चार बैठक बसी सात अध्यादेश पेश भएको, नवनियुक्त राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई सभाको दिगो विकास तथा सुशासन समिति सदस्यमा मनोनयन गरिएको, थारू र मधेशी आयोगको… पुरा पढौ

संवैधानिक व्यवस्थाको औचित्यमाथि नै चुनौती:थापा

पोखरा, २६ पुस । राप्रपा अध्यक्ष कमल थापाले संवैधानिक व्यवस्थाको औचित्यमाथि नै चुनौती खडा भएकोले सर्वोच्च अदालतको अन्तिम फैसला कुर्नुपर्ने बताएका छन् । राप्रपा कास्कीको पत्रकार सम्मेलनमा बोल्दै पार्टी अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेको कार्यमा आफ्नो कुनै प्रतिक्रिया नरहेको भन्दै यसको व्याख्या सर्वोच्चले गर्ने भन्दै फैसला कुर्न आग्रह गरे । उनले नेकपा नेतृत्वको सरकार असफल भैसकेको दाबी गर्दैै उनले ताजा जनादेशको लागि चुनावमा जानु उपयुक्त हुने स्पष्ट पारे । उनले संवैधानिक व्यवस्थाको औचित्यमाथि नै चुनौती खडा… पुरा पढौ

पूर्व प्रधानन्यायाधीशहरूको विज्ञप्ति अशोभनीय : खतिवडा

चितवन, २६ पुस । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पूर्वप्रधानन्यायधीशले विज्ञप्ति निकाल्नु अशोभनीय भएको बताएका छन् । आज पत्रकारसँग कुरा गर्दै उनले अदालतमा विचाराधीन मुद्दालाई बाहिरबाट प्रभावित पार्ने गरी कसैले पनि काम गर्न नहुने बताए । प्रतिनिधिसभा भङ्ग भएका विषयमा पूर्वप्रधानन्यायाधीशले जारी गरेको विज्ञप्तितर्फ केन्द्रित हुँदै पूर्वसांसद खतिवडाले प्रश्न गरे, “सम्मानित पूर्वप्रधानन्यायाधीशप्रति केही गुनासो छैन तर यो संयुक्त वक्तव्य जारी गर्ने बेला हो कि होइन ?” यसरी विज्ञप्ति निकाल्दा न्यायपालिकाको गरिमा र स्वतन्त्र न्यायसम्पादनमा अप्ठ्यारो पर्छ भन्नेतर्फ पनि सोच्न जरुरी… पुरा पढौ

पोउवा संघमा वस्तुगतको नतिजा सार्वजनिक

पोखरा, २६ पुस । पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनअन्तर्गत वस्तुगततर्फको नतिजा सार्वजनिक भएको छ । आइतबार बिहानदेखि मतगणना सरु भएकोमा बालकृष्ण कोइराला, राजन गोंगजु, बलराम तिमिल्सिना र रुपनारायण भुजेल वस्तुतर्फ विजयी हुन सफल भएका हुन् । तीमध्ये रुपनारायण भुजेल बिन्दु कोइराला सुवेदी प्यानलका हुन् । बाँकी अन्य ३ जना विजयी नारायण कोइराला प्यानलका मानिन्छन् । आठ जना उम्मेदवारमध्ये विजयी गोंगजुले १८, कोइरालाले १६, तिमिल्सिना र भुजेल गोलाप्रथाबाट विजयी भएका हुन् । वस्तुतर्फ २९ मतदाता थिए । चुनावमा उदयबहादुर… पुरा पढौ

पोउवा संघको ३३ औं महाधिवेशन: मतगणना आज

पोखरा, २६ पुस । पाेखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनमा भएकाे मतदानकाे मतगणना आज बिहानबाट शुरू हुँदैछ । मतगणना शुरू हुने अफिसियल समय बिहान ८ वजे ताेकिएकाे भएपनि पूर्व तयारीका केही काम हुने भएकाे मतगणना चाँही ९ बजेदेखि सुरु हुने निर्वाचन समिति संयोजक तीर्थ श्रेष्ठले सफल आवाजलाई जानकारी दिए । कुल ३ हजार १ सय ५४ मत मध्ये मतदानमा २ हजार ३ सय ६५ मत खसेको निर्वाचन समिति संयोजक तीर्थ श्रेष्ठले बताए । संघको २९ सदस्यीय कार्यसमितिको लागि संघको… पुरा पढौ

आन्तरिक पर्यटक आकर्षित गर्दै ‘मौला कालिका’

नवलपुर, २६ पुस । कोरोना भाइरसका कारण करिब नौ महिना सुनसान बनेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित मौला कालिका मन्दिरमा धार्मिक पर्यटकको चहलपहल शुरु भएको छ । गत पुस १ गतेदेखि मन्दिरमा सर्वसाधारणका लागि पूजा खुला गरिएपछि मन्दिरमा चहलपहल बढ्दै गएको हो । नारायणी नदी पुलबाट करिब चार किलोमिटर उत्तरमा पर्ने मौला कालिका मन्दिर ऐतिहासिक धार्मिक पर्यटकीयस्थल भएकाले समेत जिल्ला बाहिरका पर्यटकसमेत आउने गरेका धार्मिक सेवा समिति मौला कालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताए । १६औँ शताब्दीको इतिहास बोकेको सो… पुरा पढौ

एकीकरण मार्ग पदयात्रा हनुमान ढोका आइपुग्दै

काठमाडौं, २६ पुस । गोरखा दरबारबाट गत मङ्गलबार शुरु भएको गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा आज साँझ हनुमान ढोका दरबार आइपुग्दैछ । नुवाकोटको ककनी गाउँपालिका–५ बसपार्कमा आइतबार बिहान नेपाली सेनाको जबरजङ्ग गणले शम्शेरदल गणलाई गोरखा दरबारदेखि ल्याइएको राष्ट्रिय एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डा र टर्च हस्तान्तरण गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेनाको पहिलो पटक गठन भएका पाँच युनिटका झण्डा लिएर पदयात्रामा निस्केको सैनिक टोलीलाई तीनपिप्लेमा स्थानीयले पञ्चेबाजासहित स्वागत गर्ने छन् । उक्त पदयात्रा त्यसपछि… पुरा पढौ