मुख्य समाचार

प्रहरी र ‘विप्लव’ समूहबीच संखुवासभामा गोली हानाहान

काठमाडौं, १२ पुस । संखुवासभामा विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।चैनपुर–४ मैदानेमा विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायरिङ गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो । प्रहरी स्रोतका अनुसार विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड गोली चलाएका छन् । प्रहरीले करिब २० राउण्ड फायर गरेको छ । ०७७ मंसिर १ मा पनि चैनपुरस्थित मैदानेमा विप्लव समूहले प्रहरीलाई लक्षित गरेर फायरिङ गरेका थिए । आईतबार सोही ठाउँमा गोली हानाहान भएको हो । ०७६ असार १६ मा पनि संखुवासभाको… पुरा पढौ

गरिमा विकास बैंकद्वारा लाभांश प्रस्ताव, बाेनस कति ?

काठमाडौं, १२ पुस । गरिमा विकास बैंक ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको पुस १० गते शुक्रबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुस १० गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १३ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार रहेको छ । सोही पूँजीको… पुरा पढौ

राष्ट्रियसभाको अधिवेशन पुस १७ गते

काठमाडौं, १२ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम राष्ट्रियसभाको अधिवेशन यही पुस १७ गते आह्वान गरेकी छन् । संविधानको धारा ९३ को उपधारा १ बमोजिम अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा शुक्रबार अपराह्न ४ बजे बैठक बस्ने राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत आज जानकारी दिएका छन् । पुरा पढौ

जनकपुर-जयनगर रेल माघभित्र सञ्चालन गर्ने तयारी

काठमाडौं, १२ पुस । सरकारले दुई महिना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ । अबको एकदेखि डेढ महीनाभित्रमा रेल सञ्चालन गर्न सकिने रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए । उनका अनुसार आवश्यक मर्मत, तालीम र सफ्टवेयरको काम सकिएसँगै रेल सञ्चालन गरिनेछ । रेल सञ्चालनका लागि कर्मचारीलाई एक/दुई साताको तालीम आवश्यकपर्ने उनले जानकारी दिए । उनले भने, “त्यो सकिएपछि ढिलोमा माघको अन्तिमसम्ममा… पुरा पढौ

इन्फ्रास्ट्रक्चर बैंकले पायो ८ अर्बको आइपीओ निष्काशन स्वीकृति

काठमाडौं, १२ पुस । नेपाल धितोपत्र बोर्डले नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई साधारण शेयर (आइपीओ) निष्काशनका लागि स्वीकृती दिएको छ । बैंकले अहिलेसम्मकै ठूलो ८ अर्ब रुपैयाँ बराबरको आइपीओ बिक्रीको लागि अनुमति प्राप्त गरेको हो । आइपीओ निष्काशनको लागि बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नियुक्त भएको छ । चुक्ता पूँजी १२ रहेको बैंकको शेयर बिक्रीपछि पूँजी २० अर्ब पुग्ने भएको छ । यस आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १८ करोड १ लाख १३ हजार नाफा आर्जन गरेको छ । बैंकको सुरक्षित कोषमा… पुरा पढौ

शेयर बजारमा पहिरोः परिसूचकसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं, १२ पुस । साताको पहिलो दिन आइतबार शेयर बजार घटेर राताम्मे देखिएको छ । शेयर बजारमा करिब ४० अंकको पहिरो जाँदा कारोबार रकम पनि घटेको छ । आइतबार नेप्से परिसूचक ३९.९८ अंकले घटेर एक हजार ९९१ दशमलब ६५ विन्दुमा थामिएको छ । कारोबार रकम पनि साढे ४ अर्बमै थामियो । दिनभर ४ अर्ब ५१ करोड ३१ लाख ९९ हजार ९९० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । पुरा पढौ

पर्यटन क्षेत्रलाई गतिशील बनाउन प्रभावकारी योजना अघि बढाइने

काठमाडौं, १२ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मुलुकको अर्थतन्त्रको दरिलो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई गतिशील बनाउन नीतिगत सुधारका साथ प्रभावकारी योजना अघि बढाइने बताएका छन् । शुक्रबार पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री ढकालले सिंहदरबारमा आज पदभार ग्रहण गर्दै मन्त्रालयको कानूनी समस्या सुल्झाउन तत्काल गरिनुपर्ने निर्णय र मन्त्रिपरिषद्मा रोकिएका तथा सरोकारवाला मन्त्रालयसँग गर्नुपर्ने समन्वय सहजीकरणका लागि पहल गर्ने विश्वास दिलाए । उनले भने, “मन्त्री फेरिँदा झस्किनु पर्दैन, अनुशासनमा रहेर काम गर्नुस् सबैको अभिभावकत्व ग्रहण गर्नेछु, म… पुरा पढौ

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता

विराटनगर, १२ पुस । प्रदेश नं १ को सरकारविरुद्ध आज अविश्वास प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सदस्य भीमप्रसाद आचार्यसहित ३७ सदस्यले नेपालको संविधानको धारा १८८ को उपधारा ४ एवं प्रदेश नं १ को प्रदेशसभा नियमावली २०७४ को नियम १२९ बमोजिम प्रदेश सचिवालयमा आज अविश्वास प्रस्ताव दर्ता भएको हो । अविश्वासको प्रस्ताव पेश गर्ने प्रयोजनका लागि नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम तत्कालै प्रदेशसभा बैठक बोलाउन पनि माग गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट निर्वाचित प्रदेशसभा सदस्य शेरधन… पुरा पढौ

प्रदेश १ का ३ मन्त्रीले दिए राजीनामा

काठमाडौं, १२ पुस । प्रदेश १ का ३ जना मन्त्रीहरुले राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वास हुन् । आइतबार बिहान मुख्यमन्त्री समक्ष उनीहरुले वर्तमान राष्ट्रिय राजनीतिका घटेका घटनाक्रमका कारण वर्तमान प्रदेश सरकारको मन्त्री/राज्यमन्त्रीको जिम्मेवारीमा रही काम गर्न असमर्थ रहेको राजीनामापत्रमा व्यहोरा उल्लेख गरेका छन् । मुख्यमन्त्री शेरधन राईका विरुद्ध समेत अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भइरहँदा उनले यसअघि आर्थिक मामिला तथा… पुरा पढौ

लघुवित्तकाे श्रोतको समस्या दीर्घकालिन रुपमै समाधान हुने

काठमाडौं, १२ पुस । कर्जा लगानीका लागि श्रोतको अभाव झेलिरहेका लघुवित्त वित्तीय संस्थाहरुलाई दीर्घकालिन समस्या समाधानको प्रयास भएको छ । अर्थमन्त्रालयले लघुवित्तको श्रोतको समस्या समाधान गर्ने गरी गैरबैंकिङ संस्थाबाट पनि ऋण लिन सक्ने व्यवस्था गर्ने भएको छ । ‘कार्यविधि बनिसकेको छ, अब चाडै यो सुविधा लघुवित्तहरुले पाउनेछन्’ अर्थका एक अधिकारीले सफल आवाजसँग भने । अहिलेसम्म वाणिज्य बैंक मात्र कर्जाको स्रोत रहेको छ । यो व्यवस्था भएपछि लघुवित्त कोषका लागि वैकल्पिक व्यवस्था हुने ति अधिकारी बताउँछन् । कर्जा लगानी गर्न वैकल्पिक… पुरा पढौ