मुख्य समाचार

परराष्ट्र सचिवस्तरीय बैठकमा नेपाल-भारत सम्बन्धका विषयमा विचार विमर्श

काठमाडौं, ११ मङ्सिर । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक आज काठमाडाैंमा भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा त्यति नै सदस्य रहेको भारतीय प्रमण्डलको नेतृत्व विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले गरेका हुन् । बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा विचारविमर्श भएकाे परराष्ट्र मन्त्रालयले जनाएको छ । सचिव पौड्याल नेतृत्वको प्रमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिवद्वय सेवा लम्साल र यज्ञबहादुर हमाललगायत तथा विदेश सचिव श्रृङ्गला नेतृत्वको टोलीमा भारतको बाह्य मामिला मन्त्रालय उत्तर… पुरा पढौ

नेप्से परिसूचक १८.४३ अंकले बढ्यो, ७ अर्ब ६१ करोड बढीको कारोबार

काठमाडौं, ११ मंसिर । साताको अन्तिम दिन नेप्से १८.४३ अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक १८.४३ अंकले बढेर एक हजार ८ सय ९३ दशमलब २४ विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज दिनभर भएका ७० हजार भन्दा धेरै कारोबारबाट २०१ कम्पनीको १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँ पुगेको छ । पुरा पढौ

साझा लडाँईले मात्र कोरोनालाई जित्न र अर्थतन्त्र उकास्न सकिन्छ: प्रधानमन्त्री ओली

कठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेनाकाे कारण विश्व मानवजाती र अर्थतन्त्रमा पारेको असरबाट मुक्त हुन साझा प्रयास आवश्यक भएकाे बताएका छन् । उनले काेभिड १९ ले असर पुयार्एकाे समग्र अर्थतन्त्रलाई माथि उकास्न साझा लडाँईले मात्रै संभव हुने विश्वास व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभाको आज बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको लडाई जारिरहेको र सरकारले हरसंभव नियन्त्रणका प्रयास गरिरहेको बताए । प्रधानमन्त्री ओलीले भने, कोभिड १९ बाट उत्पन्न समस्या समाधान सरकार… पुरा पढौ

पालिखेका अनेक आयाम

पोखराका प्रतिष्ठित व्यवसायी तथा शिक्षासेवी अशोक पालिखे पोखरेलीका लागि सुपरिचित नाम हो । उनी पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटन सहरको रुपमा विकास गर्नुपर्ने अवधारणाका प्रवर्तक समेत हुन् । पोखराकै सबैभन्दा पुरानो संस्था पोखरा उद्योग वाणिज्य संघको दुई कार्यकालसम्म नेतृत्व हाँकेका उनले जहाँ पाइला टेके, त्यहीँ सफल र नमुना बनेका छन । उनको नेतृत्व क्षमताको सबैले प्रशंसा गरिरहेका हुन्छन । पोखरा विश्वविद्यालय स्थापनामा उनको अतुलनीय योगदान छ । पोखरा पर्यटन परिषद्को स्थापना पनि उनकै पहलमा भएको हो । नेपालकै पहिलो नेपाल… पुरा पढौ

सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रिपरिषदबाट स्वीकृती प्रदान

काठमाडौं, ११ मंसिर । सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रीपरिषद्ले स्वीकृती प्रदान गरेको छ । आज (बुधबार) बसेको मन्त्रीपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका निम्ती भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृती प्रदान गरेको हो । भूमी व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका निम्ती स्वीकृती प्रदान गर्न मन्त्रीपरिषद्मा प्रस्ताव पेश गरेकी थिइन् । आर्थिक वर्ष २०६४÷६५ बाट शुरु भएको सगरमाथाको उचाई मापन कार्य अहिले सम्पन्न भएर घोषणा गर्ने चरणमा आएपछी सरकारले सगरमाथाको औपचारिक रुपमा घोषणाको… पुरा पढौ

१० वजे रिटकाे सुनुवाइ, ११.३० मा बालुवाटारबाट उद्योग वाणिज्य महासंघको साधारण सभा उद्घाटन

काठमाडाैं, ११ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाको उद्घाटन आज भर्चुअल हुँदैछ । विहान ११ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले साधारण सभाको उद्घाटन बालुवाटारबाट गर्ने भएका छन् । कोरोना भाइरसकाे महामारीका कारण महासंघको साधारण सभा उद्घाटन जुमबाट हुने भएको हो । महासंघले साधारण सभामा सहभागी हुनका लागि जुमको युजर र पासवर्ड समेत सार्वजनिक गरिसकेकाे छ । उद्घाटन मात्रै नभएर बन्द शत्र समेत जुमबाटै हुने महासंघले जनाएको छ । अब के हाेला ? एकातिर महासंघकाे चुनावी… पुरा पढौ

तुलसीलाई विवाह गरिने हरिबोधिनी एकादशी आज मनाइँदै

काठमाडौं, ११ मङ्सिर । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । यस वर्ष बुधबार र बिहीबार दुई दिन एकादशी परेकाले स्मृतिमा आधारित भई धार्मिक कर्म गर्नेले अघिल्लो दिन र वेदमा आधारित भई धार्मिक काम गर्नेले बिहीबार एकादशी व्रत गरी विशेष पूजा आराधना गर्दैछन् । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ… पुरा पढौ

ढकाल समूहकाे एफएनसिसीआई भिजन २०२५ मा के छ ?

काठमाडौं, ११ मङ्सिर । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहले आफ्नो कार्यकालमा गर्ने काम समावेश गरेर ‘एफएनसीसीआई भिजन २०२५’ को मस्यौदा सार्वजनिक गरेको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल समूहले आफ्ना एजेण्डालाई समेटेर २५ बुँदामा सो भिजन सार्वजनिक गरेको हो । महासङ्घमा वरिष्ठ उपाध्यक्ष नै स्वतःअध्यक्ष हुने प्रावधान रहेकाले यसपटक ढकाल आफू वरिष्ठ उपाध्यक्ष भएपछि र त्यसपछिको अध्यक्षको कार्यकाललाई समेत समेटेर महासङ्घमा गर्नुपर्ने सुधारका साथै नेपालको उद्योग व्यवसाय क्षेत्रका व्यावसायिक हकहितका विषयलाई समावेश गरिएको छ ।… पुरा पढौ

तीन महिनामा भित्रियो दुई खर्ब ५८ अर्ब विप्रेषण

काठमाडौं, १० मङ्सिर । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा रु दुई खर्ब ५८ अर्ब ८६ करोड बराबरको विप्रेषण भित्रिएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १२.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको थियो । कोरोनाका कारण प्रमुख श्रम गन्तव्यमा समेत रोजगारीमा समस्या आए पनि चालू आर्थिक वर्षको गत असोज मसान्तसम्ममा विप्रेषण आप्रवाह सकारात्मक रहेको पाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार अमेरिकी डलरमा… पुरा पढौ

६४ लाख ब्यक्तिलाई काेराेनाकाे खोप लगाउने अमेरिकाकाे तयारी

वासिङ्टन, १० मंसिर । संयुक्तराज्य अमेरिकाले डिसेम्बरमा पहिलाे चरणमा फाइजरले निर्माण गरेको कोभिड-१९ को खोप वितरण गर्ने योजना अघि सारेको छ । अमेरिकी नियामक निकायबाट आपतकालीन प्रयोगका लागि स्वीकृति पाएलगत्तै सम्भवत डिसेम्बरमा यो खोप पहिलो चरणमा ६४ लाख व्यक्तिमा लगाइने छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)को एक कमिटीको आगामी डिसेम्बर १० बस्ने बैठकले यस बारेमा निर्णय गर्नेछ । संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको मृत्युको संख्या र नयाँ संक्रमितको संख्या बढेका कारण पनि खोपलाई आपतकालीन प्रयोग गर्नुपर्ने अवस्था सिर्जना… पुरा पढौ