मुख्य समाचार

यमपञ्चकको तेस्रो दिन आज कुकुर तिहार

काठमाडौं, २९ कात्तिक । यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ रहेकाे छ। घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवश्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ… पुरा पढौ

विदेशी प्रकाशकले प्रकाशन गरेका पुस्तक पैठारीमा भन्सार महसुल हट्याे

काठमाडौं, २८ कात्तिक । अर्थ मन्त्रालयले मन्त्रिपरिषद्को पछिल्लो निर्णयानुसार विदेशी प्रकाशकले प्रकाशन गरेका पुस्तक तथा पत्रिकाको पैठारीमा लाग्दै आएको भन्सार महसुल हटाएको जनाएको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी नेपाली प्रकाशन गृहबाट प्रकाशित पुस्तक विदेशबाट छपाई गरी पैठारी गरेमा साविकबमोजिमको १० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्थामा कुनै परिवर्तन नगरिएको स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता रामेश्वर दङ्गालले यसबाट नेपाली प्रकाशन गृहबाट प्रकाशन हुने पुस्तक नेपालमा नै छपाई हुने र नेपालमा रहेका मुद्रण उद्योगको संरक्षण तथा प्रवर्द्धनमा सघाउ पुग्ने… पुरा पढौ

युएसएआइडीद्वारा मन्त्रालयलाई १०० भेन्टिलेटर सहयोग

काठमाडौं, २८ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई कोरोना भाइरसको उपचारमा थप सहयोग पु¥याउन अमेरिकी अन्तराष्ट्रिय विकास सहयोग नियोग (युएसएआइडी) ले एक सय थान भेन्टिलेटर सहयोग गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले एक सय थान भेन्टिलेटर हस्तान्तरण गरे । उक्त अवसरमा मन्त्री ढकालले भने, “कोरोनाबाट सबैभन्दा प्रभावित भएको अमेरिकाले नै महामारीको लडाइँमा हामीलाई भेन्टिलेटर सहयोग गरेको छ । यसका लागि नेपाल सरकारको तर्फबाट अमेरिकी सरकारलाई धन्यवाद व्यक्त… पुरा पढौ

मङ्सिरमा भाइटीका लगाउनुहुन्न भन्ने कुरा हल्ला मात्र: समिति

काठमाडौं, २८ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष मङ्सिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लागाउनुहुन्न भन्ने गरेकाे पाइएकाेले त्यस्ताे हल्लाका पछि नलाग्न आग्रह गरेकाे छ । हल्लामा कुनै प्रकारकाे शास्त्रीय आधार छैन, सिमितले भनेकाे छ । समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले आज विज्ञप्ति जारी गरी मङ्सिर १५ गतेसम्म चन्द्रमास अनुसार कार्तिक शुक्ल पक्ष नै रहेकाले ढुक्क भएर तिहारको टीका लगाउन आह्वान गरेका छन् । वैदिक सनातन धर्मावलम्बीले चान्द्रमास अनुसार नै चाडपर्व मनाउने गर्छन् । मङ्सिर… पुरा पढौ

सरकारले उद्योग व्यवसायलाई निरन्तरता दिने नीति ल्याउँदै

काठमाडौं, २८ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उद्योग व्यवसायलाई निरन्तरता दिन सरकारले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिएका छन् । कोभिड ­१९ बाट धराशायी भएका सबै प्रकारका उद्योग व्यवसायलाई सहुलियत व्याजदरमा ऋण लगानी दिने गरी सरकारले नीति र कार्यविधि पारित गरेको सरकारका प्रवक्ता गुरुङले जानकारी दिए । चलचित्र विकास बोर्डको स्थलगत निरीक्षण तथा अनुगमनपछि आज योजित समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले भने, “सबै प्रकारका उद्योग तथा व्यवसायलाई निरन्तरता दिन उचित ब्याजदरमा ऋण उपलब्ध गराउन नेपाल सरकार मन्त्रिपरिषद्ले… पुरा पढौ

वायुसेवा सञ्चालक सङ्घले भन्याे-थप बन्दाबन्दी थेग्न सकिदैन

काठमाडौं, २८ कात्तिक । वायु सेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले काठमाडौँ उपत्यकामा थप बन्दाबन्दी थेग्न नसकिने बताएकाे छ । सङ्घले उपत्यका मेयर फोरमले दिएको सुझावप्रति आपत्ति समेत जनाएको छ । ६ महिनाको बन्दाबन्दीपछि माथि उठ्न थालेकाे अर्थतन्त्रलाई पुनः थप गरिने बन्दाबन्दीलाइ मुलुकले थेग्न नसक्ने अवस्था रहेको सङ्घले आज गरेकाे बिज्ञिप्तमा जनाइएकाे छ । बिज्ञप्तिमा लेखिएकाे छ, सञ्चार माध्यममा तिहार र छठ पर्वपछि फेरी लकडाउन गर्ने समाचार आएकाेप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । ६ महिनाको बन्दाबन्दीले शिथिल भएको… पुरा पढौ

सहुलियतपूर्ण कर्जाका लागि बैंक र भीमदत्त नगरबीच सम्झौता

कञ्चनपुर, २८ कात्तिक । उद्यम गर्न चाहने नगरवासीलाई सघाउ पुर्‍याउने उद्देश्यका साथ भीमदत्त नगरपालिकाले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानसम्बन्धी सम्झौता गरेको छ । नगरपालिकाले मेयर उद्यमशिलता विकास कार्यक्रमअन्र्तगत नेपाल बैंक लिमिटेडसँग सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानसम्बन्धी सम्झौता गरेको हो । नगरपालिका नगर प्रमुख सुरेन्द्रबहादुर बिष्ट र नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाका प्रबन्धक कमलबहादुर चन्दले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे। नगरपालिकाको सातौं नगरसभाबाट १ सय जनालाई उद्यमी व्यवसायी बनाउने नीति तथा कार्यक्रम पारित गरिए बमोजिम उद्यम व्यवसाय गर्न चाहने नगरवासीका लागि बैंकसँग… पुरा पढौ

एनआईसी एशियाको मूनाफामा झिनो सुधार, एनबी बैंकको ४२ प्रतिशतले नाफा बढ्यो

काठमाडौं, २८ कात्तिक । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा १ अर्ब २ करोड १० लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड १४ लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी बढेसँगै इम्पेरिमेन्ट चार्ज रिभर्स भएका कारण खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४ करोड… पुरा पढौ

स्ट्याण्डर्ड चार्टर्ड र सेञ्चुरीले बढाउन सकेनन् मूनाफा, अधिकांश सूचक गिरावट

काठमाडौं, २८ कात्तिक । विदेशी लगानीको स्टाण्डर्ड चार्टड बैंक र सेञ्चुरी कमर्शीयल बैंकको नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यि बैंकहरूकाे नाफा घटेकाे हाे ।स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले पहिलो त्रैमासको अन्त्यसम्ममा ४० करोड १३ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ करोड २७ लाख रुपैयाँ अर्थात ३७।६८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज… पुरा पढौ

हिमालयन र नेपाल एसबीआईले घटाए आम्दानी,धेरै सूचकहरु कमजोर

काठमाडौं, २८ कात्तिक । शुक्रबार वित्तीय विवरण सार्वजनिक गरेका दुई बैंक हिमालयन बैंक र नेपाल एसबीआई बैंकको प्रगति कमजोर देखिएको छ । नाफा घटाएका यि बैंकहरुको अन्य सूचकहरु पनि कमजोर देखिएका छन् । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको आम्दानीसँगै खुद नाफा पनि घटेको देखिएको छ।बैंकले ३६ करोड ५९ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२ करोड ८३ लाख रुपैयाँ… पुरा पढौ