मुख्य समाचार

नेप्से परिसूचक ६४.७० अंकले बढ्यो, ५ अर्ब १३ करोड बढीको कारोबार

काठमाडौं, १० मंसिर । साताको चौथो दिन नेप्से ६४.७० अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ६४.७० अंकले बढेर १ हजार ८७४ दशमलव ८१ विन्दुमा पुगेकोे छ । नेप्सेका अनुसार आज कूल १९६ वटा कम्पनीको एक करोड ४७ लाख ८९ हजार ३ सय ३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १३ करोड १८ लाख ८६ हजार ४ सय ८८  रुपैयाँको कारोबार भएकाे छ ।आज कारोबार भएका समूहमध्ये होटलबाहेक अन्य सबैमा हरियाली छाएको छ । नेप्सेमा उभार आउँदा कारोबार रकमसमेत रु पाँच… पुरा पढौ

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अन्तराष्ट्रिय दिवस २०२० शुरु

गण्डकी, १० मंसिर । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयकाे संयाेजन र विभिन्न सामाजिक संघ-संस्थासंगकाे समन्वयमा 'ओरेञ्ज द वर्ल्ड, फण्ड, रेस्पोण्ड, प्रिभेन्ट, कलेक्ट, अन्तराष्ट्रिय नारा र लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति समाज र सबैको ऐक्यवद्धता' भन्ने राष्ट्रिय नाराकासाथ आजबाट यस बर्षको १६ दिने लैङ्गिंक हिंसा बिरुद्धको अभियान शुरु भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले सामाजिक संघ-संस्थासंगको सहकार्यमा विभिन्न कार्यक्रमका साथ दिवस मनाउन थालेकाे हाे । यो अभियान लैङ्गिक हिंसाको अन्त्य गर्नका लागि सर्मपित एक बिश्वब्यापी अभियान हो । हरेक… पुरा पढौ

लैङ्गिक हिंसापीडितको मानवअधिकार संरक्षणका लागि संवेदनशील हुन प्रमको आग्रह

काठमाडौं, १० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसापीडितको मानवअधिकार संरक्षणका लागि संवेदनशील हुन आग्रह गरेका छन् । रकारले कुनै पनि प्रकारको लैङ्गिक हिंसा तथा विभेदलाई किञ्चित नसहने बताउँदै प्नम ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका लागि सन्देश दिँदै भने, राज्यसँग उपलब्ध स्रोत-साधनको अधिकतम प्रयोग गरी महिलाको जीवनस्तर माथि उठाई समृद्ध समाज निर्माण र तिनको अधिकार सुरक्षित गर्न सरकार अग्रसर रहेको छ । “कुनै पनि प्रकारको लैङ्गिक हिंसाको समूल अन्त्य गर्ने अभिप्रायका साथ लैङ्गिक हिंसापीडितको मानवअधिकार संरक्षण तथा सम्बद्र्धनका… पुरा पढौ

सिटिजन्स बैंकको लाभांस सुरक्षित गर्ने समय आजसम्म मात्रै

काठमाडौं, मंसिर १० । सिटिजन्स बैंकका शेयरधनीहरुले आजसम्म लाभांस सुरक्षित गर्नसक्ने भएका छन् । उनिहरुको लागि आज लाभांस सुरक्षित गर्ने अन्तिम दिन हो । बैंकले मंसिर २० गतेका लागि चौधौं साधारण सभा डाकेको छ । यसका लागि बुक क्लोज गर्ने समय मंसिर ११ गतेसम्म रहेकोले आज लााभांस सुरक्षित गर्न सक्ने अन्तिम दिन बाँकी रहेको हाे । आजसम्म कायम भएका शेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन पाउने छन् । बैंकद्वारा प्रस्तावित लाभांस पारित भएपछि लाभांस पाउने छन् । बैंकले कोरोना भाइरसको… पुरा पढौ

डा.चापागाईको “मेरो छाला, मेरो कपाल, हेरचाह र उपचार ” पुस्तक बजारमा

पाेखरा, १० मंसिर । होमियोप्याथिक चिकित्साको क्षेत्रमा परिचित व्यक्तित्व डा. विष्णु चापागाईको नयाँ कृति बजारमा आएको छ । “मेरो छाला, मेरो कपाल, हेरचाह र उपचार ” नामको यो पुस्तकमा मानिसको छाला तथा कपालमा लाग्ने रोग र सो को उपचार प्रक्रियाका बारेमा जानकारी समेटिएको छ । केश तथा छालाका बारेमा ध्यान दिनुपर्ने धेरै कुरा लेखिएको यो पुस्तक अध्ययनका लागि अत्यन्त उपयोगी देखिन्छ । मानिसको कपाल व्यक्तित्वसँग जोडिएको हुनाले पनि कपाललाई सधैं स्वस्थ्य र सुन्दर राख्नुपर्ने लेखक चापागाईले पुस्तक मार्फत धारणा राखेका… पुरा पढौ

सरकारले पठायाे काेराेना विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक नोट

काठमाडौं, १० मङ्सिर। सरकारले कोभिड–१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाइसकेको छ । कोरोना विरुद्ध तेस्रो चरणको खोप परीक्षणमा रहेका भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, रुस र अष्ट्रेलिया लगायतका मुलुकलाई कूटनीतिक नोट पठाइसकिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन् । कोभिड–१९ विरुद्धको खोप(भ्याक्सिन) नआएसम्म मानिसको दैनिक दिनचर्या यस्तै रहने निचोडका साथ खोपका माध्यमबाट सहजरूपमा उपचार होस् भनी सरकार त्यसमा जुटेको हो । राज्यको स्रोत र सामथ्र्यका आधारमा कोरोनाबाट सिर्जित… पुरा पढौ

गभर्नर अधिकारीको हस्ताक्षर भएको पहिलो नोट बजारमा

काठमाडौं, १० मंसिर। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको नयाँ नोट आजदेखि बजारमा आएको छ । गभर्नर अधिकारीको हस्ताक्षर रहेको ५ रुपैंया दरको संकेत नम्बर थ/३४ ०००००१ देखि न/५४ ९९९९९९ सम्मको नोट आजदेखि चलनचल्तीका लागि बजारमा पठाउन लागेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो करिब ६० करोड रुपैंया बराबरको रकम हो । यो नोट साविककै आकार र डिजाइनमा बनाइएको छ । नोटको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालिगुराँसको ‘पानीछाप’ छ । नोटको पटाडिपट्टी वन्य याक र हुम्लाको… पुरा पढौ

१७ गतेदेखि खुल्ने भयो चन्द्रागिरीको आईपीओ, पहिलो चरणमा कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं, १० कात्तिक । आगामी १७ गतेदेखि चन्द्रागिरी हिल्सको आईपीओ निष्कासन हुने भएको छ । नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्ने अन्तिम स्वीकृति पाएसँगै चन्द्रागिरी हिल्सले पहिलो चरणका लागि १७ गतेदेखि निष्काशन गर्न लागेको हो । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि ३ लाख ६ हजार ८ सय १९ कित्ता शेयर निष्कासन गर्नेछ । यो निष्कासन प्रक्रिया पूरा भएपछि दोस्रो चरणमा आम सर्वसाधारणलाई शेयर निष्कासन गर्ने कम्पनीको तयारी छ । पहिलो चरणको आईपीओ काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर ३,… पुरा पढौ

महिला हिंसा अन्त्यका लागि जनचेतना र कानूनी कारवाहीमा राष्ट्रपतिको जोड

काठमाडौं, १० मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा र अपराधका घटना दोहोरिन नदिनका लागि जनचेतना फैलाउन तथा अपराधीलाई दण्डित गर्दै पीडितलाई यथोचित क्षतिपूर्तिसहित कानूनी उपचारको व्यवस्था गराउन सम्बद्ध पक्षलाई आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले ‘महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तरराष्ट्रिय दिवस’ का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा कुनै पनि संस्कृति, भूगोल, समाज र अर्थतन्त्र महिला हिंसाबाट मुक्त हुन नसकेका सन्दर्भमा त्यस्ता सबै प्रकारका हिंसा अन्त्य गर्दै लैङ्गिक समानताको स्थापना गर्नु सम्पूर्ण विश्वको साझा दायित्व भएको उल्लेख गरेकी छन्… पुरा पढौ

ऊर्जा बचत गर्नेलाई राष्ट्रिय वाणिज्य बैंकद्वारा अनुदान प्रदान

काठमाडौं, १० मङ्सिर । राष्ट्रिय वाणिज्य बैंकले ऊर्जा बचत कार्यमा योगदान गरेकामा विभिन्न कम्पनीलाई सम्मानस्वरुप अनुदान सहयोग प्रदान गरेको छ । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विभिन्न कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरेका हुन् । बैंकले जर्मन सरकारबाट प्राप्त अनुदान सहयोगमा सञ्चालित इनर्जी इफिसेन्सी प्रोग्राम अन्तर्गत अनुदान सहयोग उपलब्ध गराइएको हो । अनुदान सहयोग कार्यक्रमअन्तर्गत प्रिमियर अर्गानिक्स प्रालिलाई रु ५३ लाख ५१ हजार ५८४, हुलास स्टील इन्डस्ट्रिजलाई रु ३३ लाख १५ हजार र प्रिमियर स्टिललाई रु १७ लाख… पुरा पढौ