मुख्य समाचार

उद्योग वाणिज्य महासंघको चुनावमा शतप्रतिशत मतदान

काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारिणी समितिको निर्वाचनअन्तर्गत शतप्रतिशत मतदान भएको छ । निर्वाचन समितिका अनुसार शनिबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म तोकिएको मतदान अवधिमा शतप्रतिशत मत खसेको हो । मतदान प्रक्रिया शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । प्रमुख निर्वाचन अधिकृत उपेन्द्रकेशरी न्यौपानेका अनुसार जिल्ला नगरमा कुल १ सय ५, एशोसिएटमा ९ सय ३ र वस्तुगत संघमा १ सय १ मत खसेको हो । दिउँसो २ बजेसम्म जिल्ला नगरतर्फ शतप्रतिशत अर्थात १ सय ५ मतदान भइसकेको… पुरा पढौ

ओलीले राखे सचिवालयमा प्रस्ताव, अर्को बैठक मंसिर १६ मा (पूर्णपाठसहित)

काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपा सचिवालय बैठकमा शनिबार राजनीतिक प्रस्ताव पेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले ५३ बुँदे प्रतिवेदन पेश गरेका हुन् । बैठक समानपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दुवै प्रस्तावमाथि अध्ययन गरेर मंसिर १६ गते पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने संचारकर्मीलाई बताए । गत कात्तिक २८ को सचिवालय बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई सातबुँदे पत्र र राजनीतिक प्रतिवेदन पेश गरेका थिए । यस्तो… पुरा पढौ

उद्योग वाणिज्य महासंघ मतदान: जिल्ला नगरमा शतप्रतिशत मत खस्यो

काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारिणी समितिको निर्वाचनअन्तर्गत जिल्ला नगरतर्फको मतदान सकिएको छ । निर्वाचनमा शतप्रतिशत मत खसेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा निर्धारित ४ बजेसम्म मतदान अवधि रहे पनि त्यसअगावै २ बजेसम्म जिल्ला नगरतर्फ कुल १ सय ५ मतदाताले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत उपेन्द्रकेशरी न्यौपानेले बताए । जिल्लानगरतर्फको उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समूहबाट दिनेश श्रेष्ठले उम्मेद्वारी दिएका छन् । त्यस्तै, चन्द्रप्रसाद ढकाल समूहबाट गुणनिधि तिवारी छन् । उता, वस्तुगततर्फको मतदान पनि अन्तिम… पुरा पढौ

उद्योग वाणिज्य महासंघको मतदान जारी, ५० प्रतिशत मत खस्यो

काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत शनिबार जारी मतदानमा ५० प्रतिशत मत खसेको छ । काठमाडौंका विभिन्न ३ स्थानमा बिहादेखि शुरु मतदानअन्तर्गत मध्यान्हसम्म ५० प्रतिशत मत खसिसकेको निर्वाचन समितिले जानकारी दिएको छ। समितिका अनुसार जिल्ला नगरतर्फ ५२ मतदान भइसकेको छ । जिल्ला नगरमा कुल मत १ सय ५ हो । यसैगरी एशोसिएटमा ६ सय १२ मत अर्थात् ५० प्रतिशतभन्दा धेरै खसिसकेको छ । एशोसिएटमा ९ सय ५ कुल मत रहेको छ । उता, वस्तुगत संघमा १ सय… पुरा पढौ

उद्योगी व्यवसायीको महासङ्ग्राम: नयाँ नेतृत्वको लागि मतदान जारी

काठमाडौं, १३ मंसिर । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत मतदान जारी छ । शनिबार बिहान ८ बजेदेखि विभिन्न मतदान केन्द्रमा मतदान प्रक्रिया सुरु भएको हो । दिउँसो ४ बजेसम्म मतदान गर्न पाइने व्यवस्था छ। कोभिड–१९ संक्रमण जोखिमका कारण काठमाडौंका तीन ठाउँमा मतदान केन्द्र तोकिएको हो । जिल्ला र नगरतर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएटतर्फ कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगततर्फका लागि महासंघको केन्द्रीय कार्यालय, टेकुमा मतदान भइरहेको छ । यस्तै, कोरोना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमै… पुरा पढौ

जन्ती बोकेको जीप दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं, १३ मंसिर । रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते छन् । जिल्लाको आठबीसकोट नगरपालिका–७ को पोखरामा आठबीसकोट–२०, घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप शुक्रबार राति साढे ८ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, ५१ वर्षीय गोरे नेपाली र ५१ वर्षीय कलिभान नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा… पुरा पढौ

‘डिजिटल इकोनोमी कन्क्लेभ २०२०’ शनिबार आयोजना हुँदै

काठमाडाैं, १३ मंसिर । नेपालमा डिजिटल प्रविधिको उच्चतम प्रयोग, विकास र नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले शनिबार ‘डिजिटल इकोनोमी कन्क्लेभ २०२०’ आयोजना गर्न लागिएकाे छ । ब्राण्डवर्थ प्रालिले आयोजना गर्न लागेको कन्क्लेभमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल दूरसञ्चार प्राधिकरणलगायतको सहकार्य छ । विभिन्न आठ वटा सत्र रहने उक्त कन्क्लेभमा कहिले हुन्छ डिजिटल नेपाल, डिजिटल बैंकिङ डिजिटल रेमिट्यान्स र डिजिटल मार्केट प्लेसलगायतका विषय समावेश छन् । कार्यक्रममा अर्थतन्त्रको डिजीटाइजेसनको सम्भावना, यसको आगामी बाटो, आवश्यक सकारात्मक… पुरा पढौ

विद्युत् प्रणाली सुधार र स्तरोन्नतिका लागि एडिबीको १८ अर्ब ऋण सहयोग

काठमाडौं, १३ मङ्सिर । नेपालको विद्युत् वितरण प्रणालीको सुधार तथा स्तरोन्नतिका लागि एशियाली विकास बैंकले करिब रु १८ अर्ब ४१ करोड (१५६ मिलियन) बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ । बैंकले विद्युत् प्रसारण र वितरण प्रणालीलाई आधुनिकीकरण गर्दै भरपर्दो एवं विश्वसनीय बनाउन उक्त ऋण सहयोग उपलब्ध गराउन लागेको हो । नेपालमा विद्युत्को पहुँच अधिक जनसङ्ख्यामा पुग्दै गएको उल्लेख गर्दै बैंकले वर्तमान र भविष्यका मागहरू पूरा गर्दै विश्वसनीय रुपमा आपूर्तिको गुणस्तर सुधार गर्न तथा वितरण प्रणालीको पहुँच बढाउन उक्त ऋण… पुरा पढौ

स्वास्थ्य बीमा बोर्डका पदाधिकारीद्वारा शपथ

काठमाडौं, १२ मंसिर । स्वास्थ्य बीमा बोर्डका नवनियुक्त पदाधिकारीले आज शपथ लिएका छन । बोर्डका अध्यक्ष डा सेनेन्द्र उप्रेतीले बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलासहित सदस्यहरु डा तारा साह, इन्द्रकला राई र टीका चापागाईं भट्टराईलाई आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललको उपस्थितिमा शपथ गराएका हुन । उक्त समारोहमा मन्त्री ढकालले बीमा कार्यक्रमलाई देशभरी नै पु¥याउनुपर्ने बताए । उनले बीमा कार्यक्रमबारे नागरिकलाई थाहा नभएर सेवा सुविधाबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै नवनियुक्त पदाधिकारीले बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताए । उनले चाँडै नै… पुरा पढौ

पर्यटकीय केन्द्र ठमेलमा आठ महिनापछि चहलपहल बढ्दै

काठमाडौं, १२ मङ्सिर । काठमाडौ उपत्यकाका प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले झण्डै आठ महिनादेखि बन्द रहेको ठमेलमा विस्तारै चहलपहल बढ्दै गएको हो । कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले विमानस्थल बन्द गर्दा विदेशी पर्यटक नेपाल घुम्न आउन पाएनन् । घुम्न आएका पर्यटकलाई पनि सम्बन्धित देशले जहाज चार्टड गरेर आफ्नै देशमा फर्काउँदा ठमेल क्षेत्र सुनसान बन्न पुगेको थियो । अहिले ठमेल क्षेत्र खुलेसँगै आन्तरिक पर्यटकको… पुरा पढौ