मुख्य समाचार

असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण सकिने

काठमाडौं, १३ कात्तिक । अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेका छन् । अर्थ मन्त्रालयमा सम्पन्न बैठकमा ‘गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण कार्य चालु आर्थिक वर्ष २०७७÷७८ भित्र सम्पन्न गर्न आवश्यक व्यवस्था भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मिलाउने र सो कार्यका लागि आवश्यक पर्ने थप स्रोतको व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने’ निर्णय भएको हो । बैठकले गरिब घरपरिवार पहिचान तथा परिचय पत्र… पुरा पढौ

७५ करोड लागतमा पुण्यमाता करिडोर निर्माण प्रक्रिया शुरू

काभ्रेपलाञ्चोक, १३ कात्तिक । सवारी चाप कम गर्न काभ्रेपलाञ्चोकका बनेपा, धुलिखेल र पनौती नगरमा ७५ कराेड लागतमा पुण्यमाता करिडोर निर्माण प्रक्रिया थालिएको छ । ठूला तथा मालबाहक सवारीलाई वैकल्पिक मार्गबाट आवतजावत गराई सवारी चाप तथा शहरको प्रदूषण न्यूनीकरण गर्दै जाने उद्देश्य लिइएको छ । ती तीन नगर भएर बग्ने पुण्यमाता खोलाको दायाँबायाँ करिडोर निर्माण हुने भएको हो । यसका लागि बहुवर्षीय आयोेजना करिडोर निर्माणका लागि खोलाको सीमाङ्कनको काम शुरु भएको छ । खोलाको सिमानाबाट दाँयाबायाँ १५÷१५ मिटरको सडक निर्माण गर्ने… पुरा पढौ

मर्दी हिमालको ‘हाइक्याम्प’मा फोन र इन्टरनेट

कास्की, १३ कात्तिक । नेपाल टेलिकम पोखराले कास्कीको चर्चित मर्दी हिमाल पदयात्रामा फोन र इन्टरनेट सेवा विस्तार गरेको छ । माछापुच्छ्रे गाउपालिका–९ स्थित तीन हजार ५५० मिटरको उचाईको ‘हाईक्याम्प’मा टावर स्थापना गरी फोन र इन्टरनेट सेवा शुरु गरिएको नेपाल टेलिकम पोखराका कार्यालय प्रमूख नरेन्द्रमान सिँह महर्जनले जानकारी दिए । विद्युत नभएकोले सोलार प्रणालीबाट ‘टूजी’ र ‘थ्रीजी’ मोवाईल सेवा सञ्चालन गरेको र यसबाट तीव्र गतिको ईन्टरनेट चलाउन तथा कुराकानी गर्न सकिनेछ । त्यहाँ ‘ओम्नी एन्टेना’ जडान गरिएको छ । आन्तरिक तथा… पुरा पढौ

नेपालमा १९५४ कोरोना संक्रमित थपिए, २९८१ निको

काठमाडौं, १२ कात्तिक । नेपालमा गएको २४ घण्टामा १ हजार ९ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २ सय ४८ पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ५४ संंक्रमित थपिएका हुन् । यो सहित नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ६ सय ४३ पुगेको छ । काठमाडौं उपत्यकामा मात्र गएको २४ घण्टामा ८ सय ४३ संक्रमित थपिए । जसमा काठमाडौं जिल्लामा ६ सय ९६, भक्तपुरमा २९ र… पुरा पढौ

नेप्से परिसूचक ४१.२० अंकले बढ्यो, २ अर्ब ७२ करोड कारोबार

काठमाडौं, १२ कात्तिक । आज शेयर बजार खुलेपछि नेप्से परिसूचक ४१.२० अंकले बढेर १६४७.४५ विन्दुमा पुगेको छ । शेयर बजार समग्रमा २.५७ प्रतिशतले बढेको हो । १८८ कम्पनीको २ अर्ब ७२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै ९३ लाख २२ हजार कित्ता बढीको कारोबार भएको छ । नेप्सेका अनुसार व्यापारिक बाहेक अरु सबै समूहका सूचक बढेका छन् । जीवन बीमा समूह सबैभन्दा बढी ११०.६८ अंकले वृद्धि भएको छ । वाणिज्य बैंक समूह ५५.१५ अंकले माथि उक्लिएको छ ।… पुरा पढौ

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा पठाउन शुरू

चितवन, १२ कात्तिक । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोभिड–१९ सङ्क्रमण भई निको भएकाकाे सङ्कलित प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको बताएकाे छ । प्लाज्मा अन्यत्र आवश्यक भएपछि पठाउन थालिएको हो । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार कोभिड– १९ सङ्क्रमण भई निको भएकाबाट प्लाज्मा सङ्कलन भएका ७१ युनिट प्लाज्मामध्ये ११ युनिट बाहिरी जिल्ला पठाइएको छ । पौडेलका अनुसार भैरहवामा छ युनिट र काठमाडौँमा पाँच युनिट पठाइएको हो । अन्य जिल्लाबाट पनि माग हुन थालेको उनले जानकारी दिए । हाल केन्द्रमा ए पोजेटिभ… पुरा पढौ

शिव श्री हाइड्रो पावरको शेयर काराेबार आजदेखि खुला

काठमाडाैं, १२ कात्तिक । शिव श्री हाइड्रोपावरको शेयर काराेबार आजदेखि खुला गरिएको छ । नेपाल स्टक एक्सचेन्जले पहिलो कारोबारको लागि १०० देखि ३०० रुपायौसम्मको ओपन रेञ्ज दिएको छ । कम्पनीको एक वर्षपछि आइपीओ सूचिकृत भएर आजबाट कारोबार खुला गरिएको हो । आइपीओ कात्तिक ७ मा सूचिकृत भएको थियो । हाईड्रोपावरले गएको असोज १६ गते सर्वसाधारणको लागि ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको ३३ लाख ५१ हजार १४० कित्ता आइपीओ बिक्री खुलाएको थियो । सो आइपिओ सहित १ करोड… पुरा पढौ

काेराेना प्रकाेपकाे कारण नेकपा केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौँ, १२ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को यही कातिक १५ देखि १७ गतेका लागि तोकिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण स्थगित भएको छ । नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी स्थगित बैठक आगामी मङ्सिर १५ देखि १७ गते आयोजना गरिने जनाएका छन् । आगामी चैतको अन्तिम साताका लागि तोकिएको नेकपाको एकतापछिको राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय कमिटीले तयारी गर्ने भएकाे छ । पुरा पढौ

शेयर बजार खुल्ने बित्तिकै निरन्तर उकालो

काठमाडौं, १२ कात्तिक । दशैं बिदाको पाँच दिनपछि खुलेको शेयर बजार आज उकालाे लागेको छ । गएको बिहिबार नेप्से परिसूचक १६०.२५ विन्दुमा पुगेर रोकिएको थियो । आज १६१२.५१ विन्दुमा शेयर बजार खुलेको हो । शेयर बजार खुलेको केहिबेरमै परिसूचक १६२१ विन्दुमा पुगेको थियो । आज वाणिज्य बैंकहरुको र नेप्सेको सूचक पनि उकालो लागेको छ । कोरोनाको कहरको बीचमा माछापच्छ्रे बैंक, बैंक अफ काठमाडौं, सानिमा बैंक, सिटिजन्स बैंक, एनआइसी एशिया, कमारी र ग्लोबल आइएमई बैंकले लाभांश वितरणको प्रस्ताव घोषणा पनि गसिकेका… पुरा पढौ

पाँच दिनको बिदापछि बैंक तथा वित्तिय संस्था खुले

काठमाडौं, १२ कात्तिक । दशैंमा पाँच दिन बन्द भएका बैंक तथा वित्तिय संस्थाहरु आजबाट खुलेका छन् ।कात्तिक ७ गतेदेखि ११ गतेसम्म बैंक तथा वित्तय संस्थाहरु बन्द भएका थिए । पाँच दिनको बिदापछि बैंक तथा वित्तिय क्षेत्रका कार्यालयहरु खुलेपछि सेवाग्राहीको चाप हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमको कारण बैंक तथा वित्तिय संस्थाहरुले यो पटक दशैंमा काउन्टर सेवा बन्द गरेका थिए । उसो त बैंकका कर्मचारीलाइ पनि संक्रमण भएको कारण जोखिम बढेको थियो । बैंकर्स संघका अनुसार बैंक तथा वित्तिय… पुरा पढौ