मुख्य समाचार

नबिल बैंक र दराजको ‘सारथी’ वित्तीय कार्यक्रम शुरु

काठमाडौं, ९ मंसिर । नबिल बैंक र दराज क्यामुले नेपालका साना तथा मझौला उद्यमलाई सहयोग पुर्याउन एक कार्यक्रबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । दुबैको सहकार्यमा “सारथी” वित्तीय कार्यक्रम सुरू भएको छ । नबिल बैंक, ग्राहकहरुलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने एक अग्रणी वाणिज्य बैंक हाे । दराज नेपाल, हजारौं विक्रेताहरूलाई ग्राहक समुदायसंग जाेड्ने देशकै ठूलो अनलाइन स्टोर हो । दराजका विक्रेताहरूले आकर्षक सुविधा तथा ब्याज दरको नबिल एसएमई कर्जाको लागि आवेदन दिन सक्ने भएका छन् । यसका लागि नयाँ… पुरा पढौ

कोरोना प्रभावितलाई कर्जा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, ९ मङ्सिर । नेपाल राष्ट्र बैंकले कोभिड–१९ को प्रभावमा परेका क्षेत्रलाई पुनः उत्थानका लागि कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले आज ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयबाट स्वीकृत भएको कार्यविधिअनुसार कर्जा प्रवाह गर्न भनेको छ । मन्त्रिपरिषद्ले ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ मा उल्लेख भएकाे व्यवस्थाअनुसार कर्जा प्रवाह गर्न भनेको हो । केन्द्रीय बैंकले अतिप्रभावित क्षेत्रका श्रमिक वा कर्मचारीको वार्षिक… पुरा पढौ

नेपाली परिकारलाई बिश्वसामु चिनाउने को हुन सेफ सन्तोष ?

काठमाडौं, ९ मङ्सिर । नेपाली सेफ सन्तोष ​शाह​ बीबीसीले प्रायाेजन गरेकाे मास्ट​र​ सेफ द प्रोफेसन​ल​को सेमिफाइन​ल​मा पुगेका छ​न​। नेपाली खानालाई बिश्व​ ब​जार​मा चिनाउने सोच​का साथ​ लागेका शाह​ले ल​न्ड​न मै ब​सेर​ बिग​त​ पाँच​ ब​र्षदेखि नेपाली प​र​म्प​राग​त​ खानाको सोध​ त​था अनुसन्धान शुरु ग​रेका थिए । अहिले जुन कम्पिटिस​न​मा भिडिर​हेका छ​न् ति खाना भ​ने मोर्ड​न​ ओय​मा प्र​स्तुत​ छ ।​ ज​स​ले ग​र्दा निर्णायकह​रुको म​न​ छोयो। उन​ले सिस्नो, कर्कलोको पात​, भाङ​ग​को अचार, टिमुर​,सिस्नो, आलुको त​र​कारी, भेडाको मासु, पोलेको माछा, ख​सीको मासु, थेबेको साग​, तामाको अचार​, ग​हुको… पुरा पढौ

नेपाल-भारत सम्बन्ध विदेश सचिवको भ्रमणले हार्दिकतातर्फ फर्कने अपेक्षा

काठमाडौं, ९ मङ्सिर । सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको आफ्नो भूभागलाई समेटेर नेपालले नयाँ राजनीतिक एवं प्रशासनिक नक्शा प्रकाशन गरेपछि केही चिसिएको नेपाल–भारत सम्बन्ध बिहीबारदेखि हुने भारतका विदेश सचिवको भ्रमणबाट पुनः हार्दिकतातर्फ फर्कने अपेक्षा दुवै देशका नागरिकले गरेका छन् । सामारिक महत्वको नेपाली भूमि कालापानी क्षेत्रलाई छ दशकदेखि आफ्नो स्वामित्व दावी गर्दै आएको भारतले गत वर्ष नेपालको भूभागलाई समेटेर एकतर्फी रुपमा नयाँ नक्शा जारी गर्नाका साथै नेपालको भूमि लिपुलेक भएर तिब्बतको कैलाश मानसरोवर पुग्ने बाटो निर्माणपछि उद्घाटन नै गरेपछि… पुरा पढौ

नेप्से परिसूचक २९.६८अंकले बढ्यो, ५ अर्ब ४४ करोडको कारोबार

काठमाडौं, ९ मंसिर । नेप्से परिसूचक २९ दशमलव ६८ अंकले बढेको छ । साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक २९ दशमलव ६८ अंकले बढेर १ हजार ८ सय १० दशमलव ११ अंकमा पुगेको हो । नेप्से परिसूचक लामो समय पछि १ हजार ८ सय माथि पुगेको हो । कारोबार रकम करिब साढे ५ अर्ब रुपैयाँ नाघेको छ । दिनभर भएका ४९ हजार ७ सय ८३ कारोबारबाट १ सय ९६ कम्पनीका १ करोड १७ लाख ४८ हजार ५… पुरा पढौ

आम उद्योगी व्यवसायीको साझा टीम भएकोले हाम्रो जीत सुनिश्चित छः ढकाल

काठमाडौं, मङ्सिर ९ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्व गर्ने वास्तविक व्यवसायीलाई नेतृत्वमा ल्याउन सकेमात्र व्यवसायीको एजेण्डा स्थापित गर्न सकिने बताएका छन् । मंगलबार साधारणसभामा भाग लिन आएका जिल्ला नगर तथा वस्तुगत संघका व्यवसायीहरुसँगको भेटमा उम्मेदवार ढकालले महासंघ साना तथा ठूला सबै व्यवसायीको छाता संगठन भएको र यसले सरकार तथा नियमनकारी निकायसँग काम गर्नुपर्ने भएकोले वास्तविक व्यवसायीले मात्र सम्बन्धित निकायसँग आफ्नो कुरा राख्न सक्ने बताए । जसलाई व्यवसायको समस्या र पीडा थाहा छैन ।… पुरा पढौ

राजश्व विभागकाे बोलपत्रमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने नेपाली उद्यमीकाे माग

काठमाडौं, ९ मङ्सिर । अन्तःशुल्क स्टिकर छपाइका लागि नेपाली उद्यमीले बोलपत्रमा प्रतिस्पर्धा गर्न पाउनुपर्नेे माग गरेका छन् । अन्तःशुल्क स्टिकर छपाइका लागि आन्तरिक राजश्व विभागले गत अक्टोबर १४ मा बोलपत्र आह्वान गरेको थियो । सो अन्तर्राष्ट्रिय बोलपत्रमा नेपाली उद्यमीले प्रतिस्पर्धा नै गर्न नसक्ने सर्तहरु राखी आह्वान गरेको जनाउँदै उनीहरुले बोलपत्रको प्रतिस्पर्धामा जाने अवसरबाटै वञ्चित गरिएको गुनासो गरे । स्टिकर छपाइका लागि आवश्यक योग्यता क्षमता भएको स्वदेशीलाई वञ्चित गर्ने गरी बोलपत्रमा सर्त राखिएको र ती सर्तले आफूहरु प्रतिस्पर्धामै जानबाट वञ्चित भएको… पुरा पढौ

कोरोना परीक्षणका लागि टोलटोलमा मोबाइल भ्यान

काठमाडौं, ९ मङ्सिर । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले टोलटोलमा मोबाइल भ्यान सञ्चालन गरी स्वाब सङ्कलन शुरु गरेको छ । जाडो बढेसँगै काठमाडौंमा कोरोनाको जोखिम थप बढेकाले कामपाले प्रत्येक वडावडामा पुगी लक्षण देखिएका बिरामी, दीर्घरोगी र ज्येष्ठ नागरिकको स्वाब सङ्कलन शुरु गरेको हो । नागरिकको सेवामा खटिएको उक्त भ्यान नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेपछि प्रयोग गरिएको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आफूहरु लकडाउनको शुरु अवधिदेखि… पुरा पढौ

समृद्धि फाइनान्सको १८ लाख बढी सेयर लिलामीबाट विक्री गर्ने

काठमाडौं, ९ मंसिर । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले मंसिर १० गतेदेखि अवितरित १८ लाख ५१ हजार ३५७ कित्ता हकप्रद शेयर लिलामी प्रकृयाबाट विक्री गर्ने भएको छ । यसअघि समृद्धिले असोज १६ गतेबाट कात्तिक ६ गतेसम्म ३६ लाख ३९ हजार ६०६ कित्ता सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर यतिबेला लिलामीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । लिलामी भर्ने… पुरा पढौ

एनआईसी एशिया बैंकको लाभांश सुरक्षित गर्ने समय आजसम्म

काठमाडौं, ९ मंसिर । एनआईसी एशिया बैंकका शेयरधनीहरुले आजसम्म मात्रै लाभांश सुरक्षित गर्न सक्ने भएका छन् । बैंकको साधारण सभा मंसिर २१ गते बोलाईएकोले त्यसको प्रयोजनार्थ मंसिर १० गतेदेखि २१ सम्म बुक क्लोज हुने निर्णय भएकोले आजसम्म कायम भएका शेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन पाउने र उनिहरुले लाभांश पनि पाउनेछन् । बैंककाे आर्थिक वर्ष २०७६/२०७७ को १९ प्रतिशत बोनस शेयर तथा १ प्रतिशत नगद लाभांशसहित २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएकाे छ । बैंकका अनुसार ९ करोड ७२… पुरा पढौ