मुख्य समाचार

हराए एक लाख अनुदान लिएर खुलेका सहकारी पसलहरु

सिमकोट, १८ कात्तिक । स्थानीयवासीलाई सहुलियत मूल्यमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु गाउँमै उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यले सरकारबाट अनुदान लिएर खुलेका सहकारी पसल हुम्लामा सञ्चालनमा आएका छैनन् । सरकारले साविक जिल्ला कृषि विकास कार्यालयमार्फत मूलपुँजीवापत तत्कालीन हुम्ला जिल्लाका २७ गाविसमा एक–एक सहकारी पसल स्थापना गरी प्रतिगाविस रु एक लाखका दरले रकम उपलब्ध गराएको थियो । अनुदान उपलब्ध गराए पनि सम्बन्धित निकायबाट अनुगमनको व्यवस्था नहुँदा जिल्लामा अनुदान लिएर खुलेका २७ वटै सहकारी पसल हराएपछि सरकारले अघि सारेको ‘गाउँगाउँमा सहकारी घरघरमा भकारी’को नारासमेत… पुरा पढौ

श्रमजीवी पत्रकारका समस्या दिगोरुपमा समाधान गर्न सञ्चारमन्त्रीको जोड

काठमाडाैं, १८ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले श्रमजीवी पत्रकारले सधैं तलब, सुविधा नपाएको गुनासो र आन्दोलन गर्नुपर्ने अवस्थालाई स्थायीरूपमा समाधान गर्नुपर्नेमा जोड दिएका छन । सञ्चारग्रामस्थित प्रेस काउन्सिल नेपाल, न्यूनतम् पारिश्रमिक निर्धारण समिति र सूचना तथा प्रसारण विभागका कार्यालयको भ्रमण गर्दै उनले पत्रकारको पारिश्रमिकसम्बन्धी समस्याको दिगो उपाए खोज्न आग्रह गरे । “पत्रकारलाई सरकारले तोकेको न्यूनतम् तलब÷सुविधा मिडियाले नदिएको भन्ने सुनेको छु ।”, उनले भने, “नियामक संस्थाले पत्रकारले तलब पाए÷नपाएको हेरेर मात्रै संस्था नवीकरण गर्नुपर्छ ।” पत्रकार र सिङ्गो… पुरा पढौ

मन्त्री ढकालविरुद्ध दर्ता भएकाे अदालतको अवहेलना मुद्दाकाे सुनुवाई मंगलबार

काठमाडौं, १८ कात्तिक । सर्वोच्च अदालतमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अदालतमा अवहेलना मुद्दा दर्ता गरिएको छ । साे मुद्दाको सुनुवाई मङ्गलबार तय भएको छ । सरकारी अस्पतालले निःशुल्क रुपमा नागरिकको कोरोना परीक्षण गर्न दिएको सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको उल्लेख गर्दै अधिवक्ताहरु लोकेन्द्रबहादुर ओली र केशरजङ्ग केसीले सो मुद्दा दर्ता गराएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । सर्वोच्च अदालत प्रशासनले दर्ता गरेको मन्त्री ढकालविरुद्ध उक्त मुद्दामा १ वर्ष कैद र दश हजार रूपैयाँ जरिवाना माग गरिएको छ… पुरा पढौ

युरोपेली आयोगसँग सहकार्यका क्षेत्र बढ्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र युरोपेली आयोग (इयु) बीचको सम्बन्ध अझ प्रगाढ बनाउँदै सहकार्यका नयाँ क्षेत्रमा कार्य हुने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालका लागि युरोपेली आयोगका नवनियुक्त डेलिगेसनका प्रमुख (राजदूत) नोना डिप्रेजले आज प्रधानमन्त्री निवास बालुवाटारमा गरेकाे शिष्टाचार भेटमा क्रममा नयाँ राजदूतलाई स्वागत गर्दै उनकाे कार्यकालमा आपसी सम्बन्ध अझ प्रगाढ होस् भन्ने कामना गरे । भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले नेपाल र इयुबीच धेरै विषयमा समनता… पुरा पढौ

नेप्से ३.३३ अंकले घट्यो, २ अर्ब ४५ करोड बढीको कारोबार

काठमाडौं, १७ कात्तिक । नेप्से परिसूचक आज ३.३३ अंकले घटेर १६३७.६३ विन्दुमा झरेर रोकिएको छ ।आज १९७ कम्पनीको २ अर्ब ४५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । आजमात्र ६९ लाख हजार ३७ हजार भन्दा बढी शेयर कित्ता खरिद बिक्री भएको छ । १२ वटा समूहमध्येमा ८ वटा समूहको सूचक हरियो भएको छ भने बाँकि राता भएका छन् । आज सबैभन्दा बढी माइक्रोफाइनान्स समूह ६२.३ अंकले बढेको छ । वाणिज्य बैंकको समूह भने ११.६२ अंकले खुम्चिएको छ । शिव… पुरा पढौ

‘अबको केही वर्षमै अग्रणी लघुवित्त बन्ने लक्ष्य लिएका छौं’

कास्कीकाे विजयपुरमा केन्द्रीय कार्यालय रहेकाे स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गण्डकी प्रदेशको कास्की, तनँहु, लमजुङ्ग,गोरखा, पर्वत, म्याग्दी, वाग्लुङ्ग र नवलपुर तथा लुम्बिनी प्रदेशको परासी, गुल्मी र अर्घाखाँचीमा २० वटा शाखा विस्तार गरी लघुवित्त सेवा प्रदान गरिरहेकाे छ । लकडाउनको वाबजुद पनि गत आ.व. मा रु.२ करोड ८८ लाख खुद मुनाफा आर्जन गर्न सफल याे संस्थाले करिब १९ हजार घरधुरीलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । हालसम्म १ अर्ब १३ करोड कर्जा लगानी गरेको याे संस्था छिटै ग्लोबल आइएमई लघुवित्त… पुरा पढौ

राष्ट्र बैंकले २० अर्बको विकास ऋणपत्र बिक्री गर्ने

कठमाडौं, १७ कात्तिक । नेपाल राष्ट्र बैंकले कात्तिक २० गते २० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने जानकारी गराएको छ । बैंकले निष्काशन गर्न लागेको विकास ऋणपत्र २०८७ 'घ' को समयावधि १० वर्षका लागि रहेको छ । सरकारलाई आवश्यक रकम जुटाउन केन्द्रीय बैंकले बिक्री गर्न लागेको विकास ऋणपत्र खरिद गर्नका लागि बैंक, बित्तीय संस्था, बीमा कम्पनी, गैर बैंक, संगठित संस्था र नेपाली नागरिकले राष्ट्र बैंकको ऋण व्यवस्थापन विभागमा आवेदन गर्न गर्नुपर्ने छ । ऋणपत्र खरिद गर्नका लागि खरिदकर्ताहरु प्रतिष्पर्धा… पुरा पढौ

बेष्ट फाइनान्सबाट सिईओ अधिकारी बाहिरिए

काठमाडाैं, १७ कार्तिक। बेष्ट फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका तोयराज अधिकारी जिम्मेवारीबाट बाहिरिएका छन् । तोकिएको सेवाअवधी सकिएपछि उनि आफैं यही २०७७ कार्तिक १७ गतेदेखी जिम्मेवारीबाट बाहिरिएका हुन् । कुशल बैंकरको छबी बनाएका अधिकारीले बैकिङ क्षेत्रमा करिब २ दशकको अनुभव हासिल गरेका छन । माछापुच्छ्रे बैंकबाट बैकिङ करियर शुरु गरेका उनी तत्कालिन कास्की फाइनान्सको सिइओ, तत्कालिन कामना विकास बैंकको सिइओ हुँदै बेष्ट फाइनान्सको सिइओ बनेका थिए । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका अधिकारीले कानुनमा स्नातक समेत गरेका छन्… पुरा पढौ

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकमा लगानीकर्ता र संचालक बीचकाे विवाद उत्कर्षमा, साधारण सभा नै राेकियाे

काठमाडौं, १७ कात्तिक । नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडको लगानीकर्ता र संचालक बीचकाे विवाद उत्कर्षमा पुगेकाे छ । विवादका कारण आजका लागि डाकिएको तीनवर्ष पछिको साधारण सभा समेत स्थगित भएको छ । संचालक समिति समितिबाट गणपुरक संख्या ५१ प्रतिशत नपुग्ने भएकाे र ठूलो लगानीकर्ता बुटवल पावरका दुई संचालकसमितिका सदस्य नै उपस्थित नहुने भएपछि साधारण सभा स्थगित भएको हो। यसअघि कम्पनीको साधारण सभा आर्थिक वर्ष २०७४/२०७५ मा भएकाे थियो । बुटवलस्थित कम्पनीको सबैभन्दा ठूलो लगानीकर्ता बुटवल पावर कम्पनीले एनएचइको संचालक समिति,… पुरा पढौ

चाडबाडसँगै उपत्यका थप जोखिममा, जनप्रतिनिधि चिन्तित

काठमाडौं, १७ कात्तिक । विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड–१९ को सङ्क्रमणले काठमाडौ उपत्यका थप जोखिममा परेकाले यहाँका स्थानीय तहका जनप्रतिनिधि चिन्तित बनेका छन् । चाडबाडका कारण मानिसको आवतजावत बढ्दा सङ्क्रमणले थप गति लिने जनप्रतिनिधिको आशङ्का छ । उपत्यका नगरपालिका फोरमका सचिव तथा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अवस्था थप जटिल बन्दै गएकाले स्वास्थ्य मापदण्डको पालना गरी दैनिक गतिविधि गर्न सर्वसाधारणसँग आग्रह गरेका छन । स्थानीय तहले पनि सोहीअनुसार नियन्त्रणका उपाय अपनाएर कार्य सञ्चालन गर्नुको विकल्प नभएको श्रेष्ठले बताए । मुलुकका… पुरा पढौ